Victoria College Dang

मोफसल – Page 2 – दाङ खबर
Global Luja Dang

मोफसल

मोफसल

मोटरसाइकको ठक्करबाट पैदल यात्रीको मृत्यु

मोटरसाइकको ठक्करबाट पैदल यात्रीको मृत्यु

चितवन साउन २८। चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोकमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय युवक छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । चौबिसकोठीबाट पुल्चोकतर्फ जाँदै गरेको प्रदेश ३–०३ ००१ प ९२२ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका युवकलाई गएराति साढे १० बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।
आजको मौसम : मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने

आजको मौसम : मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने

काठमाडौं साउन २८ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज मनसुनको न्यून चापिय रेखा औसत स्थानमा रहेको जनाएको छ। मनसुनको न्यून चापिय रेखा पश्चिमी -उत्तरतिर सर्ने क्रममा छ। नेपालको पूर्वी भू-भाग नजिक एउटा न्युन चापिय प्रणालीको विकास भएकाले पूर्वी र मध्य नेपालमा यसको असर देखिनेछ। अहिले देशका तराई भूभागमा हल्का वर्षा भइरहेको शाखाले जनाएको छ। आज दिउँसो देशका केही स्थानमा सामान्य बदली रही मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने विभागले जनाएको छ। राति पनि देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली भइ पूर्व, मध्य र पश्चिमका एक दुई स्थानमा मध्यम वर्षा हुनेछ। देशको पूर्वी र तराईका भू-भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।
विद्यालयको भवनमा आगलागी

विद्यालयको भवनमा आगलागी

धनगढी साउन २७ । अछामस्थित एक विद्यालय भवनमा आगलागी हुँदा विद्यालयका महत्व पूर्ण कागजातसँगै टेलिकमका सामाग्री जलेर नष्ट भएका छन् । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका– ५ कालिकामा रहेको सान्नीकोट आधारभूत विद्यालयको एक भवनमा टेलिकमका सामाग्री तथा ब्याट्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । भवनमा राखेको ब्याट्रीमा लागेको आगो फैलिएको प्रहरीले जनाएको छ । आगलागीले विद्यायलयका कागजात जलेर नष्ट भएका छन् । प्रहरी चौकी जयगढबाट प्रहरी सहायक निरीक्षक रामसिंह कार्कीको नेतृत्वमा गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
कुखुराका चल्ला नष्ट

कुखुराका चल्ला नष्ट

भरतपुर साउन २७ । चितवनमा प्रक्रिया पूरा नगरी बिक्रीका लागि लैजाँदै गरिएका कुखुराका चल्ला नष्ट गरिएको छ । पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर चितवनले आइतबार भरतपुरबाट सो चल्ला नियन्त्रणमा लिएर सरोकारवालाको रोहवरमा नष्ट गरेको हो । काठमाडौँबाट काँकडभित्ता जाँदै गरेको ना५ख ७९३७ नंको गाडीमा विराटनगर, दमक र झापा लैजान लागिएको चल्ला नियन्त्रणमा लिइएको पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख रामकिशोर शाहले बताउनुभयो । चल्ला र अण्डा क्वारेन्टाइन पास गराएर लैजानुपर्ने व्यवस्था भए पनि उनीहरुले क्वारेन्टाइन छलेर लैजान लागेको बताइएको छ । बिक्री अनुमतिपत्र, क्वारेन्टाइन चेकपोष्ट दरपिट भएको पत्र र अन्य आवश्यक केही कागजात नभएकाले चल्ला नष्ट गरिएको शाहले जानकारी दिनुभयो । “चल्ला बिक्री गर्ने कार्टुनमा सबै कुरा उल्लेख हुनुपर्छ”, उहाँले भन्नुभयो, “तर नियन्त्रणमा लिइएका चल्लाको कार्टुनमा कुनै कुरा उल्लेख गर
महिला हत्या आरोपमा दुई पक्राउ

महिला हत्या आरोपमा दुई पक्राउ

महोत्तरी साउन २७। महोत्तरी प्रहरीले मोबाइलको आइएमइ नम्बरको आधारमा एक महिलाको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ । गत असार ५ गते गौशाला नगरपालिका–१० बस्ने अन्जुकुमारी श्रेष्ठको हत्या भएको घटनालाई अनुसन्धानका क्रममा मृतक श्रेष्ठले बोक्दै आएको मोबाइलको आइएमइका आधारमा स्थानीय दुई जनालाई गौशाला प्रहरीले घरबाटै पक्राउ गर्न सफल भएको हो । आइतबार पक्राउ परेका गौशाला नगरपालिका–२ का ४१ वर्षीय दशै ठाकुर र सोही नगरपालिका–८ का ३६ वर्षीय राजकिशोर गिरीलाई इलाका प्रहरी कार्यालय गौशालाले आज बिहान पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मृतक श्रेष्ठले बोक्दै आएको मोबाइल गिरीको घरमा बरामद भएको र सोहीको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । गत असार ५ गते मध्यरातको समयमा श्रेष्ठलाई धरिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । हतियार प्रहार गरी फरा
तीन लाख घुससहित सहायक वन अधिकृत पक्राउ

