मुख्य समाचार – Page 2 – दाङ खबर
Global Luja Dang

मुख्य समाचार

मुख्य समाचार

बोलेरो जिप दुर्घटनामा पाँचको मृत्यु १० जना घाइते

बोलेरो जिप दुर्घटनामा पाँचको मृत्यु १० जना घाइते

धादिङ असार ७ । गल्छी गाउँपालिका–६ बाँझगाउँमा बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गल्छीको सिरुबानीबाट बैरैनी बजारतर्फ आउँदै गरेको बा१८च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा परी गल्छी गाउँपालिका–४ का ३८ वर्षीय राजु रम्तेल, ३२ वर्षीय सेतु मिजार र गल्छी गाउँपालिका–६ की ३० वर्षीया कान्छी भुजेल र ३५ वर्षीया नानु तामाङको घटनास्थलमै तथा २१ वर्षीय सविता अधिकारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । त्यसैगरी, दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते हुनेहरूमा गल्छी गाउँपालिका–४ बस्ने ६२ वर्षीय विष्णु अधिकारी, ३५ वर्षीया सुनिता मिजार, २३ वर्षीया सुजिता अधिकारी, १५ वर्षीय सन्तोष रम्तेल, ७० वर्षीय कृष्ण सार्की, २८ वर्षीया रेनु भण्डारी, ३५ वर्षीय रामकृष्ण प्याकुरेल, २६ वर्षीया शुष
सरकारप्रति सत्तापक्षकै असन्तुष्टि

सरकारप्रति सत्तापक्षकै असन्तुष्टि

काठमाडौं असार ५ । सरकार गठनदेखि नै विवाद र विभाजनमा रहेको सरकार झन पछि झन गर्दै विवादमा पर्दै गएको छ। यस्तो अवस्थामा सत्तारुढ दलबीच नै सरकारको कामलाई लिएर विभाजन सतहमै देखिँदै आएको छ। आजमात्र पोखरा पुगेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्को पुन:गठनको विषयमा छलफल भइरहेको बताए। 'मन्त्रिपरिषद् पुन:गठनको विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय हो। तर पनि पार्टीको एक अध्यक्षको हैसियतले यस विषयमा हामी दुईबीच छलफल भइरहेको छ,' पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले भनेका छन्, 'फेरि पनि म फर्किएपछि यस विषयमा पनि छलफल हुन्छ। आज भोलि नै हुन्छ भन्ने होइन प्रधानमन्त्रीले जहिले चाहनुभयो त्यहिले नै हुन्छ। तर, पनि बजेट आइसकेपछि केही हेरफेर गर्ने भन्ने विषयमा छलफल भइरहेको छ।' पार्टी एकता अन्तिम टुंगोमा नपुगेको अवस्थामा सरकारको काम कारवा
विवादपछि छोराले लगाइदिए आमाकाे घरमा आगो

विवादपछि छोराले लगाइदिए आमाकाे घरमा आगो

बुटवल असार ५ । रुपन्देहीको सैनामैनामा घरायसी विवादका कारण परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् । सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा उनका माइलो छोरा २७ वर्षीय माधव घिमिरेले आगजनी गरेका हुन् । आगजनीबाट माटोको पर्खाल र टिनले छाएको एकतले घर र घरमा रहेका नगद, गरगहना, खाद्यान्न जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनाका प्रहरी नायब निरीक्षक बाबुराम घिमिरेका अनुसार दराजमा राखिएको २ लाख ५० हजार रुपैयाँ नगद, ७ तोला सुन, पलङ, टिभी, कपडा समेत गरी आगजनीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । अंशवण्डाका विषयमा बिहान झगडा भएको र परिवारका सदस्य घरबाट बाहिर निस्केको मौकामा माधवले घरमा आगो लगाएका प्रहरीले जानकारी दिएको छ । आगजनी गर्ने घिमिरेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली विदेशी जेलमा

रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका पाँच सय ३२ नेपाली विदेशी जेलमा

