Victoria College Dang

Dangkhabar – दाङ खबर
Global Luja Dang

Author: Dangkhabar

आज जनै पूर्णिमा दाङसहित देशभर धुमधामसँग मनाइदै

आज जनै पूर्णिमा दाङसहित देशभर धुमधामसँग मनाइदै

दाङ साउन ३० । आज जनै पूर्णिमा मनाइदैछ । आजको दिन हिन्दु धर्मालम्बीहरुले स्नान गरी शुद्ध भई पूजाआजा गर्छन् । पुरुषहरुले जनै फेर्ने चलन छ । जनैपूर्णिमान धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन मानिन्छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू(पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो ९६ सूते धागोलाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्
यस्ताे छ २०७६ साल  साउन ३० गते बिहिबारको राशिफल

यस्ताे छ २०७६ साल साउन ३० गते बिहिबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुविधा उत्पन्न हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । साँझपख शुभ समाचार आउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । शत्रु पराजित हुनेछन् । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । अनावश्यक यात्रा हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक तथा संस्कृति क्षेत्रमा रुची बढ्नेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ
विषालु सर्पकाे टोकाइबाट सुकमायाको मृत्यु

विषालु सर्पकाे टोकाइबाट सुकमायाको मृत्यु

बुटवल साउन २८ । रुपन्देहीको सैनामैनामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्रबहादुर थापाले जानकारी दिए । सोमबार विहान दाँत माँझ्दै घरको छेउँमा हिँडेकी सुकमायालाई एक्कासी खुट्टाको औँलामा विषालु सर्पले डसेको हो ।गम्भीर घाइते अवस्थामा रहेकी उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका लागि पठाउँदा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । अधिक गर्मी बढेसंगै सैनामैना लगायत अन्य ठाउँमा विषालु सर्पको बिगविबगी हुन थालेको छ ।
दाङमा मुख्य बजारमा कपडा बैंक स्थापना

दाङमा मुख्य बजारमा कपडा बैंक स्थापना

दाङ, साउन २७ । दाङका प्रमुख वजारमा कपडा बैंक सञ्चालनमा आएका छन् । जिल्लाका घोराही, तुलसीपुर वजारमा कपडा बैंक सञ्चालनमा आएका हुन् । गरिब, दुःखी र असहायहरुलाई राहत दिने उद्देश्यले सञ्चालनमा आएका कपडा बैंकहरुमा भिडभाड बढ्न थालेको छ । कपडाको पहुँचबाट बञ्चित भएकाहरुलाई मध्यनजर गरी गत मंगलबारदेखि तुलसीपुर वसपार्कमा कपडा बैंक सञ्चालन ल्याएको सहायता केन्द्रका अध्यक्ष भिमसेन लहरेले जानकारी दिनुभयो । कपडा बैंकमा दैनिकजसो कपडा लैजानेकरुको भिडभाड बढ्न सुरु भएको बताउनुभयो । बिहिबारसम्म झण्डै चार सय जनाले निःशूल्क कपडा लिएको अध्यक्ष लहरेले जानकारी दिनुभयो । असहायका लागि युवाहरुले गरेको कार्यको चौतर्फि सह्राहना भइरहेको छ । कपडा बितरण गर्न वसपार्क पुग्नुभएका तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले समाज सेवाको गत्तिलो उदाहरण सहायता केन्द्र भएको बताउनुभएयो । ‘युवा व्यवसायीहरुको उदाहर
गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

दाङ, साउन २६ । दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करिव १२स्४५ को समयमा आगजनि भएको हुन सक्ने अनुमान गरिएको छ । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो ईलाका प्रहरी कार्यालय कमिरेचौरले र स्थानीयहरुले नियन्त्रणमा लिएका छन् । प्रहरी कार्यालयका सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले नियन्त्रणमा लिएको शई शर्माले बताउनु भयो । गाडी बंगलाचुली गाउँपालिका वडा नं ५ को कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरी राखिएको थियो । फाइल फाेटाे
त्रिशूली दुर्घटना अपडेट

त्रिशूली दुर्घटना अपडेट

धादिङ साउन २४ । शुक्रबार बिहान धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । मोडमा पुगेपछि घुमाउन खोज्दा बस झण्डै एक सय मिटर तल त्रिशूली नदीमा खसेको थियो । सर्लाहीका ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम र ठेगाना नखुलेको एक जना पुरुषको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमाव वैदवारले बताउनुभयो । यसैगरी नदीले बगाएर ल्याउँदै गरेको अवस्थामा मुग्लिन नजिकैबाट २ जनाको शव प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका अन्य १६ जनाको उपचार भैरहेको छ । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी, र ट्रमा सेन्टर काठमाण्डौमा उपचार भैरहेको छ । गजुरी अस्पताल धादिङमा उपचारपछि डिस्चार्ज भएकाहरु १.सर्ला
कार्यालय तोडफोड गरी ११ लाख चोरी

