Victoria College Dang

प्रदेश खबर – Page 338 – दाङ खबर
Global Luja Dang

प्रदेश खबर

पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनाको खाँचो

पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनाको खाँचो

पाल्पा,वैशाख ३०- यहाँको पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिइएको छ । ऐतिहासिक, पुरातात्विक, सामाजिक/धार्मिक, चाडबार्ड, आर्थिक, शैक्षिक हिसाबले समेत पाल्पा पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले यसको प्रचारप्रसार हुनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । यहाँका पुरातात्विक महत्वका मन्दिरदेखि दरबारहरु अहिले स्वदेशी तथा विदेशी पर्यटकका लागि लोभ लाग्दा छन् । पर्यटक आकर्षणको गन्तव्य रिडीदेखि रानीमहलसम्म जलयात्रा सञ्चालन गरी पर्यटक प्रशस्त ल्याउन सकिने र पर्यटन क्षेत्रका लागि गुरुयोजना बनाउन लाग्नुपर्नेमा प्रदेश नं ५ का वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री लीला गिरीले जोड दिनुभयो । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स जिल्ला शाखाद्वारा ‘पाल्पाको पर्यटन प्रवद्र्धन: सम्भावना चुनौती’ विषयक कार्यशाला गोष्ठीमा मन्त्री गिरीले रिडीलाई हरिद्वारजस्तो पर्य
१० करोड लगानीमा होटल सञ्चालनमा

१० करोड लगानीमा होटल सञ्चालनमा

नवलपरासी,  वैशाख ३०- पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा आएको छ । करीब रु १० करोड लगानीमा निर्माण गरिएको सो होटल सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गरिएका होटलमध्येमा पर्छ । पूर्व–पश्चिम लोकमार्गले छोएको देवचुली–१४ दलदलेमा खोलिएको सो चारतले अत्याधुनिक सुविधासम्पन्न होटलमा लिफ्टको प्रयोग गरिएको छ । होटलमा २८ वटा अति सुविधासम्पन्न डिलक्स कोठा, डाइनिङ हल, सेमिनार हल रहेको होटल सञ्चालक अरुणविक्रम थापाले बताउनुभयो । होटल व्यवसायमा हामी नयाँ आयाम थप्दै समग्र नवलपुरको सम्भावित पर्यटन क्षेत्रलाई अघि बढाउन चाहन्छौ, उहाँले भन्नुभयो । निकट भविष्यमा एक हप्तासम्मको विभिन्न प्याकेजमा जंगल सफारी, डुङ्गा सयर, देवचुलीडाँडा पैदलयात्रालगायत कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै लगिने होटलले जनाएको छ ।
भूमिहीन सुकुम्बासीले मागे करारमा खेती गर्ने नीति

भूमिहीन सुकुम्बासीले मागे करारमा खेती गर्ने नीति

बुटवल,वैशाख ३० । देशका विभिन्न ठाउँमा छरिएर रहेका भूमिहीन तथा सुकुम्बासीहरूले खेतीयोग्य जमिनलाई बाँझो नराखी करारमा खेती गर्ने नीति ल्याउन माग गरेका छन् । लामो समयदेखि चर्चा रहेका करार खेती प्रणाली अबधारणालाई मूर्त रूप दिनुपर्ने उनीहरूको भनाइ छ । राष्ट्रिय भूमि अधिकार मञ्चका अध्यक्ष ल्याम बहादुर दर्जीले कृषिलाई आधुनिकीकरण÷व्यवसायीकरण गर्न करार खेतीसम्बन्धी कानून ल्याउन प्रदेश र केन्द्रसँग आग्रह गरे । ‘जो किसान माटोमा खेल्छ । खेती गर्छ उसको जमिन छैन’ दर्जीले भने, ‘जसको जग्गा छ । उसले खेती नगरेर बाँझै राखेका छन । खती गछौं भन्दा जोत÷भोग गर्नेले हडप्छ कि भन्ने डरले दिँदैनन् । अब संघीयरप्रदेश सरकारले उपयोगबिहीन जग्गालाई करारमा खेती गर्ने प्रणाली सहितको नीति ल्याउन आवश्यक छ ’ उनले थपे, ‘बढ्दो खाद्यान्न आयात लागि न्यूनिकरण गरी स्वदेशमै आधुनिक कृषि खेतीको विकास गर्न करार खेतीलाई प्रवद्र्धन आव
सडक जीवन बिताउनेहरूको पुनःस्थापना शुरु