काठमाडौं असार ५-रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय परिबन्दले पनि जेल पुगेका छन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए । उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन् । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
मिठो सपना, सपनामै सीमित

मिठो सपना, सपनामै सीमित

शिवु खनाल दाङ, असार ४ । घरको आर्थिक स्थितिले निकै कमजोर । खरको छानो र माटोले पोतेको कच्चि घर । घरपरिवारलाई पक्कि घरमा राख्ने ठूलो सपना बोकेर लमही नगरपालिका वडा नम्बर ८ बिचका गाउँ सतवरीया निवासी फुलिराम चौधरी मिठो आशाका साथ २०७२ सालमा बैदेशिक यात्रा कतारको लागि तय गर्नु भयो । । नेपालीहरुको दोस्रो माहान ठूलो पर्व तिहार मानेर बैदेशिक यात्राको लागी धन कमाउने आसमा चौधरी घर परिवारबाट विदा हुनुभयो । आर्थिक स्थिती निकै कमजोर थियो । घर चलाउन निकै गाह्रो र सास्ती थियो । काम नगरी खान लाउन नपुग्ने स्थिती थियो । हामीहरुको सपनालाई साकार पार्नभनी २०७२ साल काक्तिक महिनामा श्रीमान् फुलीराम चौधरी कतार पुग्नु भएको हो, चौधरीको श्रीमती सम्झना चौधरीले भनिन् । विहे भएको दश वर्ष भएको थियो । घर परिवारको सपना र श्रीमती सम्झनाको सपना सजाउने धोको बोकेर कतार पुग्नु भएका चौधरीको २०७६ साल जेठको ३० गते विहिवार कता
कर्णालीमा डुबेको जीपको गोताखोरको टोलीद्वारा खोजी शुरू

कर्णालीमा डुबेको जीपको गोताखोरको टोलीद्वारा खोजी शुरू

सिमकोट, हुम्ला जेठ ४ । कर्णाली नदीमा महेन्द्र बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट अएको गोताखोरको टोलीले खोजी शुरू गरेको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि सो टोली आएको हो । नेपाली सेनाको एमआई १७ हेलिकोप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर दिउँसो हुम्ला आउन अइपुगेके हो । सशस्ज्ञका प्रहरी निरीक्षक लक्षमण वस्नेतको नेतृत्वमा अ।एको दश जना गोताखोरको टोलीले खोजी शुरू गरेको छ । नदी भित्र निक्कै चिसो र गहिरो भएका खोजी दलका सदस्यले बताए अवश्यक सामाग्री र उपकरणको अभावमा स्थानीय स्तरमा उद्धार गर्न नसकिए पछि थप उद्धारका लागि गोताखोरको टोली बोलाइएको हो । सोमबार दिउसो साढे १२ बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुतर्फ जाने क्रममा बालु बिसौनी कैल्याभा
स्वर्गद्वारीको दुईसय बिघा अतिक्रमणमा

स्वर्गद्वारीको दुईसय बिघा अतिक्रमणमा

दाङ असार  ४ । स्वर्गद्वारी महाप्रभुले स्थापना गरेको आश्रमको दुईसय बिघा जमिन अतिक्रमणमा छ। लमही, घोराही र तुलसीपुरमा रहेको जग्गा ८ सय भन्दा बढीले कब्जा गरेको आश्रमका प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले बताए। जमिन भूमाफियाको कब्जामा रहेको छ। माओवादी सशस्त्रद्वन्ददेखि नै कब्जा हुन थालेको हो। जमिन फिर्ता लिन सकिएको छैन। एकसय ५० बिघा जमिन बाटोमा छ। ७ सय बिघा जमिनमा मोही रहेको, ५० बिघा जमिन आमले प्रयोग गरेको छ। अतिक्रमणमा परेको क्षेत्रमा ठूला–ठूला घर निर्माण गरिएका छन्। उनले लमही नगरपालिकाको अर्नहवा, घोराही उपमहानगरपालिकको रामपुर र तुलसीपुर उपमहानगरपालिकाको टरिगाउँ क्षेत्र बढि अतिक्रमणमा परेको जानकारी दिए। अतिक्रमणमा परेको स्वर्गद्वारी आश्रमको खर्बौँ मूल्य पर्ने जग्गा फर्काउने चुनौती बढिरहेको अधिकारीले बताए। स्वर्गद्वारी आश्रमको नाममा दाङमा एक हजार दुई सय बिघा जमिन छ। २०२८ सालमा मोहीलाई क
डुबेको जीप र यात्रुको खोजी गर्न गोताखोर टोली हुम्ला जाँदै

