प्रदेश खबर – दाङ खबर
Global Luja Dang

प्रदेश खबर

अख्तियारकाे फन्दामा कर्मचारी

अख्तियारकाे फन्दामा कर्मचारी

काठमाडौं, साउन ४ । कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन्। शनिबार बर्दियको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरु कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको टोलीले १५ लाख घुससहित नियन्त्रणमा लिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले इन्जिनियर त्रयलाई घुस रकमसहित नियन्त्रणमा लिएको पुष्टि गरे। ‘तीनै जनालाई १५ लाख घुससहित नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘बाँकी अनुसन्धान हुँदैछ।’ पक्राउ परेका तीनै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।
महिना दिनमै सात करोडको तरकारी तथा फलफूल निकासी

महिना दिनमै सात करोडको तरकारी तथा फलफूल निकासी

सल्यान साउन ४ । सल्यानको प्रमुख व्यापारिक केन्द्र कपुरकोटबाट एक महिनाको अवधिमा साढे सात करोडको ताजा तरकारी तथा फलफूल निकासी भएको छ। कृषि उपज बजार केन्द्र कपुरकोटबाट असार महिनामात्र साढे सात करोडको तरकारी निकासी भएको हो। केन्द्रका अनुसार ८ हजार १ सय ३४ क्विन्टल ताजा तरकारी तथा फलफूल निर्यात भएको छ। एक महिनाको अवधिमा कृषि उपज बजार केन्द्रबाट ३ हजार २ सय ६९ क्विन्टल टमाटर, २ हजार ६ सय ९७ क्विन्टल बन्दागोपी, १ हजार ४ सय २८ क्विन्टल काउली जिल्ला बाहिर निकासी भएको छ। यस्तै, १ सय १२ क्विन्टल सिमी ४ सय ५२ क्विन्टल भेडे खुर्सानी, ५३ क्विन्टल काँक्रा ४९ क्विन्टल हरियो खुर्सानी, ११ क्विन्टल गाजर, १३ क्विन्टल मुला, २४ क्विन्टल लसुन, निकासी भएको बजार केन्द्रका कर्मचारी विष्णुप्रसाद गौतमले बताए। तराईमा बाढी पहिरोका कारण पनि यो वर्ष तरकारीले राम्रो बजार पाएको उनको भनाई रहेको छ। कपुरकोट बेमौसमी तरका
नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल भन्छन्

नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेल भन्छन्

बुटवल साउन ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुई दलबीचको एकताका बेला शीर्ष नेताबीचको ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने धारणा राखेका छन् । ‘सरकारको आलोपालो, पार्टी नेतृत्व आलोपालो, सबै तहका संरचनामा पनि सहमति गरेर अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादीका नेताहरुबीच पाँचबुदे सहमति भएकै हो, सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन’ शनिबार बुटवलमा आयोजित कार्यक्रममा उनले भने, ‘सोही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’ यद्यपि पौडेलले सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले आइनसकेको बताए । सरकार विवादमा फसेको स्वीकार्दै उनले निर्मला काण्ड, विधेयक ल्याउने फिर्ता गर्ने, गुठी बिधेयकका सवाल र विषादी प्रकरणमा सरकारले परिपक्वता नदेखिएको धारणा राखे । पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको दोहोर्याए । नेकपा पार्टीको वि
सुरक्षा निकायका प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन

सुरक्षा निकायका प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन

दाङ, साउन ४ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बुद्धका मूर्ति तोडफोडको घटनालाई गम्भीर रुपमा लिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतमणि शर्मा, जिल्ला प्रहरी प्रमुख हृदय थापालगायतका जिल्लाका सुरक्षा निकायका प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो । घटना घटेको ७२ घण्टा बित्न लाग्दा समेत दोषीको पहिचान हुन नसक्नु दुःखद् भएको भन्दै मुख्यमन्त्री पोख्रेलले यथाशक्य दोषीकोे पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो । जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड भएको घटनाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै मुख्यमन्त्री पोख्रेलले अनुसन्धान प्रक्रियालाई तीब्र र प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उक्त अवसरमा सुरक्षा निकायका प्रमुखहरुले घटनाको सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएका थिए ।
प्यूठानका जन प्रतिनिधि भन्छन्

