Florence Hospital Dang
Majestic Hotel Dang

साहित्य मनोरञ्जन

साहित्य मनोरञ्जन

झमक घिमिरेको ‘जीवन काडा कि फूल’ चैत २२ मा पर्दामा

झमक घिमिरेको ‘जीवन काडा कि फूल’ चैत २२ मा पर्दामा

काठमाडौं, मङ्सिर २८ । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’नामकआत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र दुइओटा पोष्टर सार्वजनिक गरिएको हो । २०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काडा कि फूल’मा आधारित यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो । कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक बिनोद बिष्ट, चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतम, सङ्गीतकार राजु सिह, नायक धिरन शाक्य, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, नेपाल पत्रकार संघ काठमाडौंका अध्
‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा धुर्मुस र सुन्तली, के छ विजेतालाई पुरस्कार ?

‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा धुर्मुस र सुन्तली, के छ विजेतालाई पुरस्कार ?

काठमाडौं  मंसिर २४ । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा हास्य कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सिताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे’ सहभागी हुने भएका छन् । मंसिर २८ गते कतारको द्वोहामा हुने फाइनलमा कलाकार द्वय धुर्मुस र सुन्तली उपस्थित हुने ‘दि भ्वाइस अफ नेपाल’ले जनाएको छ । ‘दि भ्वाइस अफ नेपाल’ले आफ्नो युट्युब एकाउन्टमा फाइनलको प्रोमोसमेत बनाएर अपलोड गरेको छ । प्रोमोमा धुर्मुस र सुन्तलीले स्वयम्ले फाइनल कतारमा हुने जानकारी दिँदै उक्त शोमा उपस्थितीका लागि आग्रहसमेत गरेका छन् । ‘दि भ्वाइस अफ नेपाल’को फाइनलमा ४ जना पुगेका छन् । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य छन् । सेमिफाइनलमा पुग्ने विद्या तिवारी, विवेक वाइवा लामा, सुशील गर्तौला र श्रेया
सिर्जना शक्तिले जमेका रेशम

सिर्जना शक्तिले जमेका रेशम

सन्तोष खनाल रेशम सापकोटा नाम सुन्नेबित्तिकै जो कोहीले पनि भजन चुड्का, चेलीका तीज गीत र सामाजिक परिवेश झल्कने मौलिक गीत संगीत मात्रै नभई पेट मिचीमिची हँसाउने ठट्यौली गीत सम्झने गर्दछन्। बाग्लुङका रेशम कलाकार मात्रै नभई सामाजिक अभियन्तासमेत हुन्। गीत संगीतमार्फत उनले समाजमा विसंगति उजागर गर्दै असल मार्ग देखाउने काम गरिरहेका छन्। समाजमा जे हुन्छ, त्यही सापकोटाको गीत बन्ने गरेको छ। उनले धेरै गीत, भजन र तीजका कोशेली बजारमा ल्याएका छन्। उनले समाज र परिवारिक संस्कारको साँघुरो घेराभित्रैबाट आफ्नो रुचिको विषय गीत संगीतलाई गुपचुप अगाडि बढाएका थिए। छोरो गीताङे भएर पढाइ बिगार्छ भन्ने ठूलो डर उनको परिवारलाई थियो। २०४८ सालमा गाउँबाटै एसएलसी पास गरी काठमाडौं भित्रिएका उनले शुरूमै गायन र लोक संगीतको क्षेत्र रोजे। बाल्यकालदेखि नै गाउँतिर गीत गाउने सापकोटाको यही क्षेत्रमा लागेर केही गर्छु भन्ने अठोट थिय
एक्लै आयो ‘प्रसाद’

एक्लै आयो ‘प्रसाद’

काठमाडौं ,मंसिर २१ -  पत्रकार सुशील पौडेलको लेखन रहेको चलचित्र ‘प्रसाद’ आजबाट देशभर प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो चलचित्र देशभर प्रदर्शनमा आएको हो । एकल रिलिज अवसर पाएको यो चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् । अन्तरजातीय प्रेम विवाह गरेका जोडीको सन्तान नहुँदाको अवस्था चित्रण गर्न खोजेको छ ।चलचित्रको बुधबार राजधानीमा प्रिमियर समेत गरिएको थियो । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत लगायतको मुख्य भुमिका रहेको चलचित्रमा निश्चलले नेगेटिभ भुमिकामा निर्वाह गरेका छन् ।करिब ५ दर्जन बढी चलचित्र भवनमा आएको यो चलचित्रले सिंगल थिएटर एक्लै पाए पनि मल्टिप्लेक्समा भने बलिउड अभिनेत्री प्रियंका चोपडाको निर्माण रहेको नेपाली भाषाको चलचित्र ‘पाहुना’ र सुशान्त सिंह राजपुत र सारा अली खान अभिनित चलचित्र ‘केदारनाथ’सँग प्रतिस्पर्धा गर्नेछ । गतसाताको चलचित्र ‘२.०’ले पनि अहिलेसम्म
रेखा थापालाई ‘हरितारा’ चलचित्र पुरस्कार

