राष्ट्रिय समाचार – Page 2 – दाङ खबर
Global Luja Dang

राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

बाढीपहिरोबाट ९० को मृत्यु, २९ बेपत्ता

बाढीपहिरोबाट ९० को मृत्यु, २९ बेपत्ता

काठमाडौं साउन २ । केही दिनयताको बाढीपहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसक्रममा २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएको जनाइएको छ । यस्तै ११ जना उपचारपछि फिर्ता भएको र ३ हजार ३ सय ६६ जना भन्दा बढीलाई उद्धार गरिएको तथा तथ्यांक संकलन र राहतको कार्य तीब्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।
दक्षिण एसियाका ६० लाख मानिस बाढीको जाेखिममा

दक्षिण एसियाका ६० लाख मानिस बाढीको जाेखिममा

काठमाडाैँ, साउन २ । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ । त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् । ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्न
कांग्रेसमा फेरि किचलो

कांग्रेसमा फेरि किचलो

काठमाडौं साउन २ । लामो किचलोपछि विभिन्न १४ एजेन्डा तय गर्दै सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक नियमावली मस्यौदाका केही विषयमा नै अड्किएको छ । २२ असारबाट सुरु केन्द्रीय समिति बैठकमा नियमावली मस्यौदा समितिले बनाएको मस्यौदाको विषयलाई लिएर फेरि किचलो सुरु भएको हो । नियमावलीमा राखिएका कतिपय प्रावधानलाई कांग्रेसभित्रको संस्थापन पक्षबाहेक इतर पक्षले रुचाएका छैनन् । यसकारण, केन्द्रीय समिति बैठकमा नियमावलीलाई अन्तिम रूप नदिईकनै थप छलफलपछि टुंगो लगाउने भन्दै थन्काइएको छ । नियमावलीमा समावेश पार्टीका सक्रिय सदस्यबाट लिइने लेबीका विषय, पार्टीको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको विषय, अनुशासनको नीति तथा भ्रातृ संगठनसहितका केही विषयमा कांग्रेसभित्र संस्थापन र इतर समूहबीच मतभेद देखिएको हो । संस्थापन पक्ष भने मस्यौदा समितिले तयार गरेकै विषयलाई यथावत् राख्नुपर्ने पक्षमा छ भने इतर पक्ष
नेकपा : एकता नटुंगिँदै फुटको संकेत

नेकपा : एकता नटुंगिँदै फुटको संकेत

काठमाडौं  साउन १– नेपल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता अन्तिम चरणमा पुगेको छ । वर्ष दिनअघि माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेको थियो । सरकारको नेतृत्व गरिरहेको नेकपामा एकताको विषयलाई लिएर नेताहरू असन्तुष्ट बन्दै आएका छन् । वरिष्ठ नेताहरूले नै गुटलाई प्रश्रय दिएर त्यसको नेतृत्व गरेका छन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई पद नदिएको भन्दै समानान्तर कमिटी बनाउनेसम्मको चेतावनी पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीलाई दिएका थिए । अहिले पनि धेरै नेताले असन्तुष्टि पोखिरहेका छन् । पार्टीको आकार बढे पनि कार्यशैलीमा भने कुनै परिवर्तन नआएको भन्दै घनश्याम भुसाल, भीम रावल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताले मिडियामामार्फत् असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरू पार्टीभित्रका प्रतिपक्षी रूपमा देखिँदै आएका छन् ।
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुग्यो

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुग्यो

काठमाडौं साउन १ । गत बिहीबारदेखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । रौतहटमा १० जना मृत अवस्थामा फेला परेपछि यो संख्या ८० पुगेको नेपाल प्रहरीले जनाएको छ । सबैभन्दा बढी असर रौतहटमै परेको छ । ललितपुरमा ६ र मकवानपुर र भोजपुरमा ५–५ जनाको मृत्यु भएको थियो । त्यस्तै वर्षाका कारण ३२ जिल्ला बढी प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ३४ जना अझै बेपत्ता भएका छन् भने केही दर्जन घाइते रहेका छन् । झण्डै १७ हजारको संख्यामा विस्थापित भएका छन् । प्रहरीले ३५ सयको हाराहारीमा उद्धार गरिएको पनि जनाएको छ ।
मनसुनी गतिविधि कमजोर हुँदै

