Florence Hospital Dang
Majestic Hotel Dang

मोफसल

मोफसल

आगलागीबाट ६ वर्षिय बालककोे मृत्यु,  दुई घर जलेर नष्ट

आगलागीबाट ६ वर्षिय बालककोे मृत्यु, दुई घर जलेर नष्ट

तेह्रथुम, फागुन ५ । तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकूमा आइतबार दिउँसो घरमा आगलागी हुदाँ बच्चाको जलेर मृत्यु भएको छ । स्थानीय रूद्र खातीको घरमा आगलागी हुदाँ खातीको ६ वर्षका छोरा मौसम खातीको जलेर मृत्यु भएको हो । आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी नारायण प्रसाद गौतमले बताए । घटना स्थलमा ईलाका प्रहरी कार्यालय संक्रान्ती बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
चार जना मात्रै सांसद उपस्थित भएपछि सुदूरपश्चिमकाे प्रदेश सभा बैठक स्थगित

चार जना मात्रै सांसद उपस्थित भएपछि सुदूरपश्चिमकाे प्रदेश सभा बैठक स्थगित

कञ्चनपुर फागुन ५ । सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठकमा चार जना मात्रै प्रदेश सभा सदस्यहरु उपस्थित भएपछि बैठक स्थगित भएको सभामुख अर्जुनबहादुर थापाले बताए। बैठकमा सचिवालय व्यवस्थापनसम्बन्धी विधेयक विद्यमान तथा प्रदेश मामिला समितिमा पास गर्ने र मुख्य मन्त्री त्रिलोचन भट्टले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो। प्रदेश सभाको अर्काे बैठक आगामी फागुन ८ गत बिहान ९ बजे बस्ने छ। ८ गते बस्ने प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
ट्रक दुर्घटना, दुई जनाको मृत्यु

ट्रक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ ,फागुन ५ । सप्तरीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा निजगढ नगरपालिका ८ बस्ने २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरीले जनाएको छ। ट्रक चालक जिल्ला बारा निजगढ नगरपालिका ८ बस्ने सौरभ लामा घाइते भएकाले स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ। आइतबार बिहान करिब २ बजे सप्तरी अग्निसाइर कृष्णशवरणस्थित पूर्व पश्चिम राजमार्गमा ना ५ ख १६५१ नम्बरको मैदा बोकेको ट्रक अन्यन्त्रित भई रुखमा ठोक्किँदा दुर्घटना भएको थियो। सप्तरीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन । नयाँ प्रतिक्रिया पोस्ट गर्नुस
श्रीमानले जवरजस्ती करणी गरेको भन्दै  मुद्दा दर्ता

श्रीमानले जवरजस्ती करणी गरेको भन्दै मुद्दा दर्ता

डोटी ,फागुन ५  - आफुलाई जवरजस्ती करणी गरेको भन्दै जिल्लाको शिखर नगरपालिका–६ बस्ने ४६ वर्षका डिल्लीराज फुलाराविरुद्ध आफेनै श्रीमती कल्पना फुलाराले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी छिन् । उनले फागुन १ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले जानकारी दिएका छन। उनले भने, “श्रीमान्ले जबर्जस्ती करणी गर्न खोजेको भन्दै निजकी श्रीमतीले मुद्दा दर्ता गराउनु भएको छ, हामीले श्रीमान्लाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अन्य अनुसन्धान शुरु गरिरहेका छौँ । ”जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दा फाँटका प्रहरी निरीक्षक बमका अनुसार श्रीमतीले दिएको निवेदनअनुसार कसुर प्रमाणित भए श्रीमान् डिल्लीराजलाई दुई वर्ष ६ महीना जेल सजाय हुनसक्ने नियम रहेको जानकारी दिए ।
मुस्ताङमा २ महिनापछि बिद्यालय खुल्यो, शिक्षक र बिद्यार्थीको उपस्थिती भने न्यून