तीन लाख घुससहित सहायक वन अधिकृत पक्राउ

कैलाली साउन २७। तीन लाख २६ हजार रुपैयाँ घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भाँत्काँडाबाट सब-डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीको साथबाट तीन लाख २६ हजार नगद बरामद गरेको हो । आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले भन्नुभयो, ‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले पाँच लाख ४५ हजार रूपैयाँ बैंकमा हाल्न भनेछन् । ठेकेदारले पैसा हालिदिएको भेटियो । अरु पैसा निकालेर खर्च गरिसकेका रहेछन् । हाम्रो टोलीले तीन लाख २६ हजार रूपैयाँ बरामद गरेको छ ।’
म्यासेन्जरबाट प्रश्‍नपत्र आउट

म्यासेन्जरबाट प्रश्‍नपत्र आउट

धनुषा साउन २७ । जनकपुरधामस्थित राम सागर राम स्वरुप बहुमुखी क्याम्पस चिट चोरीमा देशकै बदनाम क्याम्पसमध्ये एक मानिन्छ। यहाँ चिट चोर्न पाउने भएकाले कुनैबेला निजामती, सेना, प्रहरीका हाकिमदेखि नेतासम्म परीक्षा दिन पुग्थे। चिट चोरीकै कारण बदनाम यो क्याम्पसको अवस्था अझै सुध्रिएको छैन। हालैमात्र परीक्षा हलबाटै प्रश्‍नपत्र म्यासेन्जरबाट आउट गरेको घटना सार्वजनिक भएको छ। एमबीएसको परीक्षाको प्रश्‍नपत्र आउट गरेर फोटोकपी गरिरहेको अवस्थामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। एमबीएस परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका-४ बाट त्यही ठाउँ बस्‍ने ३० वर्षीय लिलाराज शिवभक्तीसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिएस प्रथम बर्षको तथ्याङ्कशाष्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश
भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

कालिकोट साउन २७ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँमा भालुको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। आइतबार बेलुका ४ बजे गाउँकै मकै बारी गएको बेला कर्णबिर शाहीलाई भालुले आक्रमण गरेको हो। भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष जोरबहादुर शाहीले बताए। ‘शाहीलाई गाउँमा नै भालुले आक्रमण गरेको हो।’ उनले भने,‘शाहीको अवस्था गम्भीर छ। थप उपचारका लागि सुर्खेत लगिएको छ।’ गाउँमा नै भालु पसेको कारण गाउँलेहरु त्रसित भएको वडा अध्यक्ष शाहीले बताए। ‘गाउँमा मकै प्रसस्त हुन्छ। मकै खान भालु गाउँमा पसेको हुनुपर्छ।’ उनले भने,‘अहिले गाउँलेहरु निकै त्रसित भएका छन्।’
भरुवा बन्दुक सहित २ जना पक्राउ

भरुवा बन्दुक सहित २ जना पक्राउ

सल्यान साउन २७ । जिल्ला प्रहरी कार्यालय सल्यानले भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा गएको सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोलीले कालीमाटी गाउँपालिका – ५ बालुवा मनिकापुरबाट ७० बर्षका चन्द्र बहादुर रोका र सोही ठाउँ निबासी ६७ बर्षका टेक बहादुर कुमालाई भरुवा वन्दुक सहति पक्राउ गरको हो । प्रहरीले उनिहरुको साथबाट अबैध एक थान भरुवा बन्दुक र ४ थान नाल पनि बरामद गएिको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । पक्राउ परेका दुबैजनलाई हातहतियार खरखजना सम्बन्धी मुद्दा चलाईने प्रहरीले बताएको छ ।
बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

भक्तपुर साउन २६ । नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई पक्राउ गरेको हो । छिमेकी नातिनी उमेरकी बालिकालाई पटक पटक दुव्र्यवहार गरेको र पछि बलात्कार गरेको उजूरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको नायब उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिए । पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उनले बताए । आज म्याद थप गरी आवश्यक अनुसन्धान र कारवाही अगाडि बढाउने प्रहरीको भनाइ छ ।
Open

Expert Education Dang

Close