प्यूठानका जन प्रतिनिधि भन्छन्

सुजल श्रेष्ठ प्यूठान, साउन ४ । भविष्यका कर्णधार बालबालिकाका लागि लगानी गर्ने वातावरण बनेको जनप्रतिनिधिले बताएका छन् । भोलिका कर्णधार बालबालिकासँग आजका दिनमा साझेदारी गर्दै उनीहरुको वृत्ती विकासका लागि अहिलेको संरचना अनुसार लगानी गर्ने अवसर मिलेको जनप्रतिनिधिको भनाई छ । जिल्ला बालभेला तथा अधिवेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले बालबालिकाको क्षेत्रको विकासका लागि अहिलेका सरकारले नीति नियम बनाउन थालेको बताउनुभयो । बालबालिकाको क्षेत्रमा लगानी हुन थालेको भन्दै उहाँले बालबालिकाको भविष्य अहिलेको वर्तमानसँग जोडिएको बताउनुभयो । बालबालिकाले हरेक क्षेत्रको ज्ञान राख्नुपर्ने भन्दै त्यसका लागि सरोकार निकायले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यले अहिलेका स्थानीय तहलाई बालबालिकाको क्षेत्
तुलसीपुरबाट बालिका बेपत्ता

तुलसीपुरबाट बालिका बेपत्ता

दाङ, साउन ४ । दाङको तुलसीपुरपुरमा एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको दंगीशरण गाँउपालिका–६ राजपुर निवासी जयबहादुर कंवरकी १२ वर्षिया छोरी गरिमा कवर तुलसीपुर वजारबाटै बेपत्ता हुनुभएको हो । हिजो घरबाट तुलसीपुर बजार आएकी बालिका घर नफर्किएपछि परिवार चिन्तामा परेको छ । बपत्ता बालिकाको खोजीका लागि परिवारले सबैमा अनुरोध समेत गरेको छ । गहुँगोरो वर्ण, अनुहार लाम्चो, कपाल छोटो, उचाई करिव ५ फिट अग्ली बालिकाले कालो तथा सेतो रंग मिसिएको टिसर्ट र जिन्स पाइन्ट लगाएकी र गोल्डेन रंगको व्याग साथमा रहेको बालिकाका आमा राधा कंवरले जानकारी दिनुभयो । हराएकी बालिकालाई भेटाउनु हुने जो कोहीले पनि नजिकैको प्रहरी चौकी वा मोवाइलनम्वर ९८०९८–४८४८५ र ९८१०९८–७६६० मा सम्पर्क गरिदिन हुन परिवारले आग्रह गरेको छ ।
सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण

सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण

नेपालगञ्ज साउन ४ । नेपालगञ्जस्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले प्रदान गर्ने सीपमूलक तालीमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ । केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालिममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा–टाढाबाट समेत युवाहरु आउने गरेको केन्द्रका प्रमुख जेन्टिल गौतमले बताए । उनले तालिम केन्द्रले तालिममार्फत वर्षेनी सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिँदै तालीममा सहभागीमध्ये ७० प्रतिशत रोजगार वा आफैँ स्वरोजगारमूलक व्यवसाय गर्न सफल हुने गरेको दाबी गरे । केन्द्रले तालिममा सहभागीलाई रोजगार वा स्वरोजगकारमूलक व्यवसायको लागि आवश्यक सहयोग र समन्वय गर्दै आएको छ । अछामबाट नेपालगञ्ज आएर तीनमहिने कटाइसिलाइ तालिम लिएकी लक्ष्मी कुँवरले तालिम सिकेर आफ्नै खुट्टामा उभिने आँट आएको र अब गाउँ फर्किएर आफ्नै पसल खोल्ने तयारी गरेको बताइन् । छ महिने कम्प्युटर तालिम
पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव-मुख्यमन्त्री पोखरेल