रेखा थापालाई ‘हरितारा’ चलचित्र पुरस्कार

काठमाडौं ,मंसिर १९  । नेपाली चलचित्र क्षेत्रमा दशकौंदेखि अनवरत रुपमा क्रियाशिल चलचित्रकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय लय संग्रौला र दुई दशकदेखि नेपाली चलचित्रमा अभिनय तथा निर्माण र निर्देशनमा क्रियाशिल रहेकी नायिका रेखा थापालाई हरितारा चलचित्र पुरस्कारबाट सम्मान गरिएको छ । सम्मानीत संग्रौला र नायिका थापाले सम्मान पत्रसहित जनही २५ हजार नगद राशी प्राप्त गरेका छन् । बालविवाहको बिरुद्धमा देशभरि छोरीका निम्ति स्वर्णीम नेपाल महाअभियान चलाईरहेकी थापाको निर्देशनमा रहेको नेपाली कथानक चलचित्र मालिका केही समय पहिले प्रदर्शनमा आएको थियो ।  
कसले सम्हाल्छ होला ज्योतीको उत्ताउलोपन ?

कसले सम्हाल्छ होला ज्योतीको उत्ताउलोपन ?

मंसिर १७ - गायिका ज्योती मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन् । ज्योती मगरको पहिरन र हाउभाउले बढी चर्चा पाउँछ । सामाजिक संजादेखि स्टेज कार्यक्रममा उनको उत्ताउलोपनाले चर्चा पाउँछ । ज्योती गीत गाउँदा पनि दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन् । खुलेका पहिरन त उनको विशेषता नै हो । उनै, ज्योती मगर समय समयमा सामाजिक संजालमा हट फोटो राखेर पनि चर्चामा आउँछिन् । विशेषगरि, माथिल्लो भाग अत्याधिक खुलेको तस्बिर राख्दै ज्योतीले फ्यानको ध्यान आकर्षित गर्न खोजेको देखिन्छ । उनै, ज्योती खुलेको पहिरनमा तस्बिर राख्दै लेखेकी छिन्–‘कसैले पनि मेरो उत्ताउलोपन सम्हाल्न सक्दैन ।’ ज्योतीले यो क्याप्सन लेखेर के कुराको संकेत गर्न खोजेकी हुन् यो त उनले नै जानुन् । तर, उनको उत्ताउलोपन सम्हाल्ने मान्छे कहिले भेटिएला ?  
दोस्रो सातामा ड्रिम गर्ल

दोस्रो सातामा ड्रिम गर्ल

काठमाडौ, मङ्सिर १६ -  चलचित्र ड्रिम गर्ल शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । यो साता नया“ चलचित्र शान्ति मात्र प्रदर्शन भएका कारण ड्रिम गर्ललाई फाइदा पुगेको छ । ७ मंसिरदेखि प्रदर्शनरत फिल्मले उत्साहजनक व्यापार गरिरहेको निर्देशक ऋषिराज आचार्यले शनिबार सञ्चारकर्मीलाई बताए । केही दिनअघि मोफसल यात्रा गरी फर्र्किएको ड्रिम गर्ल युनिट दर्शकले फिल्म मन पराएकोमा खुसी छ । लभ, कमेडी, एक्सन र सेन्टिमेन्टसले भरिएको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनबिक्रम राई, पूजा पराजुली, सुरवीर पण्डित, अर्जुन श्रेष्ठ, शिशिर भण्डारीलगायतका कलाकारले अभिनय गरेका छन् । अर्जुन शर्मा, रामेश्वर धिताल, निर्देशक ऋषिराज आफैं र दक्षिण भारतीय कम्पनी रिल एन्ड रियलको संयुक्त निर्माणमा बनेको फिल्म काठमाडौं, रारा ताल र थाइल्यान्डका विभिन्न स्थानमा खिचिएको हो ।  
‘सम्हालिन्छ कहिले मनमा’ सोनम नायक र गायक