मनसुनी गतिविधि कमजोर हुँदै

काठमाडौं असार ३१ । गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन सोमवारबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताए । ‘न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दै छ त्यसैले अबको केही दिन वर्षा कम हुनेछ’ मौसमविद् श्रेष्ठले भने । यद्यपि आज देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ रहेको छ । मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर भइरहने बताइएको छ । तत्कालका लागि अति भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्क
बढी भएको २०० मेगावाट विद्युत् भारत पठाइयो

बढी भएको २०० मेगावाट विद्युत् भारत पठाइयो

काठमाडौं, असार ३१ । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ। देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने “यही असार २७, २८ र २९ गते दैनिक १५० मेगावाट विद्युत् भारत पठाइएको छ ।” मन्त्री पुनले आज गएराति (असार ३० गते) मात्रै २०० मेगावाट विद्युत् भारत पठाइएको छ । नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौता र इनर्जी बैंकिङको अवधारणानुसार नै यहाँ बढी भएको विद्युत् भारत पठाइएको उनको भनाइ छ। अविरल वर्षाका कारण विशेष गरी प्रदेश नं १ र २ मा विद्युत् माग घट्न गएकाले बढी भएको विद्युत् भारत पठाइएको हो । देशभर हाल एक हजार २१५ मेगावाट विद्युत् माग रहेको छ । बाढी र वर्षाले विद्युत् माग घटेर ६००
बाढी पहिरोबाट ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

बाढी पहिरोबाट ७८ को मृत्यु, १७ हजार घरधुरी विस्थापित

काठमाडौँ असार ३१ । मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण मंगलबारसम्म ७८ जनाको मृत्यु भएको छ। बाढी पहिरो र डुबानका कारण ३२ जना बेपत्ता भएका छन् भने ४० जना घाइते भएका छन्। गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४ सय २० घरधुरी विस्थापित भएका र तीन हजार ३ सय ६६ जनाको उद्धार गरिएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए। अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ। अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ। बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ। तीनै तहका सुरक्षा निकायका ४१ हजारभन्द
उद्धार सकियो, राहतमा केन्द्रित

उद्धार सकियो, राहतमा केन्द्रित

काठमाडौँ, असार ३१ । मध्य र तराई क्षेत्रमा बाढी, पहिरो र डुबानबाट पीडित बनेकाको उद्धार कार्य सोमबार सकिएको छ । उद्धार सकेलगत्तै राहत वितरणका प्रक्रियामा केन्द्र, प्रदेश र स्थानीय सरकार प्रवेश गरेका छन् । गृह मन्त्रालयका अनुसार उद्धारपछि सोमबार घर फर्कन मिल्ने फर्किन थालेका छन् । घरमा अझै बस्न नसकिने अवस्थाका विपद् पीडितलाई स्थानीय सरकारले शिविरमा राखेर संरक्षण गरिरहेको छ । “तत्काल उद्धारको काम सम्पूर्ण रूपमा सकिएको छ”, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भन्नुभयो, “अब राहतका लागि अगाडि बढेको अवस्था हो । ” उहाँले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएझैँ अबको सबै काम राहत केन्द्रित हुने जानकारी दिनुभयो । यसका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ मा व्यवस्था भएअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारले आफ्नो भ
बाढी-पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो,

बाढी-पहिरोमा मृत्यु हुनेको संख्या ६५ पुग्यो,

काठमाडौं असार ३० । बिहीबारदेखि आएको अविरल वर्षाको कारण देशभर अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालय जारी गरेको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेमा ४१ पुरुष र २४ महिला रहेका छन्। बाढी, पहिरो र डुबानमा परी हालसम्म ३० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा १८ पुरुष र १२ महिला रहेको प्रहरीले जानकारी दिएको छ यस्तै, ३८ जना घाइते भएका छन्। तीमध्ये २१ पुरुष र १७ महिला रहेका छन्। देशभरबाट एक हजार ४४६ जनाको उद्धार गरिएको छ।
Open

Expert Education Dang

Close