राष्ट्रिय समाचार – दाङ खबर
Global Luja Dang

राष्ट्रिय समाचार

राष्ट्रिय समाचार

बाढी र पहिरोको विनाश लीला

बाढी र पहिरोको विनाश लीला

काठमाडौं साउन ५ । मनसुन सुरु भएसँगै मुलुकभर आएको वर्षाका कारण बाढी र पहिरोमा परी पछिल्लो १० दिनमा १ अर्ब २ करोड ७२ लाख ४५ हजार ५ सय रुपैयाँ क्षति भएको गृह मन्त्रालयले जनाएको छ । ३४ जिल्लामा बाढी र पहिरोका कारण १० दिनमा ९० जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रले दिएको तथ्यांकअनुसार २६ असारदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । मानवीय क्षति र प्रतिकार्यको विवरण सार्वजनिक गर्दै केन्द्रका उपसचिव वेदप्रसाद खनालले ३४ जिल्लामा बाढी र पहिरोको प्रकोपले क्षति पु¥याएको जानकारी दिए । ‘१० दिनको अवधिमा ९० जनाको मृत्यु भएको पाइएको छ भने २९ जना बेपत्ता र ४१ जना घाइते भएका छन्,’ उनले भने, ‘बाढीपहिरोको कारण ३४ जिल्लाका १३ हजार १०१ घरधुरी विस्थापित भएका छन् ।’ बाढीपहिरोका कारण ताप्लेजुङमा एक घर विस्थापित भएको छ भने झापामा तीन जनाको मृत्यु, एक बेपत
संकटमा वैदेशिक रोजगारी

संकटमा वैदेशिक रोजगारी

काठमाडौं साउन ५ । गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि भन्दै आएको एउटा नारा हो- 'हाम्रा युवा विदेश जानुमा रहर होइन बाध्यता छ।' मन्त्री विष्टले भने जस्तै श्रम बजारमा आउने युवाले देशमै रोजगारी पाउने अवस्था सिर्जना भइसकेको छैन। मलेसिया लगायत खाडी मुलुकमा पाउँदैआएको रोजगारी पनि क्रमश: संकटमा पर्दै गएको छ। मलेसिया रोजगारी बन्द भएसँगै कतार, साउदी, युएई, कुवेत, बहराइन, ओमान लगायतका प्रमुख गन्तव्य मुलुकमा पनि रोजगारीमा समस्या सिर्जना हुन थालेको छ। मलेसिया रोजगारी बन्द र केही मुलुकमा उत्पन्न आर्थिक संकटका कारण र सरकारले लागू गरेको फ्री भिसा फ्री टिकट (शून्य लागत) लगायत कारणबाट वैदेशिक रोजगारीका अवसरहरु साँघुरिँदै गएको श्रमविज्ञ पूर्णचन्द्र भट्टराई बताउँछन्। ‘२०७२ सालदेखि वैदेशिक रोजगारीमा निरन्तर गिरावट आइरहेको छ। एकातिर वैदेशिक रोजगारीमा जाने
फेरियाे युवाकाे परिभाषा

फेरियाे युवाकाे परिभाषा

काठमाडौं साउन ४ । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलाई राख्न प्रस्ताव गरिएको छ । परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँच वर्ष कम गरेर परिभाषित गर्न थालिएको बताए । “सबै मुलुकमा युवाको उमेर ३५ वर्षभन्दा माथि छैन्”, उनले भने, “त्यही भएर हाम्रो मुलुकमा पनि युवाको उमेर ४० वर्षबाट घटाएर ३५ वर्षलाई राख्ने प्रस्ताव गरेका छौँ ।” अहिले भने परिषद्को ऐनमा युवाको उमेरको १६ देखि ४० वर्षलाई परिभाषित गरिएको छ युवाको उमेर घटाउने प्रस्तावसहितको ऐन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको छ । परिषद्को ऐनमा युवाको उमेर ३५ वर्ष कायम गरे राष्ट्रिय युवा नीति र युथ भिजन–२०२५ मा पनि युवाको उमेर स्वत
वैदेशिक रोजगारबाट ११ वर्षमा साढे ७ हजार नेपालीको मृत्यु

वैदेशिक रोजगारबाट ११ वर्षमा साढे ७ हजार नेपालीको मृत्यु

काठमाडौं, साउन ४ । वैदेशिक रोजगारीमा गएका युवाहरूकै रेमिट्यान्सले देशको अर्थतन्त्र सुरक्षित छ। तर ती युव आफैँ असुरक्षित छन्। वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु र अंगभंगको ग्राफ डरलाग्दो छ। आर्थिक वर्ष ०६५/६६ देखि ०७५/०७६ वैशाखसम्म ७ हजार ४ सय ६९ जना नेपाली कामदारले विदेशमा ज्यान गुमाएका छन्। यो तथ्यांक श्रम स्वकृति लिएर जाने कामदारको मात्रै हो।यो खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। अवैध बाटोबाट वैदेशिक रोजगारमा जानेको संख्या पनि धेरै छ।
बाढीपहिरोबाट ९० को मृत्यु, २९ बेपत्ता

