Florence Hospital Dang
Majestic Hotel Dang

मुख्य समाचार

मुख्य समाचार

हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाइने

हात्तीपाइले रोग बिरुद्धको औषधि खुवाइने

दाङ, फागुन ५ । यहि फागुन १५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने भएको छ । जिल्लामा हात्तीपाइले रोगको संक्रमण न्युनीकरण नभएपछि दशौँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको हो । घोराही उपमहानगरपालिका अन्र्तगतको स्वास्थ्य शाखाले घोराहीमा जिल्ला स्तरिय बैठकको आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको हो । जिल्ला समन्वय समिति दाङको अध्यक्षतामा भएको बैठकमा हात्तीपाइले रोगका बारेमा जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी गराउनु भएको थियो । उहाले दाङका छिमेकी जिल्लाहरुमा हात्तिपाईले रोगको संक्रमण न्युन भएर गएपनि दाङमा भने अझै बाकी रहेकाले औषधी खुवाउने क्रम नसकिएको जानकारी गराउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले मानिसहरुमा औषधी सेवन पछि हुन सक्ने नकारात्मक असरका कारण औषधी सेवन नगर्ने गरेको बताउनुभयो । गाउँ
आगलागीबाट ६ वर्षिय बालककोे मृत्यु,  दुई घर जलेर नष्ट

आगलागीबाट ६ वर्षिय बालककोे मृत्यु, दुई घर जलेर नष्ट

तेह्रथुम, फागुन ५ । तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकूमा आइतबार दिउँसो घरमा आगलागी हुदाँ बच्चाको जलेर मृत्यु भएको छ । स्थानीय रूद्र खातीको घरमा आगलागी हुदाँ खातीको ६ वर्षका छोरा मौसम खातीको जलेर मृत्यु भएको हो । आगलागीबाट खातीको दुईवटा घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी नारायण प्रसाद गौतमले बताए । घटना स्थलमा ईलाका प्रहरी कार्यालय संक्रान्ती बजारबाट प्रहरी टोली खटिएको र अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
चार जना मात्रै सांसद उपस्थित भएपछि सुदूरपश्चिमकाे प्रदेश सभा बैठक स्थगित

चार जना मात्रै सांसद उपस्थित भएपछि सुदूरपश्चिमकाे प्रदेश सभा बैठक स्थगित

कञ्चनपुर फागुन ५ । सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठकमा चार जना मात्रै प्रदेश सभा सदस्यहरु उपस्थित भएपछि बैठक स्थगित भएको सभामुख अर्जुनबहादुर थापाले बताए। बैठकमा सचिवालय व्यवस्थापनसम्बन्धी विधेयक विद्यमान तथा प्रदेश मामिला समितिमा पास गर्ने र मुख्य मन्त्री त्रिलोचन भट्टले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची रहेको थियो। प्रदेश सभाको अर्काे बैठक आगामी फागुन ८ गत बिहान ९ बजे बस्ने छ। ८ गते बस्ने प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपि शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ।
बहुविवाह गर्ने जोडी प्रहरी खाेरमा

बहुविवाह गर्ने जोडी प्रहरी खाेरमा

पाँचथर फागुन ५ । पाँचथरमा घरमा जेठी श्रीमती हुँदाहुँदै कान्छी ल्याउने तथा कान्छी श्रीमती बनेर आउनेलाई पनि प्रहरीले पक्राउ गरेकाे छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका - ६ घर भएका २५ वर्षीय शक्ति थुलुङ र कान्छी श्रीमती बन्न आउने पाँचथरको फालेलुङ गाउपालिका–८, याङनामकि २९ वर्षीय सम्झाना जवेगुलाई प्रहरीले पक्राउ गरेकाे हाे । श्रीमानले कान्छी श्रीमती भित्र्याएकाले कानुन बमोजिम दुवैलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै थुलुङकी जेठी श्रीमती सोमिला राईले पाँचथर प्रहरीमा जाहेरी दिएकी थिइन् । जेठी श्रीमतीको जाहेरी परेपछि दुवै जनालाई पक्राउ गरिएकाे पाँचथर प्रहरीले जनाएकाे छ । पक्राउ परेकाे जोडीलाई जिल्ला अदालत पाँचथरमा बहुविवाहको मुद्धामा म्याद थप गरेर कारबाही अगाडि बढाइएकाे पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।
सहकारी शिक्षा सम्वन्धि तालिम सम्पन्न

