Victoria College Dang

मुख्य समाचार – Page 622 – दाङ खबर
Global Luja Dang

मुख्य समाचार

मुख्य समाचार

बाह्र वर्षमा हराएका एक्काइस बालबालिका अझै भेटिएनन्

बाह्र वर्षमा हराएका एक्काइस बालबालिका अझै भेटिएनन्

काठमाडौँ,  वैशाख ३०- बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४÷७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ । चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार ६०८ बालबालिका हराएको उजुरी परेको छ । केन्द्रका अनुसार पाँचदेखि १८ वर्ष उमेर समूहका बालबालिका र युवा गरीबी, गालीगलौज र घर छाडेर भाग्ने गरेका छन् । केन्द्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सीताराम रिजालले चालू आवमा हराएका एक हजार ६०८ मध्ये ६६५ पुरुष र ९४३ महिला हराएको उजुरी केन्द्रमा परेको जानकारी दिनुभयो । “चालू आवको साउनदेखि चैत मसान्तसम्म हराएकामध्ये ५३९ जनालाई फेला पारेका छौँ”, उहाँले भन्नुभयो । फेला परेकामध्ये सबैलाई परिवारको जिम्मामा लगाइसकिएको उहाँको भनाइ थियो । बाह्र वर्षमा हराएका २१ हजार ४३५ म
विप्लवका कार्यकर्ताले बसपार्कमै जलाए यात्रु बस

विप्लवका कार्यकर्ताले बसपार्कमै जलाए यात्रु बस

वीरगन्ज, वैशाख ३० । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले वीरगन्जमा बसपार्कम बस जलाएका छन् । नेपाल बन्दका क्रममा १५ दिनदेखि रोकिराखेको बस विप्लवका कार्यकर्ताले जनाएका हुन् । उनीहरुले वीरगन्ज बसपार्कमा १५ दिनदेखि रोकिएको वीरगन्ज ठोरी रुटको ग १ ख ३१४७ नम्बरको यात्रु बसमा आइतबार आगजनी गरेका हुन् । आगो लगाइँदा बस जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको भन्दै पार्टीले नेपाल बन्दको गरेको थियो । शनिबार विज्ञप्ति निकालेर नेकपाले मोदीको भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात गर्दै नेपालीको स्वाभिमानमा कुठराघात गरेकाले प्रतिरोधस्वरुप बन्द आह्वान गरिएको जनाएको थियो । फाइल फोटो
कसले लगायो एनसेल टावरमा आगो

कसले लगायो एनसेल टावरमा आगो

नेपालगञ्‍ज, वैशाख ३० । बाँकेका दुई वटा एनसेल टावरमा आगजनी भएको छ। खजुरा गाउँपालिकाको रनियापुर र बैजनाथको एचगाउँ टावरमा आगलागी भएको हो। गए राती साढे दश बजे रनियापुर र पौने १२ बजे एचगाउँस्थित टावरमा आगलागी भएको स्थानीयले बताए। दुवै टावरमा लागेको आगो प्रहरी गएर निभाएको थियो। बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले आगलागीबाट टावरको जेनेरेटरमा क्षति पुगेको बताए। टावरमा आगो लगाउने समूह अगाडि आएको छैन । विप्लव माओवादीप्रति आशंका गरिएको छ।आज ३० गते नेपाल बन्द भनेको विप्लवले अघिल्लो दिन टावर हानेको आशंका गरिएको छ। विप्लवले बन्दको पूर्वसन्ध्यामा नेपालगञ्जमा राँके जुलुश निकाल्ने हल्ला चलाएपनि निकालेको थिएन। त्यसलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। विप्लवले शुरुदेखि नै एनसेलको टावरमाथि आक्रमण गर्दै आएको छ। यसले यसअघि कालिका कन्स्ट्रक्सनको सामान र एउटा क्रिस्चिय
अनाथ बालबालिकालाई खर्चको समस्या

