अर्थ बजार – दाङ खबर
Global Luja Dang

अर्थ बजार

अर्थ बजार

समिक्षाकाे कडीमा प्रदेश ५

समिक्षाकाे कडीमा प्रदेश ५

बुटवल साउन २ । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटको ६३ प्रतिशत मात्रै खर्च गरेको छ। प्रदेश ५ सरकारले ८० प्रतिशतको हाराहारीमा बजेट खर्च हुने दाबी गर्दै आएको थियो। जसमा पनि पुँजीगत खर्च न्यून छ। पुँजीगततर्फको १७ अर्ब ३३ करोड ४९ लाखमध्ये १० अर्ब २७ करोड १३ लाख रुपैयाँ मात्रै खर्च भएको छ।प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फको बजेट ५९ प्रतिशत मात्रै खर्च भएको छ। चालुतर्फ भने ७० प्रतिशत खर्च भएको छ। चालुतर्फको ९ अर्ब ८२ करोड ६८ लाखमध्ये ६ अर्ब ८७ करोड ७१ लाख बजेट खर्च भएको छ। जसअनुसार प्रदेश सरकारको जम्मा २७ अर्ब १६ करोड १७ लाख बजेटमध्ये १७ अर्ब १४ करोड ८४ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो प्रतिशतका हिसाबले ६३ प्रतिशत हो। स्थानीय तहलाई दिएको अनुदानमध्येको रकम खर्च नभई फिर्ता भएमा भने बजेट खर्चको अनुपात अरु घट्ने लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए। उन
उपमहानगरपालिकाको वजेट कार्यक्रम बहुमतले पारित

उपमहानगरपालिकाको वजेट कार्यक्रम बहुमतले पारित

दाङ, असार १३ । दाङको घोराही उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७६÷७७ को लागि बजेट कार्यक्रम पारित गरेको छ । यही असार १० गते पाँचौ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले पेश गरेको बजेट कार्यक्रम बहुमतले पारित गरेको हो । नगर सभा सदस्यहरुको सुझाब तथा आग्रहमा केही कार्यक्रमहरु शंसोधन सहित बजेट कार्यक्रमलाई नगरसभाले बहुमतका साथ पारित गरेको हो । नेपाली कांग्रेस पार्टीबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुले सभामा आफ्ना कुराहरु राख्दै बाहिरीए पछि नगरसभाका बहुमत सदस्यहरुले सर्बसम्मत बजेट कार्यक्रमलाई पारित गरेका हुन् । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधीहरुले नगर स्तरीय योजनाहरु आफुहरुको सल्लाह बिनै छनोट गरेको, कालोपत्रे तथा सडक मर्मतको काममा ढिलाई र लापर्वाही गरेको भन्दै नगरसभामा आफ्ना कुराहरु राखेर बाहिरीएका थिए । नगर प्रमुख नरुलाल चौधरीले बिधि प्रकृयामै रहेर नगरका सबै कामहरु भएको बताउन
तुलसीपुर उपमहानगरले छुट्यायो कृषिमा ३ करोड वजेट

तुलसीपुर उपमहानगरले छुट्यायो कृषिमा ३ करोड वजेट

दाङ, असार १३ । कृषि क्षेत्रको विकासका लागि दाङको तुलसीपुर उपमहानगरपालिकाले २ करोड रकम विनियोजन गरेको छ । जग्गा बाँझो राख्नेहरुलाई कारवाही गर्नेदेखि लिएर डिपवोरिङ सञ्चालनसम्मको विषयलाई समेटेर वजेट विनियोजन गरेको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिनुभयो । कृषि क्षेत्रको विकास भयो भने मात्रै आत्मनिर्भर हुन सकिने भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट विनियोजन गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । वजेटमा कृषिको समग्र विकासका लागि मेयर कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि ५० लाख छुट्याइएको छ । त्यस्तै रासायनिक मलको प्रयोग कम गर्न प्राङ्गारिक कृषि कार्यक्रम गरिने भएको छ । यस्तो कार्यक्रम सञ्चालनका लागि ५ लाख विनियोजन गरिएको छ । वजेटमा वर्षैभरि जग्गा बाँझो नराख्ने किसानको पहिचान गरी पुरस्कृत गर्न र त्यसको अनुगमनका लािग ५ लाख वजेट छुट्याइएक
नेपालगञ्ज उपमहानगरपालिकाको बजेट दुई अर्ब २८ करोड