सहकारी शिक्षा सम्वन्धि तालिम सम्पन्न

विमल योगीदाङ, फागुन ५ । घोराही उप महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सहकारी शिक्षा सम्वन्धि तालिम सम्पन्न गरिएको छ । वडाभित्र रहेका सहकारी संस्थाका प्रतिनिधि र टोल बिकास संस्थाका पदाधीकारीका लागि आयोजना गरिएको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । वडाका जेष्ठ सदस्य छन्दबहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी र टोल बिकास संस्थाले गरिवी न्यूनीकरण र सामाजिक जागरणमा काम गर्नुपर्ने कुरामा जोड दिएका छन् । तालिममा सहकारी संस्था र टोल बिकास संस्था गठन प्रक्रिया,काम र कर्तव्य,सहकारी ऐन नियम तथा मूल्य मान्यता र अधिकार,सञ्चालक समितिको काम कर्तव्य र सहकारी संस्थामा बचत तथा ऋण परिचालन प्रक्रिया लगायतका बिषयमा प्रशिक्षण दिइएको थियो । सो अवसरमा घोराही उप महानगरपालिकाका सहकरी तथा रोजगार प्रर्वद्धन शाखा प्रमुख प्रउम केसी,वडा सचिव चन्द्रबहादुर केसी,
एक सय बढी जेष्ठ नागरिकहरुलाई व्लाङकेट र हरलिक्स

एक सय बढी जेष्ठ नागरिकहरुलाई व्लाङकेट र हरलिक्स

दाङ, फागुन ५ । घोराही उपमहानगरपालिका वडानम्वर १३ ले एक सय बढी जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र हरलिक्स प्रदान गरेको छ । वडा कार्यालय रहेको सितलटोलमा आईतबार एक कार्यक्रमको आयोजना गरि ७० वर्ष उमेर पुगेका १ सय ७ जनालाई एक थान ब्लाङकेट र एक डिब्बा हरलिक्स प्रदान गरिएको हो । वडाध्यक्ष रविलाल घर्तीमगरको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिकहरुलाई ती सामग्रीहरु प्रदान गरिएको हो । वडाका १ सय ८५ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र हरलिक्स प्रदान गर्ने योजना भए पनि आज कार्यक्रममा १ सय ७ जना मात्रै उपस्थित भएको र अन्यलाई वडा कार्यालयबाटै उपलब्ध गराईने वडा अध्यक्ष घर्तीले जानकारी दिनुभयो । कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले जेष्ठ नागरिकको सम्मानमा स्थानिय वडा सरकारले न्यानो कपडा र पोशिलो हरलिक्स उपलब्ध गराएको बताउ
प्रहरीलाई पाँच सय घुस दिने दुईजना चालक पक्राउ

प्रहरीलाई पाँच सय घुस दिने दुईजना चालक पक्राउ

काठमाडौं ,फागुन ५ । चेकजाँचका क्रममा प्रहरीलाई पाँच सय रुपैयाँ घुस दिन खोज्ने दुईजना टिपर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ४ ख ६७७१ नम्बर र बा ३ ख ६५६८ नम्बरको टिपर चालक २३ वर्षीय ओमबहादुर कार्की र २४ वर्षीय लक्ष्य पन्त रहेका छन् । काठमाडौंको बल्खुमा प्रहरी चेकजाँचका क्रममा प्रहरीले कागजात माग्दा उनीहरुले कागजात नभएको भन्दै पाँच सय घुस दिन खोजेका थिए । पक्राउ परेका दुवै चालकलाई महानगरिय प्रहरी वृत कालीमाटीमार्फत कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पश्चिमी वायुको नयाँ प्रणाली सोमबार भित्रिदै, पुन- वर्षा र हिमपात दोहोरिने