सडक जीवन बिताउनेहरूको पुनःस्थापना शुरु

बुटवल, वैशाख ३० । यहाँका सडकमा जीवन जिउन बाध्य सबै बेसहारा तथा मनोरोगीलाई पुनःस्थापना गरिने भएको छ । आउँदो साउन महिनासम्ममा यहाँका सडकलाई मानवरहित घोषणा गर्नेगरी पुनःस्थापना अभियान शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा मानव सेवा आश्रमले आजदेखि आजदेखि उक्त अभियान शुरु गरेको हो । आश्रमका लागि उपमहानगरपालिकाले बुटवल–१३ जितगढीमा अर्को व्यवस्था नहुञ्जेलका लागि भवनसमेत उपलब्ध गराएको छ । तीन महिनाभित्रमा बुटवलका सडकमा जीवन बिताउन बाध्य भएकाहरुलाई औषधोपचारसहित आश्रममा लगेर स्याहार सुसार गरिने अभियन्ता रामजी अधिकारीले जानकारी दिनुभयो । आश्रमको अभियान शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले मानवताको शहरका रुपमा बुटवलको विकास गरिने बताउनुभयो । मानवीय सेवामा नगरवासीलाई पनि सहकार्य गर्न आग्रह गर्दै उहाँले सडक मानवमुक्त अभियानले बुटवलवासीको गरिमा बढ्ने उल्लेख गर्नुभयो । आश्रमका प्रमु
विप्लवको बन्दले विहानैदेखि दाङको जनजीवन प्रभावित

विप्लवको बन्दले विहानैदेखि दाङको जनजीवन प्रभावित

दाङ, बैशाख ३० । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले आइतवार विहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ। दाङमा यातायात, कलकारखाना, उद्योग धन्दा र बजार ठप्प रहेको छ । साना खालका सवारी साधान भने छिटफुट रुपमा सञ्चालनमा आएको देखिएका छन्। नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले शनिबार प्रेस बक्तव्य जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सन्धि र सम्झौंता राष्ट्रियताको बर्खिलाप भएको जिकिर सहित नेपाल वन्द गरिएको उल्लेख गरेका छन् । विज्ञप्तीमा भारतीय प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको अरुण–३ को शिलन्यासलाई राष्ट्रघातको संज्ञा दिइएको छ । त्यस्तै मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनसिल र रणनैतिक महत्वको मोदीको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र
बन्दको बिरोधमा बुटवलमा मोटरसाइकल र्‍याली

बन्दको बिरोधमा बुटवलमा मोटरसाइकल र्‍याली

बुटवल, वैशाख ३० । बन्दको बिरोध गर्दै युवाहरुको समूहले बुटवलमा मोटरसाइकल र्‍याली निकालेका छन् । विवेकशील साझा पार्टी र नमस्ते नेपाल नामक युवाहरुको समूहले बन्दको बिरोधमा र्‍याली निकालेको हो । बन्द हड्ताल सधैंका लागि अन्त्य छ, रुपन्देही जिल्ला सधैंका लागि खुल्ला छ’ नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झण्डासहित शंकरनगरदेखि बुटवलको गोलपार्कसम्म र्‍याली निकालिएको हो । र्‍यालीपछि ट्राफिकचोकमा आयोजित कोणसभामा विवेकशील साझा पार्टी रुपन्देही संयोजक हरिकृष्ण अधिकारी, समूहका अर्जुन खरेल लगायतका युवाहरुले बोल्दै बन्द र हड्तालले कसैको पनि हित नगर्ने हुँदा बन्द सधैंका लागि अन्त्य हुनुपर्ने बताए । बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उनीहरुको माग छ । बन्द आ
धानखोलामा चार राउण्ड गोली चल्यो