‘सम्हालिन्छ कहिले मनमा’ सोनम नायक र गायक

मङ्सिर१५ । नेपाली चलचित्र क्षेत्रमा नयाँ नायकको उदय हुँदैछ । चलचित्र ‘सम्हालिन्छ कहिले मन’बाट भारतीय मुलका तिब्बतियन गायक सोनम तोप्देनको उदय हुँदैछ । यो चलचित्रमा उनी नायिका पूजा शर्मासँग रोमान्स गर्दैछन् । लभ स्टोरी कथामा निर्माण हुन लागेको चलचित्रका लागि सोनम उत्साहित छन् । चलचित्रमा काम गर्नका लागि सोनम अहिले नेपालमा छन् । उनीसँग यसको निर्माणपक्षले बिहिबार मात्र संझौता गरेको थियो । तर, यो चलचित्रमा सोनमले अभिनय मात्र गर्ने छैनन् । यो चलचित्रका लागि सोनमले आवाज समेत दिएका छन् । नेपाली चलचित्रको पाश्र्व गायनमा यो सोनमको पहिलो गायन हो । चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा समावेश ‘मेरो मन मुटु भरी’ बोलको गीतमा सोनमले आवाज भरेका छन् । संगीतकार अर्जुन पोखरेलको संगीत, डाक्टर कृष्णहरि बरालको शब्दमा समावेश यो गीतमा सोनमसँगै गायिका दीपा लामाले स्वर दिएकी छिन् । सोनमले आवाज भरेपछि संगीतकार पो
१३ हलमा ‘छक्का पन्जा ३’को ५१ दिन

१३ हलमा ‘छक्का पन्जा ३’को ५१ दिन

मंसिर १३-   देशभरका १३ हलमा दशैंको घटस्थापनाबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा ३’ले ५१ दिन मनाएको छ । नेपाली चलचित्रले ५१ दिन मनाएको सुन्न हिजोआज लामै समय पर्खिनुपर्छ । गतबर्ष चलचित्र ‘छक्का पन्जा २ र शत्रु गते’ले ५१ दिन मनाएका थिए । यो चलचित्र काठमाण्डौका मल्टिप्लेक्समा ५१ दिनसम्म प्रदर्शन भैरहेको छ । चलचित्रको टिम आज बिहानै वीएसआर हलमा पुगेको छ । यो हलमा कुनै नेपाली चलचित्रले पहिलो पटक ५१ दिन मनाएको हो । दिपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्र ‘छक्का पन्जा’ले १०१ दिन, ‘छक्का पन्जा २’ले ५१ दिनको रेकर्ड राखिसकेका छन् । अहिलेसम्मकै सर्वाधिक कमाई गरेको यो चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाँई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।  
अनमोल र साराको अफेयर हल्ला मात्रै

अनमोल र साराको अफेयर हल्ला मात्रै

काठमाडौं,मंसिर ११ – अभिनेता अनमोल केसी महिला फ्यानहरु बढी हुने अभिनेतामा पर्छन् ।उनलाई मन पराउने धेरै छन् तर उनले मन पराए रे, उनी अफेयरमा छन् रे भन्ने खबरहरु आउँदैनन् । तर आइतबार सबैलाई छक्कै बनाउने गरी उनको नाम अभिनेत्री सारा श्रीपाइलीसँग जोडेर उनीहरु एकअर्काको प्रेममा रहेको खबर सार्वजनिक भयो । उनीहरुको यो खबर कतिले त पत्याएनन् तर कतिले भने हावा नचली पात नहल्लिने भन्दै शंका गर्न थाले । अनमोलसँग अफेयर रहेको खबर सार्वजनिक भएपछि अभिनेत्री साराले आफूहरु इन्स्टाग्रामको साथी मात्र रहेको बताएकी छिन् । साराले आफू अनमोलको प्रेममा रहेको कुरा सोझै नकारेकी छिन् । सिनेमा ‘रुद्र’बाट डेब्यू गरेकी साराले त्यसपछि त्यसपछि सिनेमा ‘पिंजडा ब्याक अगेन’मा काम गरिन् ।यतिबेला उनी आफ्नो तेस्रो सिनेमा ‘सुश्री सम्पत्ति’को प्रचारप्रसारमा छन् । तर यो खबर सार्वजनिक भएपछि भने सारा मिडियामा खासै आउन नचाहेको बुझि
Open

Expert Education Dang

Close