पश्चिमी वायुको नयाँ प्रणाली सोमबार भित्रिदै, पुन- वर्षा र हिमपात दोहोरिने

काठमाडौं ,फागुन ५ -पश्चिमी वायुको प्रभावले आइतबार देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी क्षेत्रका केही स्थानमा अपरान्ह्पछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज मौसममा केही सुधार भई घाम लागे पनि भोली सोमबारबाट देशभरीकै मौसम पुन: प्रभावित भई झरी पर्ने मौसमविद् मञ्जु बासीले बताइन्। उनका अनुसार पश्चिमी वायुको नयाँ प्रणाली सोमबार बिहानबाट भित्रिँदैछ। यसले गर्दा देशका अधिकांश भू-भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनःदोहोरिने मौसमविद् बासीले बताइन्। राति देशभर मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै सोमबार पश्चिमी भूभागलगायत पूर्वी तथा पहाडी क्षेत्रमा आंशिक बदली रही देशको पश्चिमी पहाडी भूभागका केही स्थानमा र पूर्वी पहाडी भे
प्रभावकारी बन्दै मकै जोन कार्यक्रम

प्रभावकारी बन्दै मकै जोन कार्यक्रम

नेपालगन्ज ,फागुन ५  - बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको सुरुवाती चरणमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध किसानले ३५० हेक्टर जमिनमा मकै खेती गर्दै आएकामा अहिले ३५ किसान समूहले ६२१ हेक्टर जमिनमा मकै खेती गर्दै आएका छन् । जिल्ला परियोजना प्रमुख देवेशकुमार मिश्रका अनुसार, दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा किसान सहकारी, किसान उद्यमी, जल उपभोक्ता र किसान समूहका १ हजार ३४३ किसान आबद्ध भइसकेका हुन् । परियोजनाअन्तर्गत किसानहरूलाई आधुनिक उपकरणलगायत प्राविधिक सहयोग हुँदै आएको बताइएको छ । ‘पहिले गरिँदै आएको मकै खेती र अहिले परियोजनाले भनेजस्तो मकै खेतीमा धेरै भिन्नता छ, थोरै लगानीमा धेरै फाइदा लिन सकिएको छ,’ डुडुवा गाउँपालिकाका किसान रामप्रसाद यादवको भनाइ छ । नेपालगन्ज
हरेक वर्ष कुष्ठरोगका तीन हजार नयाँ बिरामी थपिँदै

हरेक वर्ष कुष्ठरोगका तीन हजार नयाँ बिरामी थपिँदै

काठमाडौं ,फागुन ५ - सरकारले कुष्ठरोग निवारणको घोषणा गरेको एक दशक बित्न लागे पनि वर्षेनी यो रोगका तीन हजार नयाँ बिरामी फेला परिरहेका छन् । कुष्ठरोगको किटाणु शरीरमा प्रवेश गरेपछि पनि दाग नदेखिँदा रोगले हातखुट्टालगायतका अङ्गमा असर गरेपछि मात्रै बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुग्ने गरेका छन् । कुष्ठरोग लाग्नासाथ अधिकांशमा शुरूमा रातो वा फुस्रो रङ्गको दाग र गीर्खा देखिनेलगायतका लक्षण देखिए पनि थोरैमा यो लक्षण नदेखिँदा बिरामी ढिलो मात्रै उपचारका लागि पुग्ने लेलेस्थित आनन्दवन अस्पतालले जनाएको छ । अस्पतालमा कार्यरत कुष्ठरोग विशेषज्ञ डा. महेश साहका अनुसार कतिपय व्यक्तिमा रोग लागेपछि विस्तारै नशा फुल्दै जान्छ । ती व्यक्ति स्वास्थ्य संस्थामा जाँदा पहिले नशारोगको नै उपचार हुने उनले बताए । कुष्ठरोगको उपचारका लागि अस्पताल आउने बिरामीमध्ये झण्डै १० प्रतिशतमा दाग नदेखिने गरेको डा. स
Open

Expert Education Dang

Close