डुबेको जीप र यात्रुको खोजी गर्न गोताखोर टोली हुम्ला जाँदै

सुर्खेत असार ४ । मंगलबार कर्णाली नदीमा महेन्द्र बोलेरो जीप खसेर बेपत्ता भएकाहरुको खोजीका लागि काठमाडौंबाट गोताखोरको टोली आउने भएको छ । कर्णाली नदीको पानी चिसो र बहाव बढी भएको कारण नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरीको टोली उद्धार गर्न नसके पछि काठमाडौंबाट सो टोली आउन लागेको हो । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टर काठमाडौंबाट चितवन जिल्लाको कुरिनटारमा रहेको गोताखोरको टोलीलाई लिएर  हुम्ला आउन लागेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । आवश्यक सामाग्री र उपकरणको अभावमा स्थानीय स्तरमा उद्धार गर्न नसकिए पछि थप उद्धारका लागि गोताखोरको टोली आउन लागेको उहाँले बताउनुभयो । सोमबार दिउसो साढे १२ बजे खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुतर्फ जाने क्रममा बालु बिसौनी कैल्याभावालु क्षेत्रमा जीप कर्णाली नदीमा खसेको थियो । जीप कर्णाली नदीमा खसेर बेपत्ता भएपछि खार्
गुठीसम्बन्धी विधेयक फिर्ता

गुठीसम्बन्धी विधेयक फिर्ता

काठमाडौं, असार ४ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिनुभएको छ । मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक फिर्ता लिएको निर्णय सार्वजनिक गर्नुभएको थियो । विधेयकको विरोधमा प्रदर्शन भइरहेका थिए । त्यस विधेयकलाई लिएर विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरण बिथोल्ने कोसिस भएको भन्दै मन्त्री अर्यालले सम्बन्धित सरोकारवालासँग थप परामर्श गर्न आवश्यक देखिएको हुँदा विधेयक फिर्ता लिने निर्णय गरिएको स्पष्ट पार्नुभयो । नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार भइरहेका किसान एवं गुठीको अधिकारको सम्बन्धमा सङ्घीय संसद्ले कानुन बना
मुख्यमन्त्रीले दिए सचिवहरुलाई निर्देशन

मुख्यमन्त्रीले दिए सचिवहरुलाई निर्देशन

बुटवल असार २ । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका सचिवहरु र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । चालु आवको बाँकी अवधिमा कार्यान्वयनमा रहेका कार्यक्रम र आयोजनालाई सम्पन्न गर्न ध्यान दिंदै आगामी आवको बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न उनले सचिवहरुलाई निर्देशन दिएका हुन् । पूर्वतयारी गरेर अघि बढ्दा बजेट कार्यान्वयन गर्न सहज हुने उनको भनाइ छ । चालु आवको बाँकी समयमा हुने कामको गुणस्तरमा ध्यान दिन पनि उनले सचिवहरुलाई निर्देशन दिए । बजेट कार्यान्वयन गर्न भन्दै हतारमा काम गर्ने प्रवृत्तिले गुणस्तर कमजोर हुने र अपेक्षित लाभ लिन नसकिने तर्फ उनले ध्यानाकर्षण गराए । मुख्यमन्त्रीले आगामी आवको बजेट कार्यान्वयनका लागि पूरानो कायविधि परिमार्जन गर्नुपर्ने भए वा नयाँ कार्यविधि तर्जुमा गर्नुपर्ने भए अहिले नै प्रक्रिया अघि बढाउन निर्देशन द
Open

Expert Education Dang

Close