मुस्ताङमा २ महिनापछि बिद्यालय खुल्यो, शिक्षक र बिद्यार्थीको उपस्थिती भने न्यून

मुस्ताङ ,फागुन ५ । हिमाली जिल्ला मुस्ताङमा २ महिना लामो बिदापछि धमाधम यहाँका बिद्यालयहरु खुल्न थालेका छन्् ।खुलेका बिद्यालयले नयाँ शैक्षिक सत्रको पढाई सुरु गर्न लागेका हुन्् । जिल्लाका ५६ बिद्यालय मध्ये ३६ सामूदायिक बिद्यालयले फागुन १ गते नयाँ कक्षा संञ्चालन गरेका हुन्् भने अन्य घुम्तीका बिद्यालयले पुस अगावै नयाँ शैक्षिक सत्रको पढाई सुरु गरेका हुन्् । वारागुङ मूक्तिक्षेत्र गाउपालिकाको २ वटा आधारभुत बिद्यालय बाहेक घरपझोङ र थासाङ गाउपालिकाका ३६ बिद्यालयलाई मंशिर मशान्तदेखि जाडो बिदा दिईएको हो । लोमान्थाङ गाउपालिका छोसेरको दिब्यदिप मावि,वारागुङ मुक्तिक्षेत्र गाउपालिका कागबेनीको जनशान्ति मावि,घरपझोङ गाउपालिका जोमसोमको जनहित मावि , धौलागिरी आवासिय मावि र घरपझोङ १ कै अर्को जनवाल मावि मार्फा ,थासाङ १ टुकुचेको योगेन्द्र मावि ,थासाङ २ कोवाङको जनआर्दश मावि र थासाङ ३ लेतेको ज्ञानोदय मावि
चट्याङ लागेर पिकनिक गएका विद्यार्थीसहित ६ जना घाइते

चट्याङ लागेर पिकनिक गएका विद्यार्थीसहित ६ जना घाइते

भक्तपुर फागुन ४ । भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित घ्याम्पे डाँडामा पिकनिक मनाइरहेका ६ जना शनिबार दिउँसो चट्याङ लागेर घाइते भएका छन्। काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्रबाट पिकनिक मनाउन आएकामाथि चट्याङ परेको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चट्याङ लागेर मोरङको कोसी दरैचा नपा ४ घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, कैलालीको गौरी नपा १ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय जीवन भण्डारी र स्याङजाको कालीगण्डकी गाउँपालिका ४ घर भई हाल कीर्तिपुर नै बस्ने २४ वर्षीय कमल पाण्डे घाइते भएका छन्। परिसरका प्र्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले नवलपरासीको सुस्ता गाउँपालिका ५ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय सत्यनन्द गुप्ता, ओखलढुङ्गाको रुम्जाटार घर ५७ वर्षीय ललित गुरुङ र सर्लाही घर भएकी २९ वर्षीया सीता खड्का घाइते
तीन दिनसम्म छिन छिनमा पानी परिरहने

तीन दिनसम्म छिन छिनमा पानी परिरहने

काठमाडौँ फागुन ४ । पश्चिमी वायुको प्रभावले शनिबार देशभर मौसम बदली हुनुका साथै मध्यपहाडी भू–भागका केही स्थानमा छिटफुट वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले भारी वर्षाको सम्भावना नरहे पनि छिटफुट र मध्यमखालको वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् समिर श्रेष्ठले बताए । ‘अझै एक/दुई दिन मौसम पूर्णरुपमा खुल्ने छैन र घाम पनि खासै लाग्ने छैन’ श्रेष्ठले भने । काठमाडौँ उपत्यकामा शनिबार हल्का वर्षा भएको छ । बुधबार बेलुका सुदूरपश्चिम भित्रिएको न्यून चापीय प्रणालीको प्रभावले बिहीबारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ । शनिबार राति देशको पश्चिमी र मध्य भूभागमा आंशिक बदली रही मध्यपहाडी क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । त्यस्तै भोलि आइतबार देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिक बदली ह
सर्भे गर्दा चिप्लिएर ओभरसियरको मृत्यु