अनाथ बालबालिकालाई खर्चको समस्या

काठमाडौँ, वैशाख ३० । बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधार समाजमा रहेका बालबालिकालाई विद्यालय पोशाक र अध्ययन खर्चको समस्या परेको छ । विसं २०५९ मा काठमाडौँको डल्लुबाट एक बालकबाट शुरु भएको समाजमा अहिले टुहुरा १३ बालिका र २४ बालक छन् । तीमध्ये १३ बालबालिकाले बालविकास समाज बूढानीलकण्ठमा निःशुल्क अध्ययन गरेको र बाँकी २४ जनालाई पञ्चकन्या माविमा पैसा तिरेर पठनपाठन गराउँदै आएको समाजका सञ्चालक रमेशदेव सुनारले जानकारी दिनुभयो । “अनाथ बालबालिकालाई पैसा तिरेर पढाउनुपर्दा समस्या परेको छ”, उहाँले भन्नुभयो । सुनारले आफू सानै उमेरमा अनाथ भएका कारण अनाथ बालबालिकाप्रति केही गर्नुपर्ने मान्यताका साथ १५ वर्ष पहिले समाज स्थापना गर्नुभएको थियो । समाजमा नुवाकोट, धादिङ, रसुवा, कास्की, सिन्धुपाल्चोक, कालीकोट, बाजुरा, मुगु, सुर्खेतलगायत १४ जिल्लाका अनाथ बालबालिका छन् । अनाथ
विप्लवको बन्दले विहानैदेखि दाङको जनजीवन प्रभावित

विप्लवको बन्दले विहानैदेखि दाङको जनजीवन प्रभावित

दाङ, बैशाख ३० । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले आइतवार विहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ। दाङमा यातायात, कलकारखाना, उद्योग धन्दा र बजार ठप्प रहेको छ । साना खालका सवारी साधान भने छिटफुट रुपमा सञ्चालनमा आएको देखिएका छन्। नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले शनिबार प्रेस बक्तव्य जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सन्धि र सम्झौंता राष्ट्रियताको बर्खिलाप भएको जिकिर सहित नेपाल वन्द गरिएको उल्लेख गरेका छन् । विज्ञप्तीमा भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको अरुण–३ को शिलन्यासलाई राष्ट्रघातको संज्ञा दिइएको छ । त्यस्तै मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको मोदीको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र
मोदीसँग गण्डक नहरको विषय नउठाएको भन्दै गूनासो

मोदीसँग गण्डक नहरको विषय नउठाएको भन्दै गूनासो

काठमाण्डौ, बैशाख ३० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा गण्डक नदीको समस्याबारे छलफल नभएको जनाउँदै पश्चिम नवलपरासीका गण्डक पीडितले गुनासो गरेका छन् ।  नवलपरासीको त्रिवेणीमा बाँध बनाएर भारतको विहार उत्तर प्रदेशमा सिँचाइका लागि लगिएको पानीबाट वर्षेनी नेपालका साविकका १३ गाविस डुबानमा पर्दै आएका छन् । चुनावका बेला मात्रै मुख्य नारा बन्ने गरेको गण्डक समस्या मोदीको भ्रमणमा विषय प्रवेशसमेत नभएकामा पीडितले गुनासो गरेको गण्डक अभियानकर्मी प्रेमचन्द्र गुप्ताले बताए । गण्डक नदी संघर्ष समितिका अगुवा गुप्ताका अनुसार गण्डक नदीले वर्षेनी निम्त्याउने समस्याको हल नखोजिँदा स्थानीयवासीले सधैँ हैरानी व्यहोर्ने गरेका छन् । गण्डक नदीबाट साविकका त्रिवेणी सुस्ता, नरसही, पक्लिहवा, गुठीपर्सौनी, प्रतापपुर, भुजहवा, बैदौली, गुठीसूर्यपूरालगायत डुबानमा पर्ने गरेका छन् । गण्डक सम्झौतामा गण्डक
बन्दको बिरोधमा बुटवलमा मोटरसाइकल र्‍याली

