Victoria College Dang

राष्ट्रिय समाचार – Page 261 – दाङ खबर
Global Luja Dang

राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

बेवारिसे शव फेला

बेवारिसे शव फेला

धनकुटा, वैशाख ३०। स्थानीय फोहर विसर्जनस्थल छेउमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुटा नगरपालिका–६ निवासी मृतकका भाइ ईश्वर, भिनाजु अनिल डंगोल र धनकुटा नगरपालिका– २ घर भएका रुमबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । शव परीक्षणका लागि धनकुटा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
पाल्पामा बम विस्फोट, शैक्षिक संस्था, बजार पसल सबै ठप्प

पाल्पामा बम विस्फोट, शैक्षिक संस्था, बजार पसल सबै ठप्प

पाल्पा, वैशाख ३० । यहाँ आज बिहानै बम विस्फोट भएको छ, सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन् । विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उहाँको अनुमान छ । यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् । शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन् ।
झापामा बम बिस्फोट, धादिङमा दुई ट्रकमा आगजनी

झापामा बम बिस्फोट, धादिङमा दुई ट्रकमा आगजनी

झापा, वैशाख ३० । आज विहान झापाको मेचिनगर– ७ स्थित ग्यारेजमा पार्किङ गरिएका दुई बसमा बम बिस्फोट भएको छ । पेट्रोल पम्प छेउको ग्यारेजमा राखेको सुर्योदय यातायातको मे १ ख २७२६ र मे १ ख २७३३ नम्बरका दुई बसमा बम बिस्फोट भएको हो । २७२६ नम्बरको बस मुनी शक्तिशाली बम विस्फोट गराइएको प्रहरीले बताएको छ । विस्फोटबाट बसको ट्याङ्की फुटेको छ भने दुबै बसका सीसा फुटेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको समूहले आह्वान गरेको बन्द सफल पार्न घटना गराइएको प्रहरीको अनुमान छ । प्रहरीले समूहका नगर इन्चार्ज स्मृति रिजाललाई नियन्त्रणमा लिएको छ । दुईवटा भारतीय ट्रकमा आगजनी पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१ र आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर
मोदी भ्रमणपछिको सम्बन्ध

मोदी भ्रमणपछिको सम्बन्ध

काठ्माडौं, वैशाख ३० । चुनावी दौडाहाको झल्को दिने गरी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने नेपाल भ्रमणपछि स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएयता तेस्रो पटक नेपाल आउने क्रममा मोदीले परम्परा तोड्दै संघीय संरचना अन्तर्गत नवनिर्मित प्रदेश–२ को अस्थायी राजधानी जनकपुरबाट यात्रा शुरू गरे, र प्रदेश–४ को मुक्तिनाथसम्म पुगे । जनकपुर उपमहानगरपालिकाले गरेको नागरिक अभिनन्दन समारोहमा आफू प्रधानमन्त्री भन्दा पनि प्रधान तीर्थयात्रु भएर यसपटक नेपाल आएको बताएका मोदीले सम्बोधनको अधिकांश शब्द द्विपक्षीय सम्बन्धको व्याख्यामा खर्चेका थिए । संविधानसभाबाट जारी नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै अमानवीय नाकाबन्दीको तहसम्म ओर्लिएको भारत र त्यसविरुद्ध मत्थर भइनसकेको आक्रोशित मनोविज्ञानका बीच सम्बन्धको प्रगाढता र विशिष्टताको विवेचना स्वयंमा सहज र स्वाभाविक भने थिएन । सँगै आफैंले स
मोदी स्वदेश फर्किएको भोलिपल्ट विप्लवद्वारा बन्द, ठाउँठाउँमा तोडफोड र आगजनी

मोदी स्वदेश फर्किएको भोलिपल्ट विप्लवद्वारा बन्द, ठाउँठाउँमा तोडफोड र आगजनी

काठमाडौं, बैशाख ३०। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण सकेर स्वदेश फर्किएको भोलिपल्ट विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका क्रममा ठाउँठाउँमा आगजनी तोडफोड भएको समाचार प्राप्त भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा आगजनी भएको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१÷आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । आज बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागी भएको २ घण्टा पछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । बस्ती, पेट्रो
पर्वतका दुई विद्यालय केयुको अनलाइन मास्टर डिग्री सेन्टर

