Victoria College Dang

Dangkhabar – दाङ खबर

Author: Dangkhabar

नेप्से पुनः ओरालो यात्रामा

नेप्से पुनः ओरालो यात्रामा

काठमाडौं, भदौ ८ । धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता शेयर रु ३५ करोड दुई लाख ६९ हजार ५०९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार नेप्से आज अपरान्ह २ बजेसम्म घटेर एक हजार २०१ विन्दुमा झरेपनि त्यसपछि भने पुनः बढेर एक हजार २०९.६२ विन्दुमा पुग्यो । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर उकालो लाग्यो भने दश उपसमूहको शेयर घटेको छ । होटल ३.०४ र उत्पादन ११.३ विन्दुले बढ्दा बैंकिङ १।६६, व्य
टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’

टोर्नाडोको नेपाली नामकरण ‘घुम्रपात’

काठमाडौं भदौ ८ । गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो। लामो छलफल र अध्ययनपछि ‘टोर्नाडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले उक्त दुवै कार्य समेटिने गरी सो शब्द सिफारिस गरिएको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिए। विभागका महानिर्देशकको संयोकत्वमा गठित आठ सदस्यीय मौसमविद्सहितको टोलीले स्थलगत तथा अन्य अध्ययन गरी विभिन्न ६ नाम छनोट गरेको थियो। ६ नाममध्ये समितिमा ‘भोटिङ’ गरी ‘घुम्रपात’ शब्दलाई छनोट गरेर सो नामकरण गर्न सिफारिस गरिएको हो। ‘घुम्रपात’ नयाँ शब्द भएकाले नेपाली शब्दकोषमा पनि राख्नका लागि पहल गरिने बताइएको छ। उक्त भीषण हावाहुरीबाट भएको क्षति, नाम, टोर्नाडो भएको पुष्टिका आधार,
(सांसद) सुवेदीको पर्स लुट्ने प्रहरी नियन्त्रणमा

(सांसद) सुवेदीको पर्स लुट्ने प्रहरी नियन्त्रणमा

काठमान्डौ भदौ ८ । प्रदेश नम्बर ३ की प्रदेशसभा सदस्य (सांसद) भावना सुवेदीको नगदसहितको पर्स लुट्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले गौशालाबाट एक युवकलाई नियन्त्रणमा लिएको हो। सर्लाही बरथहवा नगरपालिका वडा नम्बर २ घर भएका निश्चल थिङलाई नियन्त्रणमा लिएको जनसेवाका डिएसपी वासुदेव खतिवडाले जानकारी दिए। गत साउन २६ गते इन्द्रचोकमा रहेको लस्सी पसलमा लस्सी खाएर न्यूरोडतर्फ हिँड्दै गर्दा सांसद सुवेदीको साथमा रहेको पर्स चोरी भएको थियो। उनले प्रहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। प्रहरीले नियन्त्रणमा लिएका थिङ पटके चोरी भएको खुलेको छ। प्रहरीले घटनास्थल वरपर रहेका सिसि क्यामराको आधारमा थिङलाई नियन्त्रणमा लिन सफल भएको हो।‘ हामीले वरपरका सबै सिसि क्यामरा अध्ययन गर्‍यौं। सिसी क्यामराको सहायताले नै लुटेरा भेटिएको हो।' सुवेदीको साथमा
अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि

अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि

काठमान्डौँ भदौ ८ । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा अस्मिता कार्कीको बयान लिएर सकिएको छ । बाँकी रहेका टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको भने सोमबार भोलि बिहान १० बजेबाट बयान लिन सुरु गरिने चितवन प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर आइतबार बयान लिन सुरु गरेको थियो । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । एक नम्बरका न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो ।
कुकुरको दिसाबाट यस्ता रोग फैलन सक्छ