धानखोलामा चार राउण्ड गोली चल्यो

ओमप्रकाश गुप्ता भालुवाङ, वैशाख ३० । नेपाल कम्युनिष्ट पार्टीले अह्वान गरेको नेपाल बन्दका क्रममा प्रहरी समेत आंतकित बनेको छ । बन्दकर्ताले बन्द अवज्ञा नगर्न सार्वजकि अपिल गरिरहेका बेला देउखुरीको धानखोलामा ४ राउण्ड गोली चलेको खवर प्राप्त भएको छ । आइतवार विहान करिव ८ बजे तिर धानखोलामा विना कारण प्रहरीले हवाई फायर गरेपछि स्थानीयहरु क्रसित बनेका छन् । प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार प्रहरीले एकोहोरो हवाई फायर गरेपछि स्थानीयहरु घरभित्र लुटेका थिए । यस बारे इलाका प्रहरी कार्यालय गढवामा बुझदा गोली नचेको बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सन्धि र सम्झौंता राष्ट्रियताको बर्खिलाप भएको जिकिर सहित नेपाल कम्युनिष्ट पार्टीले शनिवार आह्वान गरेको नेपाल बन्दको प्रभाव देउखुरीमा बिहानै देखि परेको छ ।
पाल्पामा बम विस्फोट, शैक्षिक संस्था, बजार पसल सबै ठप्प

पाल्पामा बम विस्फोट, शैक्षिक संस्था, बजार पसल सबै ठप्प

पाल्पा, वैशाख ३० । यहाँ आज बिहानै बम विस्फोट भएको छ, सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका छन् । विस्फोटक पदार्थ के भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो । नजिकै भेटिएका टुक्रालाई आधार मान्दा प्रेसर कुकर बम हुनुपर्ने उहाँको अनुमान छ । यसैबीच नेकपाले आह्वान गरेको बन्दले जनजीवन बिहानैदेखि प्रभावित भएको छ । बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन् । शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन् ।
दाङ र सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र

दाङ र सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र

दाङ, वैशाख ३० । बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्को छ । अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा प्रदेश नं ५ र ६ लाई जोड्ने लिङ्करोडका रुपमा समेत मानिन्छ । दाङको समृद्धिका रुपमा लिइएको सो सडकको कालोपत्रेको काम तीव्र गतिमा भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । विभिन्न चार तहमा काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो । सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिले चालु आवसम्म करीब १० किलोमिटर बाटो कालोपत्रे गरिसक्ने र डेढ वर्षभित्र दाङ, सल्यान र सुर्खेतसम्म जोड्ने बाटो निर्माण हुने बताएको छ । प
रूपन्देहीको नयाँमिल चोकमा बम भेटियो, डिस्पोजको तयारी

रूपन्देहीको नयाँमिल चोकमा बम भेटियो, डिस्पोजको तयारी

बुटवल, वैशाख ३० । रूपन्देहीको तिलोत्तमास्थित नयाँमिल चोकमा प्रेसर कुकर बम फेला परेको छ । बुटवल–भैरहवा सडकखण्डमा बम फेला परेको हो । बम भेटिएपछि स्थानीय त्रसित बनेका छन् । बम डिस्पोजलका नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल तर्फ जाँदै छ । विप्लप नेतृत्वको नेकपाले आइतबार बन्दको आह्वान गरेको हुनाले बम पनि उसैले राखेको हुन सक्ने अनुमान गरिएको छ ।
Open

Expert Education Dang

Close