पर्वतका दुई विद्यालय केयुको अनलाइन मास्टर डिग्री सेन्टर

फलेवास, वैशाख ३० । काठमाडौँ विश्वविद्यालयले पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा शुरु गर्ने भएको छ । जिल्लाको आदर्श अंग्रेजी माध्यामिक विद्यालय र भवानी विद्यापीठ माविमा अनलाइन मास्टर डिग्री कक्षा सेन्टर स्थापना गर्ने भएको हो । काठमाडौँ युनिभर्सिटीको स्कूल अफ एजुकेशनले अनलाइन मास्टर डिग्री कार्यक्रममा आदर्श र भवानी विद्यापीठ विद्यालयलाई सेन्टर स्थापना गर्न सम्झौता गरेको हो । कार्यक्रम काठमाडौ विश्वविद्यालयको स्कूल अफ एजुकेशन संकायअन्तर्गत लिडरसिप म्यानेजमेन्ट र म्याथमेटिक्स इन एजुकेशन आगामी शैक्षिक सत्रबाट सञ्चालन हुनेछन् । शुक्रबार र शनिबार काठमाडौँ विश्वविद्यालयको आयोजना तथा भवानी विद्यापीठ र आदर्श माविको संयोजनमा पर्वत र बाग्लुङ जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा प्रअहरुका लागि भवानी विद्यापीठ माविमा र आदर्श माविमा आयोजित दुईदिने स्कूल लिडरसिप तालीम कार्यक्रमको अवसरमा
रूपन्देहीको नयाँमिल चोकमा बम भेटियो, डिस्पोजको तयारी

रूपन्देहीको नयाँमिल चोकमा बम भेटियो, डिस्पोजको तयारी

बुटवल, वैशाख ३० । रूपन्देहीको तिलोत्तमास्थित नयाँमिल चोकमा प्रेसर कुकर बम फेला परेको छ । बुटवल–भैरहवा सडकखण्डमा बम फेला परेको हो । बम भेटिएपछि स्थानीय त्रसित बनेका छन् । बम डिस्पोजलका नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ जाँदै छ । विप्लप नेतृत्वको नेकपाले आइतबार बन्दको आह्वान गरेको हुनाले बम पनि उसैले राखेको हुन सक्ने अनुमान गरिएको छ ।
अाज रातो मच्छेन्द्रनाथको भोटो देखाइदै : उपत्यकामा सार्वजनिक बिदा

अाज रातो मच्छेन्द्रनाथको भोटो देखाइदै : उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ, वैशाख ३०- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा शुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै शुरु भएको हो । किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात
मोदीको भ्रमणः मुक्तिनाथको विकासमा महत्वपूर्ण बन्ने अपेक्षा

मोदीको भ्रमणः मुक्तिनाथको विकासमा महत्वपूर्ण बन्ने अपेक्षा

मुक्तिनाथ, वैशाख २९-  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आज भएको मुक्तिनाथको दर्शन एवं भ्रमणले यस क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ । नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल भएर पनि अझैसम्म यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको बताउने स्थानीयवासी यस भ्रमणले यहाँको विकासलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल हुनुका साथै मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट थोराङपास हुँदै मनाङ पुग्ने पदमार्ग यही भएर जाने हुनाले यो क्षेत्र पदयात्री पर्यटकका लागि पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको रानीपौवा आमा समूह मुक्तिनाथकी अध्यक्ष कन्दु गुरुङले बताउनुभयो । “यो तीर्थस्थलमा नेपालीका साथै धेरै भारतीय दर्शनार्थी आउने गर्दछन्,” उहाँले भन्नुभयो, “भारतका प्रधानमन्त्रीको यो दर्शन भ्रमणले भारतीय नागरिकमा मुक्तिनाथ मन्दिरप्रति अझ आस्था एवं व
नेपाल र पाकिस्तानबीच प्राज्ञिक सम्झौता हुँदै

नेपाल र पाकिस्तानबीच प्राज्ञिक सम्झौता हुँदै

काठमाडौँ, वैशाख २९-  नेपाल र पाकिस्तानबीच पहिलो पटक प्राज्ञिक आदानप्रदानसम्बन्धी सम्झौता हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाकिस्तानी एकेडेमी अफ लेटर्सबीच आइतबार काठमाडौँमा दुईपक्षीय प्राज्ञिक आदानप्रदान सम्झौता हुने प्रतिष्ठानका सदस्यसचिव डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । सम्झौताका लागि पाकिस्तानी एकेडेमी अफ लेटर्सका महानिर्देशक डा रसिद हमिदको नेतृत्वमा प्राज्ञिक टोली आज नेपाल आउने कार्यक्रम छ ।
Open

Expert Education Dang

Close