कुकुरको दिसाबाट यस्ता रोग फैलन सक्छ

काठमान्डौ भदौ ८ । बिहान सबेरै प्रभातकालीन भ्रमणमा निस्किएका कैयौँ काठमाण्डूवासीले देख्ने गरेको एउटा दृश्य छ -घरमा पालिएका कुकुरलाई हिँडाउँदै सार्वजनिक स्थलमा शौच गराउने गरिएको। त्यसबाट धेरैलाई नमिठो अनुभव हुन्छ। तर अब भने काठमान्डौ महानगरपालिकाले त्यस्तो काम गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको छ।'जथाभावी त्यसरी कुकुरलाई सार्वजनिक सडक तथा गल्लीमा दिसापिसाब गराउँदा एक त फोहर हुन्छ अर्को त्यसले हानिकारक रोग पनि निम्त्याउँछ,' महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल भन्छन्। उनका अनुसार त्यसैले महानगरपालिकाले आइन्दा त्यस्ता काममा संलग्न हुनेहरू विरुद्ध कारबाही गर्नेछ। कस्तो कारबाही? सुरुमा महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबहरूलाई परिचालन गरेर चेतना जगाउने प्रयास गर्ने बताएको छ।'तर यदि त्यसो गर्दा पनि कुकुरधनीहरू सचेत नभए जरिबाना, कुकुर जफत तथा अन्
गुणस्तरहीन काम गर्नेलाई कारवाही: मन्त्री राई

गुणस्तरहीन काम गर्नेलाई कारवाही: मन्त्री राई

काठमाडौं भदौ ८ । शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले सघन शहरी विकास कार्यक्रममा अनियमितता गर्ने र गुणस्तरहिन काम गर्नेलाई कारवाही गर्ने बताएका छन्। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा समिति सदस्यहरुले सघन शहरी विकास कार्यक्रममा अनियमितता भएको भन्दै प्रश्न उठाएपछि मन्त्री राईले त्यस्तो पाइएमा सरकारले कडा कारवाही गर्ने बताएका हुन्। उनले कार्यक्रमको तत्काल अनुगमन गरी दोषिलाई कारवाही गर्न बैठकमा उपस्थित सचिवलाई निर्देशन नै दिए। उनले भने, ‘गुुणस्तरहिन निर्माण सामाग्री प्रयोग भएको पाइए ठेकेदार र कर्मचारीलाई कारवाही गर्छौं । एक इन्च पनि गुणस्तरहीन काम शहरी विकास मन्त्रालयले गर्दैन।’ उनले स्थानीयको अवरोध तथा स्थान अभावका कारण मुलुकका विभिन्न शहरमा निर्माण गर्ने भनिएको ल्याण्डफिल्ड साइट निर्माणको काम रोकिएको स्पष्ट पारिन्। अधिकतम सहमति अनुसार नै मन्त्रालयले कम
बाघले आक्रमण गर्दा  एक वृद्धको मृत्यु

बाघले आक्रमण गर्दा एक वृद्धको मृत्यु

बर्दिया भदौ ८ । बर्दियामा फेरी पाटे बाघको आक्रमणबाट आज विहान एक जनाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्यांकी नजिक ७० वर्षीय वृद्ध पहरिया थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। आइतबार बिहान ७ बजेतिर करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला बाघले आक्रमण गरी घिसारेर लैजाँदै गर्दा छिमेकी महिलाहरूले होहल्ला गरेपछि छाडेर गएको स्थानीय देवीराम दहितले बताए। बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको पाटे बाघको आक्रमणबाट वृद्ध थारूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनास्थल नजिक रहेको एउटा घरको बरण्डामा बिहान ४ बजेतिर बाघ देखेको समेत स्थानीयले बताएका छन्। घर नजिक रहेको निकुञ्ज भित्रबाट बिहानै पाटे बाघले आक्रमण गरेपछि स्थानीय त्रसित बनेका छन्। चार दिन अघि बिहीबार दिउँसो पनि बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको ब
आन्दोलित डाक्टरको राजिनामा स्वीकृत: अब प्रतिष्ठानमा डाक्टर शुन्य