कार्यालय तोडफोड गरी ११ लाख चोरी

प्यूठान साउन २४ । ऐरावती बहुउद्देश्यीय साना किसान सहकारी संस्थाको ११ लाख ४५ हजार रुपैयाँ चोरी भएको छ। सरुमारानी गाउँपालिका- ४ बडडाँडास्थित सहकारीको भवन तोडफोड गरी बिहीबार राति उक्त रकम चोरी भएको हो। रातिको समयमा कार्यालय भवनको ढोका फोरेर बक्सभित्र राखिएको उक्त रकम चोरी भएको सहकारीका व्यवस्थापक रेवतप्रसाद खनालले जानकारी गराए। साँझपख सहकारीमा भएको खरिद बिक्री र रेमिट्यान्सबाट संकलन गरेर राखिएको रकम चोरी भएको उनको भनाइ छ। गाउँपालिका कार्यालय नजिकै रहेको उक्त सहकारीको क्षेत्रमा सीसी क्यामरा र सडक बत्ती समेत जडान गरिएको छ। 'बैंकमा इन्टरनेट आउने जाने हुँदा पैसा जम्मा गर्न पाएको थिएनौँ, 'खनालले भने, 'बिहान कार्यालय खोल्दा तोडफोड गरेर पैसा चोरी भएको देखियो।' चोरीको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सर्पले टोकेर दुई बालबालिकाको मृत्यु

सर्पले टोकेर दुई बालबालिकाको मृत्यु

दाङ, साउन २४ । गत सुतिरहेको बेला दाङ्गमा सर्पले टोकेर दुई बालबालिकाको मृत्यु भएको छ । राजपुर गाउँपालिका ७ भौवानाका शेरबहादुर सार्कीकी १३ वर्षीया छोरी करिष्मा सार्की र ११ बर्षिय छोरा सुजु सार्कीको मृत्यु भएको हो । उनीहरुलाई उपचारका लागि भारतको बहराइच जिल्ला सिरिसया लागिइको र उपचारकै क्रममा आज मृत्यु भएको जानकारी आएको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले बताए।
दाङमा मकै उत्पादन घट्दै

दाङमा मकै उत्पादन घट्दै

टोपेन्द्र रोका मगर दाङ, साउन २४ । खाद्यान्नका रुपमा बढी प्रयोग हुने मकैको उत्पादन दाङ जिल्लामा घट्दै जान थालेको छ । जिल्लामा बोटैबाट मकै बिक्रि हुने अवस्था रहे पनि मकै खेतीतर्फ भने कृषक आकर्षित हुन नसकेको कृषि ज्ञाण केन्द्र दाङले जनाएको छ । भारतबाट मात्रै लगभग ७० प्रतिशत मकै नेपाल आउने गरेको भन्दै कार्यालयले विभिन्न प्रयास गर्दा पनि कृषकलाई मकै खेती तर्फ आकर्षित गर्न नसकेको जनाएको छ । सरकारले सुपर जोन मकै, व्लक मकै खेतीलगायत पकेट मकै खेतीका नाममा कृषकलाई मकै खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम लिए पनि यो प्रभावकारी नदेखिएको कार्यालयका सहायक सूचना अधिकृत फिर्तुमान चौधरीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷०७३ देखि २०७५÷०७६ सम्मको तथ्यांकलाई हेर्दा झण्डै आधा मेक्ट्रिकटनले मकैको उत्पादन घटेको छ । मकै खेती गर्ने जमिन त्यति धेरै नघटेपनि उत्पादन भने धेरैले घटेको पाइएको चौधरीले जानकारी दिनुभय
वडाध्यक्षलाई कामको चाप

वडाध्यक्षलाई कामको चाप

काठमाडौँ, साउन २४ । प्रदेश ५ को सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–५ का वडा अध्यक्ष यमकुमार बस्नेतको वडा कार्यालयदेखि गाउँपालिका केन्द्रसम्मको दूरी २९ किलोमिटर छ । वडा कार्यालयदेखि केन्द्रसम्म पुग्न उहाँलाई मोटरसाइकलमा नै तीनदेखि चार घण्टा लाग्छ । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकार सञ्चालन ऐनले वडा अध्यक्षलाई प्रदान गरेको दोहोरो जिम्मेवारीले सेवा प्रवाह गर्न कठिन भएको छ । ” वडा अध्यक्षले कार्यालयमै बसेर नियमित कार्य सम्पादन गर्नुपर्छ । वडा अध्यक्ष स्थानीय तहको कार्यकारिणी सदस्य पनि हो । त्यहाँ पनि कार्यकारिणी जिम्मेवारी हुन्छ । पालिकाको कार्यकारिणी सदस्य र विषयगत समितिको संयोजकको समेत जिम्मेवारी हुँदा वडा अध्यक्षलाई कामको चाप उच्च भएको हो । वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “ऐनले दिएको जिम्मेवारी त छँदै छ, त्यसमा पनि समाजमा हल्कारादेखि न्यायाधीशसम्मको काम गर्नुपर्ने हुँदा कामको चाप अत्यधिक
Open

Expert Education Dang

Close