Victoria College Dang

मोफसल – Page 158 – दाङ खबर
Global Luja Dang

मोफसल

मोफसल

आग्लोले कुटेर आमाको हत्या

आग्लोले कुटेर आमाको हत्या

लहान, बैशाख ३१- सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेका छन्। सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेका हुन्। आमाको हत्या गर्ने पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिए।
आँधीबेरीबाट एक महिलाको मृत्यु

आँधीबेरीबाट एक महिलाको मृत्यु

धनगढी, वैशाख ३१-  कैलाली जिल्लामा गएराति चलेको भीषण आँधीबेरीका कारण एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–१ माघीगाउँकी ५६ वर्षीया चारुमती बूढाको इँटाको गारो र छाना भएको घरको बल्ली खस्दा च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक मदनराज जोशीले बताउनुभयो । सोही ठाउँमा हावाहुरीसँग घर र गोठमा लागेको आगोमा जलेर एक व्यक्तिले पालेको रागो मरेको छ । झण्डै आधा घण्टा तीव्रबेगको हावाहुरीले कैलाली जिल्लामा कैयौँ घरका जस्तापाता र टायलका छाना उडाएर क्षति पुगेको छ । त्यस्तै बिजुलीका पोल ढलेको र तार चुँडिएपछि विद्युत् आपूर्तिसमेत बन्द छ । अधिकांश ठाउँमा मोबाइल र ल्याण्डलाइन सेवा पनि अवरुद्ध छ । ठाउँठाउँमा रुख ढलेपछि केही ठाउँको सडकमा यातायात आवागमन पनि अवरुद्ध भएको छ । क्षतिको पूर्ण विवरण आउन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको
तातोपानीमा बाढीबाट दुई घर पुरिए

तातोपानीमा बाढीबाट दुई घर पुरिए

म्याग्दी, वैशाख ३०-  अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ । वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिनुभयो । भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुईवटा घरमा समेत क्षति पु¥याएको छ । स्थानीयवासी रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमासमेत क्षति पुगेको छ । अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् । यस्तै, बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा बाढी आएपछि अहिले सवारी आवागमन ठप्प भएको छ ।
विद्यार्थी अभावमा विद्यालय बन्द

विद्यार्थी अभावमा विद्यालय बन्द

रुकुम, वैशाख ३०-  नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो । शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने र यहाँ भर्ना हुन नआएपछि यहाँको विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । यहाँका विद्यार्थी मुसीकोट नगरपालिका वडा नं ५, सेरीगाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन् । यहाँबाट सेरीगाउँ आउन आधा घण्टाभन्दा कम समय लाग्ने गरेको छ । यहाँको पढाइ गुणस्तरीय नहुँदा विगत वर्षहरुमा पनि विद्यार्थी कम हुने गरेको स्थानीयवासीको भनाइ छ । यो विद्यालयको समायोजन हुने हल्लाले यहाँका विद्यार्थी छिमेकी विद्यालयमा भर्ना
चर्चमा बम विस्फोटन

चर्चमा बम विस्फोटन

धनगढी,  वैशाख ३०- धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ््यालमा क्षति पुगेको जानकारी दिनुभयो । आज बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ । बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन प्रभावित भएको छ ।
सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

खोटाङ, वैशाख ३०-  सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ । बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा वैशाख २२ गते सुनकोशीमा बेपत्ता भएकामध्ये बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङघाटका १२ वर्षीय सुमन श्रेष्ठको शव फेला परेको हो । नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये श्रेष्ठको शव चार किलोमिटर तल नदीको छालले किनारमा निकालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताउनुभयो । बेपत्तामध्ये ११ वर्षीया अनिता माझी र १० वर्षीय सबिन माझी अझै नभेटिएको प्रहरीले जनाएको छ । विद्यालय छुट्टीको दिन सुनकोशी किनारका जंगलमा बाख्रा चराउन गएका बालबालिका गर्मी भएपछि पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन् । बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको जनाइएको छ ।
दुईवटा भारतीय ट्रकमा आगजनी