आन्दोलित डाक्टरको राजिनामा स्वीकृत: अब प्रतिष्ठानमा डाक्टर शुन्य

नवीन अभिलाषी दाङ, भदौ ८ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २३ वटा डाक्टरहरुलाई सेवाबाट निकालेको छ । गत विहिबार बेलुका सामुहिक राजिनामा दिएका डाक्टरहरुले आइतबार विहान २४ घण्टे अल्टिमेटम दिदै राजिनामा स्वीकृत गर्न या काममा फर्किने बाताबरण बनाउन ज्ञापन पत्र बुझाएका थिए । तर प्रतिष्ठानले राजिनामा दिएका २३ जना चिकित्सकहरुको राजिनामा स्वीकृत गरेको छ । प्रतिष्ठानका लागि सरकारी डाक्टरहरुलाई मन्त्रालयले व्यवस्थापन गर्ने गरी फिर्ता पठाएको छ, भने प्रतिष्ठान आफैले नियुक्त गरेका डाक्टरहरुको करार सम्झौता भंग गरेको छ । प्रतिष्ठानको उपकुलपतिको रवैयाबाट जिल्ला देखि केन्द्रसम्मको स्वास्थ्य क्षेत्रमा तरंग मच्चिएको अवस्थामा अब डाक्टर आउने र टिक्ने सम्भावना कम भएकाले जनताले उच्च आसा राखेको प्रतिष्ठान स्वास्थ चौकीमा रुपान्तरण हुन पुगेको छ । यस सँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरहरुक
बंगलादेशमा २ लाख रोहिंग्या शरणार्थी सडकमा उत्रिए

बंगलादेशमा २ लाख रोहिंग्या शरणार्थी सडकमा उत्रिए

काठमान्डौ भदौ ८ । बंगलादेशमा रोहिंग्या समुदायले आफ्नो विस्थापनको दोस्रो वार्षिकी मनाउँदैछ । आइतबार २ लाखजति मानिस सडकमा ओर्लिएर म्यानमार जान पाउनुपर्ने भन्दै प्रदर्शन गरे । बंगलादेशको कक्स बजारस्थित कुतुपालोङ क्याम्पबाट उनीहरुले शान्तिपूर्ण रुपमा आन्दोलन निकालेका हुन् । बालबालिका, महिला समेत उल्लेख्य मात्रामा सहभागी भएको उक्त प्रदर्शनमा ‘भगवान महान छन्, रोहिंग्या जिन्दावाद १’ जस्ता नारा लगाइएका थिए । संसारकै अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्या वर्षौँदेखि स्थायी बसोबास र नागरिकताका लागि आन्दोलन गर्दैआएको छ ।
सेती नदीले लियो ७ को ज्यान

सेती नदीले लियो ७ को ज्यान

डोटी, भदौ ८। डोटीमा बग्ने सेती नदीले गएको वैशाख महीनायता ७ जनाको ज्यान लिएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाखयता मात्रै सेती नदीमा नुहाउने क्रममा ७ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । करीब ३९ वर्षअघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी ‘पश्चिम सेती’ का नामले चर्चामा रहेको डोटीको सेती नदीले वर्षेनी यहाँका स्थानीयवासीको अकालमै ज्यान लिने गरेको छ । पाँच महीनामा ७ जनाको सेती नदीकै कारण ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार जेठ ३ गते जिल्लाको केआइसिंह गाउँपालिका-५ का ३८ वर्षीय लोकेन्द्र बहादुर रावलको यो वर्षकै पहिलो व्यक्तिका रूपमा सेती नदीमा डुबेर मृत्यु भयो । शिखर नगरपालिका-२ कालागाडमा रहेको धार्मिक तीर्थस्थल सालमुनिमा पूजा गर्ने क्रममा नुहाउँदै गर्दा नदीमा बेपत्ता भएको उनको शव ९