बन्दको बिरोधमा बुटवलमा मोटरसाइकल र्‍याली

बुटवल, वैशाख ३० । बन्दको बिरोध गर्दै युवाहरुको समूहले बुटवलमा मोटरसाइकल र्‍याली निकालेका छन् । विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समूहले बन्दको बिरोधमा र्‍याली निकालेको हो । बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित शंकरनगरदेखि बुटवलको गोलपार्कसम्म र्‍याली निकालिएको हो । र्‍यालीपछि ट्राफिकचोकमा आयोजित कोणसभामा विवेकशील साझा पार्टी रुपन्देही संयोजक हरिकृष्ण अधिकारी, समूहका अर्जुन खरेल लगायतका युवाहरुले बोल्दै बन्द र हड्तालले कसैको पनि हित नगर्ने हुँदा बन्द सधैंका लागि अन्त्य हुनुपर्ने बताए । बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उनीहरुको माग छ । बन्द आ
धानखोलामा चार राउण्ड गोली चल्यो

धानखोलामा चार राउण्ड गोली चल्यो

ओमप्रकाश गुप्ता भालुवाङ, वैशाख ३० । नेपाल कम्युनिष्ट पार्टीले अह्वान गरेको नेपाल बन्दका क्रममा प्रहरी समेत आंतकित बनेको छ । बन्दकर्ताले बन्द अवज्ञा नगर्न सार्वजकि अपिल गरिरहेका बेला देउखुरीको धानखोलामा ४ राउण्ड गोली चलेको खवर प्राप्त भएको छ । आइतवार विहान करिव ८ बजे तिर धानखोलामा विना कारण प्रहरीले हवाई फायर गरेपछि स्थानीयहरु क्रसित बनेका छन् । प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार प्रहरीले एकोहोरो हवाई फायर गरेपछि स्थानीयहरु घरभित्र लुटेका थिए । यस बारे इलाका प्रहरी कार्यालय गढवामा बुझदा गोली नचेको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सन्धि र सम्झौंता राष्ट्रियताको बर्खिलाप भएको जिकिर सहित नेपाल कम्युनिष्ट पार्टीले शनिवार आह्वान गरेको नेपाल बन्दको प्रभाव देउखुरीमा बिहानै देखि परेको छ ।
दाङ र सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र

दाङ र सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र

दाङ, वैशाख ३० । बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्को छ । अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा प्रदेश नं ५ र ६ लाई जोड्ने लिङ्करोडका रुपमा समेत मानिन्छ । दाङको समृद्धिका रुपमा लिइएको सो सडकको कालोपत्रेको काम तीव्र गतिमा भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । विभिन्न चार तहमा काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिले चालु आवसम्म करीब १० किलोमिटर बाटो कालोपत्रे गरिसक्ने र डेढ वर्षभित्र दाङ, सल्यान र सुर्खेतसम्म जोड्ने बाटो निर्माण हुने बताएको छ । प
१० महिनामा ९४५ जना क्षयरोगका बिरामी फेला

१० महिनामा ९४५ जना क्षयरोगका बिरामी फेला

दाङ, वैशाख ३०। दाङमा वितेको १० महिनाको अवधिमा ९४५ जना क्षयरोगका बिरामीहरु फेला परेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार बढेका बिरामीसँगै हाल जिल्लामा एक हजार ३०० जना क्षयरोगका बिरामीले डट्स प्रविधिबाट उपचार गरिरहेको जनस्वास्थ्य दाङका अधिकृत डम्बरबहादुर कँवरले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न शहरबाट बर्षेनी नयाँ बिरामी थपिने गरेका छन् । डट्स प्रविधिबाट बिरामीलाई ६ महिना सम्मको उपचार हुने भएकाले पुराना बिरामी निको हुँदै जाने र नयाँ बिरामी थपिँदै जाने भए पनि बर्षेनी एक हजार २०० को संख्याभन्दा पनि बढी बिरामी उपचारका लागि थपिने गरेको पनि अधिकृत कुवँरले जानकारी दिए । उनका अनुसार यस रोगबाट प्रायः २५ देखि ५० वर्षसम्म उमेर समूहका मानिस बढी संक्रमित हुने गरेका छन् । गत आव ०७३/७४ मा दाङमा एक हजार २०० जना क्षयरोगी भेटिएका थिए भने यस वर्षको १० महिनाको अवधिमा ९४५ बिरामी थप
Open

Expert Education Dang

Close