नेपालगञ्ज उपमहानगरपालिकाको बजेट दुई अर्ब २८ करोड

बाँके असार ११ । नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचाै‌ँ नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बजेट प्रस्तुत गरेकी हुन् । गत आव २०७४/७५ मा आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु १२ करोड ११ लाख ३७ हजार राजश्व असुल भई करीब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको बजेट वक्तव्यमा उल्लेख छ । हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत बजेटमा आन्तरिक स्रोत अनुमानको ९० प्रतिशतभन्दा बढी लक्ष्य प्राप्ति हुने पनि अनुमान गरिएको छ । आगामी आगामी आवको आन्तरिक स्रोतको आय अनुमान रु १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । आगामी आवमा एशियाली विकास बैङ्क, नगरविकास कोष र बाह्य स्रोत
प्रदेश ५-का चार उपमहानगरकाे बजेट

प्रदेश ५-का चार उपमहानगरकाे बजेट

बुटवल असार १० । प्रदेश ५ का ४ वटा उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षका क्रमागत योजनामा बजेट थप्दै यी उपमहानगरपालिकाले महानगरको रुपमा अघि बढ्नका लागि तयारी गर्ने गरी बजेट ल्याएका छन्। प्रदेश ५ का रुपन्देहीको बुटवल, दाङका घोराही र तुल्सीपुर र बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याएका छन्। यी चारवटै उपमहानगरपालिकाले मंगलबार बजेट पेश गरे। बुटवलको १ अर्ब ९० करोड रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षका लागि १ अर्ब ६६ करोडको बजेट आएको थियो। संघ तथा प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान समेतलाई समावेश गर्दै गत वर्ष भन्दा करिब ३५ करोड बढि रकमको
पर्यटन विकासमा मुख्यमन्त्रीको चासो

पर्यटन विकासमा मुख्यमन्त्रीको चासो

दाङ, असार ७ । दाङ, असार ७ । दाङको पर्यटन प्रबद्र्धन र विकासतर्फ प्रदेश सरकारले चासो देखाएको छ । कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेशको समृद्धिको यात्रा तय गरेको प्रदेश सरकारले हालै सार्वजनिक वजेटमा जिल्लाको पर्यटनको विकासका लागि १५ करोड वजेट विनियोजन गरेको मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्रीका स्वकिय सचिव सुरेश गौतमले जानकारी दिनुभयो । जिल्लाको पर्यटनको विकासका लागि मुख्यमन्त्रीको चासो व्यक्त भएको भन्दै स्वकिय सचिव गौतमले आर्थिक वर्ष २०७६/०७७ को प्रदेश सरकारको वजेटमा १४ करोड र केन्द्रीय सरकारको सशत्रबाट १ करोड १५ लाख गरी १५ करोड १५ लाख वजेट विनियोजन गरेको जानकारी दिनुभयो । स्वकिय सचिव गौतमका अनुसार दाङको घोरदौरामा सांस्कृतिक डवली निर्माणका लागि १ करोड ५० लाख, बाह्रकुने दहमा बहुउद्देश्य पार्क निर्माणका लागि १ करोड ५० लाख, नवदुर्गा सामुदायिक वन तुलसीपुरमा आधुनिक पार्क
प्रदेश पाँचकाे बजेट ३६ अर्ब ४१ करोड

