मुख्य समाचार – Page 574 – दाङ खबर
Global Luja Dang

मुख्य समाचार

मुख्य समाचार

प्रदेश नं ५ को बिनियोजित विधेयक पारित

प्रदेश नं ५ को बिनियोजित विधेयक पारित

बुटवल, वैशाख ३० । प्रदेश नं ५ को आज बसेको मन्त्रिपरिषद् बैठकले विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति स्वीकृत गरेको छ । बैठकले बिनियोजन विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णयसमेत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । अब बस्ने प्रदेशसभाको बैठकमा विनियोजन विधेयकको सैद्धान्तिक छलफल हुनेछ । यस्तै प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  प्रदेश प्रमुख झाको पत्रका आधारमा प्रदेशसभा सचिवालयले यही वैशाख ३१ गते सोमबार अपराह्न १ बजेका लागि बैठक अह्वान गरिएको प्रदेशसभा सचिव मानबहादुर विकले जानकारी दिनुभयो । यस अधिवेशनमा प्रदेश सरकारले आगामी आव २०७५/०७६ का लागि सरकारको नीति, कार्यक्रम र
तातोपानीमा बाढीबाट दुई घर पुरिए

तातोपानीमा बाढीबाट दुई घर पुरिए

म्याग्दी, वैशाख ३०-  अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ । वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिनुभयो । भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुईवटा घरमा समेत क्षति पु¥याएको छ । स्थानीयवासी रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमासमेत क्षति पुगेको छ । अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् । यस्तै, बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा बाढी आएपछि अहिले सवारी आवागमन ठप्प भएको छ ।
किन पाकिस्तान जाँदैछन् नेपालका  प्रधानसेनापति  ?

किन पाकिस्तान जाँदैछन् नेपालका प्रधानसेनापति ?

काठमाडौँ, वैशाख ३०- पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने हुनुभएको छ । आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री यही वैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । प्रधानसेनापति क्षत्री जेठ ४ गते स्वदेश फिर्ता हुनुहुनेछ । उच्च सैन्य नेतृत्वबाट हुने यस्ता भ्रमणले नेपाली सेना र अन्य राष्ट्रका सेनाबीचको आपसी सौहार्दपूर्ण सम्बन्धका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौं श्रृङ्खलामा १ सय ३३ छनौट

उत्सर्ग डान्सिङ र हिरो अफ भ्वाइसको पाँचौं श्रृङ्खलामा १ सय ३३ छनौट

दाङ, बैशाख ३० । गायन तथा नृत्य प्रतिभाहरुको खोजी अभियानको रुपमा बिगत पाँच वर्षदेखि सञ्चालन भइरहेको हिरो अफ भ्वाइस तथा उत्सर्ग डान्सिङ स्टारको पाँचाै‌ श्रृङ्खलाको शनिबार घोराहीमा शुभारम्भ गरियो । कार्यक्रमका प्रमुख अतिथि गायक, संगीतकार एवं संस्कृतिविद् डा.गोविन्द आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी, कार्यक्रम निर्देशक केएल पीडित, पूर्व उत्सर्ग स्टार एवं मोडलद्वय समीक्षा पौडेल र सुप्रिया पाण्डेय र अभिनेता ज्वाला खतिवडाले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको थियो । कार्यक्रमका अतिथिहरुले यस अभियानले कलाक्षेत्रका नव प्रतिभाहरुको विकासमा उल्लेख्य योगदान पु¥याएको चर्चा गर्दै कला, संस्कृतिको विकास एवं प्रवद्र्धनमा सबैले उचित ध्यान दिनुपर्ने बताउनु भएको थियो । कार्यक्रम निर्देशक केएल पीडितको अध्यक्ष
शताब्दी पुरुष सत्यमोहन जोशीले मनाए ९९ औँ जन्मोत्सव

शताब्दी पुरुष सत्यमोहन जोशीले मनाए ९९ औँ जन्मोत्सव

काठमाडौं, बैशाख ३० । शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आइतबार आफ्नो ९९औँ जन्मोत्सव मनाएका छन्। ९९ औँ जन्मोत्सवका अवसरमा शुभकामना दिन आइतबार लतिलपुरको पाटनस्थित जोशी निवासमा उल्लेख्य संख्यामा सर्वसाधरण, शुभचिन्तक, इष्टमित्रहरू पुगेका थिए। जोशी निवासमा बिहानैदेखि शुभकामना दिनेहरुको भीड लागेको छ। परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि उनको निवास पुगी जन्मदिनको शुभकामना दिए। उनले जोशीलाई दोसल्ला ओढाइ सम्मानका साथ उपहार पनि दिए। ९५ वर्षकै उमेरमा सरकारले उनलाई शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो। ९९औँ जन्मदिवस मनाइरहँदा आफूले अहिलेसम्म कुनै पनि औषधी प्रयोग गर्नु नपरेको भन्दै जोशीले खुसी व्यक्त गरे। बाबु शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रुपमा विस १९७७ वैशाखमा ललिपुरको बखुम्बहालमा जन्मेका सत्यमोहन जोशी संकृतिविद् र साहित्यकारका रुपमा चिनिन्छन्। उनले त्रिचन्द्र कलेजबाट
चर्चमा बम विस्फोटन

चर्चमा बम विस्फोटन

धनगढी,  वैशाख ३०- धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ््यालमा क्षति पुगेको जानकारी दिनुभयो । आज बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ । बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन प्रभावित भएको छ ।
बाह्र वर्षमा हराएका एक्काइस बालबालिका अझै भेटिएनन्