बाढीपहिरोबाट ९० को मृत्यु, २९ बेपत्ता

काठमाडौं साउन २ । केही दिनयताको बाढीपहिरोबाट अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यसक्रममा २९ जना बेपत्ता भएको र ४१ जना घाइते भएको जनाइएको छ । यस्तै ११ जना उपचारपछि फिर्ता भएको र ३ हजार ३ सय ६६ जना भन्दा बढीलाई उद्धार गरिएको तथा तथ्यांक संकलन र राहतको कार्य तीब्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।
दक्षिण एसियाका ६० लाख मानिस बाढीको जाेखिममा

दक्षिण एसियाका ६० लाख मानिस बाढीको जाेखिममा

काठमाडाैँ, साउन २ । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो । केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ । त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् । ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्न
कांग्रेसमा फेरि किचलो

कांग्रेसमा फेरि किचलो

काठमाडौं साउन २ । लामो किचलोपछि विभिन्न १४ एजेन्डा तय गर्दै सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक नियमावली मस्यौदाका केही विषयमा नै अड्किएको छ । २२ असारबाट सुरु केन्द्रीय समिति बैठकमा नियमावली मस्यौदा समितिले बनाएको मस्यौदाको विषयलाई लिएर फेरि किचलो सुरु भएको हो । नियमावलीमा राखिएका कतिपय प्रावधानलाई कांग्रेसभित्रको संस्थापन पक्षबाहेक इतर पक्षले रुचाएका छैनन् । यसकारण, केन्द्रीय समिति बैठकमा नियमावलीलाई अन्तिम रूप नदिईकनै थप छलफलपछि टुंगो लगाउने भन्दै थन्काइएको छ । नियमावलीमा समावेश पार्टीका सक्रिय सदस्यबाट लिइने लेबीका विषय, पार्टीको नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको विषय, अनुशासनको नीति तथा भ्रातृ संगठनसहितका केही विषयमा कांग्रेसभित्र संस्थापन र इतर समूहबीच मतभेद देखिएको हो । संस्थापन पक्ष भने मस्यौदा समितिले तयार गरेकै विषयलाई यथावत् राख्नुपर्ने पक्षमा छ भने इतर पक्ष
नेकपा : एकता नटुंगिँदै फुटको संकेत

नेकपा : एकता नटुंगिँदै फुटको संकेत

काठमाडौं  साउन १– नेपल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता अन्तिम चरणमा पुगेको छ । वर्ष दिनअघि माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेको थियो । सरकारको नेतृत्व गरिरहेको नेकपामा एकताको विषयलाई लिएर नेताहरू असन्तुष्ट बन्दै आएका छन् । वरिष्ठ नेताहरूले नै गुटलाई प्रश्रय दिएर त्यसको नेतृत्व गरेका छन् । यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई पद नदिएको भन्दै समानान्तर कमिटी बनाउनेसम्मको चेतावनी पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीलाई दिएका थिए । अहिले पनि धेरै नेताले असन्तुष्टि पोखिरहेका छन् । पार्टीको आकार बढे पनि कार्यशैलीमा भने कुनै परिवर्तन नआएको भन्दै घनश्याम भुसाल, भीम रावल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताले मिडियामामार्फत् असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरू पार्टीभित्रका प्रतिपक्षी रूपमा देखिँदै आएका छन् ।
बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुग्यो

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुग्यो

काठमाडौं साउन १ । गत बिहीबारदेखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । रौतहटमा १० जना मृत अवस्थामा फेला परेपछि यो संख्या ८० पुगेको नेपाल प्रहरीले जनाएको छ । सबैभन्दा बढी असर रौतहटमै परेको छ । ललितपुरमा ६ र मकवानपुर र भोजपुरमा ५–५ जनाको मृत्यु भएको थियो । त्यस्तै वर्षाका कारण ३२ जिल्ला बढी प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ३४ जना अझै बेपत्ता भएका छन् भने केही दर्जन घाइते रहेका छन् । झण्डै १७ हजारको संख्यामा विस्थापित भएका छन् । प्रहरीले ३५ सयको हाराहारीमा उद्धार गरिएको पनि जनाएको छ ।
मनसुनी गतिविधि कमजोर हुँदै

मनसुनी गतिविधि कमजोर हुँदै

काठमाडौं असार ३१ । गत शुक्रबारदेखि सक्रिय रहेको मनसुन सोमवारबाट कमजोर हुँदै गएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई क्षेत्रबाट दक्षिण सर्दै गएकाले अबका केही दिन मनसुनी गतिविधि कमजोर हुने मौसमविद् समिर श्रेष्ठले बताए । ‘न्यून चापीय रेखा (वर्षा गराउने वायु) विस्तारै दक्षिण सर्दै छ त्यसैले अबको केही दिन वर्षा कम हुनेछ’ मौसमविद् श्रेष्ठले भने । यद्यपि आज देशका मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ रहेको छ । मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय कहिले कमजोर यो क्रम निरन्तर भइरहने बताइएको छ । तत्कालका लागि अति भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै रहेकाले सामान्य सतर्क
Open

Expert Education Dang

Close