दुईवटा भारतीय ट्रकमा आगजनी

धादिङ, वैशाख ३०-  पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१-आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । आज बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो । आगलागी भएको २ घण्टा पछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए । आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । आगो नेकपा
स्थानीयवासीले आफैँ बनाए अस्पताल

स्थानीयवासीले आफैँ बनाए अस्पताल

रुकम- रुकुमका गाउँमा स्वास्थ्य सेवा नहुँदा उपचारको अभावमा ज्यान गुमाउन बाध्य रुकुमपूर्वका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका छन्। जिल्लाको भूमे गाउँपालिका- ३ को बिकट वस्ती झुम्लाबाङका स्थानीयवासीले आफ्नै लगानीमा अस्पताल स्थापना गरेका हुन्। गाउँमा महिला सुत्केरी हुन नसकेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा विकट भएका कारण बाटोमै मृत्यु हुन थालेपछि स्थानीयवासी आफैँले अस्पताल स्थापना गरेको झुम्लाबाङ भिलेज फाउण्डेशनका अध्यक्ष रामबहादुर बुढाले बताए। भूमे गाउँपालिकाको केन्द्रबाट चार घण्टाको पैदल दूरीमा पर्ने झुम्लाबाङका १६५ घरधुरीले श्रमदान गरेर भवन निर्माण गरेका हुन्। औषधि र स्वास्थ्यकर्मीको पारिश्रमिकका लागि यहाँबाट वैदेशिक रोजगारीमा गएकाहरूले आर्थिक सहयोग स्वरूप रकम पठाइरहेको अध्यक्ष बुढाले बताए। राज्यको कुनै पनि सहयोग नरहेको यस अस्पतालमा अहिले दैनिक पाँच/सात जना बिरामीले
मोदीविरुद्ध बुटवलमा प्रदर्शन

मोदीविरुद्ध बुटवलमा प्रदर्शन

बुटवल, वैशाख २८-दुईदिने राजकीय भ्रमका लागि शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बुटवलमा प्रदर्शन भएको छ । ३ वर्षअगाडि नाकाबन्दी लगाएको भन्दै मोदीको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले प्रदर्शन गरेको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि दोहोर झडप भएको छ । झडपमा परी ४ जना समान्य घाइतले भएको बताइएको छ । प्रहरीले पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मोहम्मद हसन, जिल्ला उपाध्यक्ष झमबहादुर गुरूङ, हरिओम विक र शंकर गाहालाई पक्राउ गरेको छ । भारतीय प्रधानमन्त्रीको विरोधमा नाराबाजी गरेपछि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केशवकुमार भट्टराईले जानकारी दिए ।
वडानम्वर ७ को कार्यालय भवनको शिलान्याश

वडानम्वर ७ को कार्यालय भवनको शिलान्याश

घोराही, बैशाख २८ । घोराही उपमहानगरपालिका वडानम्वर–७ को वडा कार्यालय भवनको शुक्रबार शिलान्याश गरिएको छ । वडाध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवनको शिलान्याश गर्नुभएको हो । भवनको शिलान्याश गर्दै मेयर चौधरीले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताउनुभयो । उपमहानगरपालिकाको भ्याट बाहेक ५७ लाख रुपैयाँको लागतमा भवन निर्माण हुन थालेको छ । भवन निर्माणको जिम्मा जयमा स्वर्गद्वारी निर्माण सेवाले लिएको छ । तीन वटा कोठा, एउटा हल, शौचालय तथा पर्खाल सहितको भवनको निर्माण कार्य आगामी असोजसम्म सम्पन्न हुने निर्माणका कम्पनीका बसन्त कुँवरले जानकारी दिनुभयो । भवनको अभावमा अहिले वडा कार्यालय सौडियारमै ले चार वटा कोठा भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।
Open

Expert Education Dang

Close