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव-मुख्यमन्त्री पोखरेल

रुपन्देही, साउन ४ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको बताउनुभयो । “प्रदेशका महत्वपूर्ण गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधारमा लगानी गर्दैछाँै”, उहाँले भन्नुभयो । प्रदेशका विभिन्न स्थानमा सांस्कृतिक डबली निर्माणका लागि काम शुरु भएको जानकारी गराउँदै उहाँले प्रदेशका सांस्कृतिक सम्पदालाई पर्या–पर्यटनसँग जोडेर विकास गर्ने जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलले लुम्बिनीको बसाइँ अवधि लम्ब्याउन चक्रपथ निर्माण र रामग्राममा बुद्धकालीन सङ्ग्रहालय बनाउने योजना अगाडि सारेको बताउनुभयो । प्रदेशको बजेट खर्चबारे कुरा गर्दै मुख्
अनुमति विना एम्वुलेन्स सञ्चालन

अनुमति विना एम्वुलेन्स सञ्चालन

सुजल श्रेष्ठ प्यूठान, साउन ३ । विरामी बोक्ने जिल्लाका एम्वुलेन्स अनुमति विना सञ्चालन भइरहेका छन् । जिल्ला एम्वुलेन्स सञ्चालन समितिबाट अनुमति लिएर चल्नुपर्ने एम्वुलेन्स नियमविपरित चलिरहेका छन् । अनुमति विना एम्वुलेन्स चल्न थालेपछि एम्वुलेन्सको अनुगमन गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो । अनुमति नलिएका एम्वुलेन्सलाई अनुमति लिन र नविकरण नगरेकालाई नविकरण गर्न बारम्वार ताकेका गरेपनि अटेर गरेपछि अनुगमन थालेको उहाँले बताउनुभयो । यसअघि तीन पटकसम्म पत्राचार गरेपनि अटेर गरेपछि शुक्रबार गरिएको अनुगमनबाट चार वटा एम्वुलेन्सको चापी नियन्त्रणमा लिइएको छ । भारतीय भुपु सैनिक रजवारा, प्यूठान काठमाण्डौ नेवाः समाज, जोन्से स्मृति प्रतिष्ठान र भारतीय भुपु सैनिकको एम्वुलेन्सको चापी अनुगमन टोलीले नियन्त्रणमा लिएको हो । एम्वुलेन्स सञ्चालक संस्थाका प्रमख प्रक्रियाम आएपछि समितिको
ट्याङकर चालकहरुको आन्दोलन

ट्याङकर चालकहरुको आन्दोलन

दाङ साउन ३ । ट्याङ्कर चालकहरुको आन्दोलनका कारण दाङमा करिब एक सातादेखि पेट्रोलियम पदार्थको चरम अभाव छ। तापक्रमको कारण पेट्रोलियम पदार्थमा घट्ने हुँदा आफुहरुले घाटा ब्यहोर्न परेको भन्दै चालकहरु गत असार २६ देखि आन्दोलन उत्रिएका हुन्। आन्दोलनका कारण दाङ र पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव भएको नेपाल आयल निगम डिपो तुलसीपुरका प्रमुख सुदीप पोख्रेलले बताए। तर, दाङको देउखुरी क्षेत्रमा नेपालगञ्ज डिपोबाट तेल आउने भएकाले त्यहाँ अभाव नभएको उनको भनाइ छ। तुलसीपुर डिपोमा भारतको गोण्डाबाट ढुवानी गरी तेल ल्याउँदा तापक्रमका कारण पेट्रोलियम पदार्थ घट्ने र घटेको पेट्रोल ढुवानीकर्ता अर्थात् चालकले पूर्ति गर्नुपर्ने भएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। प्रमुख पोख्रेलले भने, ‘४१ डिग्री सेल्सियस तापक्रम भएको ठाउँबाट २५/२६ डिग्री सेल्सियस तापक्रम भएको स्थानमा ल्याउँदा पेट्रोलियम पदार्थको मात्रा घट्छ
Open

Expert Education Dang

Close