प्रदेश पाँचकाे बजेट ३६ अर्ब ४१ करोड

रुपन्देही असार १- प्रदेश नम्बर पाँच सरकारले ३६ अर्बभन्दा बढिको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाको बैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । विनियोजित बजेटमध्ये चालुतर्फ १३ अर्ब ४५ करोड ५ लाख अर्थात ३६ दशमलव ९४ प्रतिशत र पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अर्थात ५१ प्रतिशत रहेको छ । विनियोजित बजेटमध्ये आन्तरिक स्राेतबाट ४ अर्ब ५९ करोड ४० लाख , राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँडबाट ३० करोड, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख,सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक वर्षको बचतबाट ५ अर्ब, समपूरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड रहने अनुमान रहेको छ । बजेटमा पूर्वाधार विकास, कृषि, पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकता दिइए
यस्ताे छ प्रदेश ५ सरकारकाे वजेट

यस्ताे छ प्रदेश ५ सरकारकाे वजेट

बुटवल असार १ । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६–०७७ का लागि करिब ३५ अर्बको बजेट ल्याउँदै छ। प्रदेश ५ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार दिउँसो ३ बजे प्रदेश सभामा करिब ३५ अर्बको बजेट पेश गर्नेछन् । गत वर्ष २८ अर्ब १० करोड बजेट ल्याएको सरकारले आगामी आर्थिक वर्षका लागि करिब ७ अर्ब वृद्धि गरेको छ । प्रदेश सरकारका लागि संघीय सरकारबाट समानीकरण वित्तीय अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख बजेट आएको छ । त्यस्तै राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख, सशर्त अनुदानमा ७ अर्ब ७७ करोड ४ लाख बजेट छ । प्रदेश सरकारले करीब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको पूँजीगततर्फको १६ अर्बको केही रकम खर्च नभई सञ्चित हुनेछ । सो रकम समेत गर्दा करिब ३५ अर्बको बजेट आउने सम्भावना देखिएको हो । मुख्यमन्त्री पोखरेल घाटाको बजेट नल्याउने पक्ष
आज प्रदेश बजेट

आज प्रदेश बजेट

दाङ असार १ । सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् । सबै प्रदेशले कृषि, पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेका छन् । साना आयोजनाभन्दा पनि ठूला आयोजना बजेटको प्राथमिकतामा परेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
कृषिजन्य उत्पादन निकासीमा बिचौलियाकाे दादागिरि

कृषिजन्य उत्पादन निकासीमा बिचौलियाकाे दादागिरि

दाङ जेठ २७ ।  दाङकाे घोराहीका व्यवसायि बद्रीमउदम राइले जिल्लामा उत्पादन भएका तरकारी सहज रूपमा भारतमा निकासी गर्ने नपाएको बताए । “भारतबाट आउने तरकारी सहज रुपमै आउछन तर हामी पठाउन समस्या भोग्नु पर्छ,” राईले । भन्सारका कर्मचारीले विभिन्न बाहानामा दुःख दिने गरेको उनको भनाइ छ । बिचौलियाले सहज रूपमा निकासी गर्छन् तर हामीले तरकारी निकासी गर्न खोज्दा विभिन्न वहानामा फर्काउने गरिन्छ । राज्यले यस ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले कृषि उत्पादन बढाउन राज्यले बास्तविक कृषकलाई अनुदान प्रदान गर्नुपर्ने बताए । “अहिले पनि वास्तविक कृषकहरूले अनुदान प्राप्त गर्न सकेका छैनन,” राईले भने । यसले गर्दा उत्पादनसमेत वृद्धि हुन नसकेको उनको भनाइ छ । अल्लो व्यवसायी इन्द्रा बुढा मगरले उद्योग वाट उत्पादन भएका वस्तुहरू सिल लगाएर पठाउँदा समेत बाटो बाटोमा विभिन्न दुःख दिने गरेको बताइन् । “आफूहरूले उत्पादन गरेको वस्त
Open

Expert Education Dang

Close