बाह्र वर्षमा हराएका एक्काइस बालबालिका अझै भेटिएनन्

काठमाडौँ,  वैशाख ३०- बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४÷७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको छ । चालू आवको आठ महिनामा मात्र देशभरबाट एक हजार ६०८ बालबालिका हराएको उजुरी परेको छ । केन्द्रका अनुसार पाँचदेखि १८ वर्ष उमेर समूहका बालबालिका र युवा गरीबी, गालीगलौज र घर छाडेर भाग्ने गरेका छन् । केन्द्रका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सीताराम रिजालले चालू आवमा हराएका एक हजार ६०८ मध्ये ६६५ पुरुष र ९४३ महिला हराएको उजुरी केन्द्रमा परेको जानकारी दिनुभयो । “चालू आवको साउनदेखि चैत मसान्तसम्म हराएकामध्ये ५३९ जनालाई फेला पारेका छौँ”, उहाँले भन्नुभयो । फेला परेकामध्ये सबैलाई परिवारको जिम्मामा लगाइसकिएको उहाँको भनाइ थियो । बाह्र वर्षमा हराएका २१ हजार ४३५ म
विप्लवका कार्यकर्ताले बसपार्कमै जलाए यात्रु बस

विप्लवका कार्यकर्ताले बसपार्कमै जलाए यात्रु बस

वीरगन्ज, वैशाख ३० । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले वीरगन्जमा बसपार्कम बस जलाएका छन् । नेपाल बन्दका क्रममा १५ दिनदेखि रोकिराखेको बस विप्लवका कार्यकर्ताले जनाएका हुन् । उनीहरुले वीरगन्ज बसपार्कमा १५ दिनदेखि रोकिएको वीरगन्ज ठोरी रुटको ग १ ख ३१४७ नम्बरको यात्रु बसमा आइतबार आगजनी गरेका हुन् । आगो लगाइँदा बस जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघात गरेको भन्दै पार्टीले नेपाल बन्दको गरेको थियो । शनिबार विज्ञप्ति निकालेर नेकपाले मोदीको भ्रमणका क्रममा ओली सरकारले राष्ट्रघात गर्दै नेपालीको स्वाभिमानमा कुठराघात गरेकाले प्रतिरोधस्वरुप बन्द आह्वान गरिएको जनाएको थियो । फाइल फोटो
कसले लगायो एनसेल टावरमा आगो

कसले लगायो एनसेल टावरमा आगो

नेपालगञ्‍ज, वैशाख ३० । बाँकेका दुई वटा एनसेल टावरमा आगजनी भएको छ। खजुरा गाउँपालिकाको रनियापुर र बैजनाथको एचगाउँ टावरमा आगलागी भएको हो। गए राती साढे दश बजे रनियापुर र पौने १२ बजे एचगाउँस्थित टावरमा आगलागी भएको स्थानीयले बताए। दुवै टावरमा लागेको आगो प्रहरी गएर निभाएको थियो। बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले आगलागीबाट टावरको जेनेरेटरमा क्षति पुगेको बताए। टावरमा आगो लगाउने समूह अगाडि आएको छैन । विप्लव माओवादीप्रति आशंका गरिएको छ।आज ३० गते नेपाल बन्द भनेको विप्लवले अघिल्लो दिन टावर हानेको आशंका गरिएको छ। विप्लवले बन्दको पूर्वसन्ध्यामा नेपालगञ्जमा राँके जुलुश निकाल्ने हल्ला चलाएपनि निकालेको थिएन। त्यसलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। विप्लवले शुरुदेखि नै एनसेलको टावरमाथि आक्रमण गर्दै आएको छ। यसले यसअघि कालिका कन्स्ट्रक्सनको सामान र एउटा क्रिस्चिय
अनाथ बालबालिकालाई खर्चको समस्या

अनाथ बालबालिकालाई खर्चको समस्या

काठमाडौँ, वैशाख ३० । बूढानीलकण्ठ नगरपालिका–५ डाँडागाउँमा सञ्चालित अनाथ तथा असहाय बाल सुधार समाजमा रहेका बालबालिकालाई विद्यालय पोशाक र अध्ययन खर्चको समस्या परेको छ । विसं २०५९ मा काठमाडौँको डल्लुबाट एक बालकबाट शुरु भएको समाजमा अहिले टुहुरा १३ बालिका र २४ बालक छन् । तीमध्ये १३ बालबालिकाले बालविकास समाज बूढानीलकण्ठमा निःशुल्क अध्ययन गरेको र बाँकी २४ जनालाई पञ्चकन्या माविमा पैसा तिरेर पठनपाठन गराउँदै आएको समाजका सञ्चालक रमेशदेव सुनारले जानकारी दिनुभयो । “अनाथ बालबालिकालाई पैसा तिरेर पढाउनुपर्दा समस्या परेको छ”, उहाँले भन्नुभयो । सुनारले आफू सानै उमेरमा अनाथ भएका कारण अनाथ बालबालिकाप्रति केही गर्नुपर्ने मान्यताका साथ १५ वर्ष पहिले समाज स्थापना गर्नुभएको थियो । समाजमा नुवाकोट, धादिङ, रसुवा, कास्की, सिन्धुपाल्चोक, कालीकोट, बाजुरा, मुगु, सुर्खेतलगायत १४ जिल्लाका अनाथ बालबालिका छन् । अनाथ
Open

Expert Education Dang

Close