सर्भे गर्दा चिप्लिएर ओभरसियरको मृत्यु

खलङ्गा फागुन ४ । जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको विद्युत्को नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई भन्ने स्थानमा विद्युत्को नहर सर्भे गर्न जाँदा फागुन २ गते चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। नहर सर्भेका क्रममा चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका बिष्ट उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएपछि मृत्यु घोषणा गरिएको प्रहरी जनाएको हो। तिला गाउँपालिकामा प्रतिनिधिसभा सांसद विकास कोष र तिला गाउँपालिकाको लगानीमा सुरुवात गरिएको करीब एक मेगावाटको विद्युत् निर्माण कार्यका लागि खटिएका ओभरसियर बिष्टको कामकै क्रममा मृत्यु भएको आफन्तले जनाएका छन्। तिला गाउँपालिकाअन्तर्गत एक मेगावाट स्तरको बिजुली निकाल्न सांसद विकास कोषको रु तीन करोड ९६ लाख र तिल
सिचाइ कुलोले बगाउँदा बालकको मृत्यु

सिचाइ कुलोले बगाउँदा बालकको मृत्यु

बझाङ फागुन ४ । बझाङमा सिचाई कुलोमा बगेर एक बालकको ज्यान गएको छ । जिल्लाकाे छबिस पाथिभेरा गाँउपालिकाको वडा नं २ घरभइ हाल जयपृथ्वी नगरपलिका वडा नं ९ बस्दै आएका जनक मण्डेलका ३ बर्षिया छोरा सक्षम मण्डेलको कुलोमा बगेर ज्यान गएको हो । शुक्रबार बिहान १०ः ०० बजे तिर जयपृथ्वी नगरपलिका वडा नं ९ स्थित पुरानो अदालत नजिकै रहेको देवल जिउलाको कुलोमा खेल्नेक्रममा पानीको कुलोमा बगेर उनको ज्यान गएको हो । बालक बालकको शव सिचाई कार्यालय नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका मुद्धा फाटका नायव निरिक्षक मिन बहादुर सिंहकाले बताए । जिल्ला अस्पतालमा पोष्टमार्टम गरी अहिले बालकको शव आफन्तको जिम्मा लगाई सकेको छ ।
बाघ गैंडा मर्न थालेपछि बासस्थान सुधारका योजना

बाघ गैंडा मर्न थालेपछि बासस्थान सुधारका योजना

भरतपुर, फागुन ४ । चितवन राष्ट्रिय निकुञ्जभित्र बाघ गैंडा जस्ता जनावर एकपछि अक्र्रो मर्ने क्रम बढेपछि यसको संरक्षणमा बासस्थान सुधारका योजना अगाडि बढाइएको छ । जनावर एकपछि अर्को मर्नुका अनेक कारणहरू मध्येमा मुख्य कारण बासस्थानकै समस्या रहेको जानकारीमा आएपछि सुधारको योजना अगाडि बढाइएको हो । “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग समन्वय गरेर अहिले बाघ गैंडा जस्ता जनावरको बासस्थान सुधारमा लागेका छौ”, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले निकुञ्ज भित्रका बाघ, गैंडाजस्ता जनावर मर्ने तथा निकुञ्जबाहिर मानवबस्तीमा आएर सर्वसाधारणलाई दुःख दिनु भनेको निकुञ्जभित्र नासिदै गएको घाँसे मैदान र पुरिदै गएका पोखरीका कारणले हो भन्ने हाम्रो निष्कर्ष हो । यसैले पहिला हामी बासस्थान सुधार गर्न लागेका छौँ ।” कूल ९२८ वर्ग किल
Open

Expert Education Dang

Close