तुलसीपुरलाई कला नगरी बनाउँछौ–प्रमुख पाण्डे – दाङ खबर
Global Luja Dang

तुलसीपुरलाई कला नगरी बनाउँछौ–प्रमुख पाण्डे

MadanBhandari College

शरद रेग्मी
दाङ, भदौ ४ । चलचित्र पत्रकार संघ दाङको वार्षिकोत्सव तथा वृहत सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा संघले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका छन् ।

विष्णु चलचित्र मन्दिरमा भएको कार्यक्रममा नायक पल शाह, वरिष्ठ रंग पत्रकार शान्ति प्रिय, चर्चित गायक कृष्ण काफ्ले, गायिका साहिमा श्रेष्ठ, संगीतकार सन्तोष श्रेष्ठ, गीतकार एवं सञ्चारकर्मी लोकराज अधिकारीलगायतका कालाकारहरुले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई चलचित्र नगरका रुपमा विकास गरिने बताउनु भयो ।

दाङ विश्वको सबै भन्दा ठूलो उपत्यका भएकाले यहाँ चलचित्र क्षेत्रका लागि पनि उपर्युक्त स्थान भएको उहाँले बताउनु भयो । जिल्लाको चलचित्रको विकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले बताउनु भयो । चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले दाङलाई चलचित्रको माध्यमबाट समृद्ध बनाउन सकिने बताउनुभयो । दाङमा चलचित्र निर्माण गर्न उपर्युक्त भएकाले यहाँको विकासमा चलचित्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । यस विषयमा पत्रकाहरुले पनि कलम चलाउनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा रंग पत्रकार शान्ति प्रिय, राप्ती समाचार दैनिकका प्रकाशक संगीत बस्याललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गर्नुभएको थियो । त्यस अवसरमा देवलोचन पत्रकारिता पुरस्कारबाट शिव पुनलाई ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार समेत प्रदान गरिएको थियो । त्यस्तै चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट शान्ति प्रिय, चलचित्र पत्रकार संघ, कलाकारिता सम्मानबाट नायक पल शाह र चलचित्र पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याएको भन्दै सल्लाहकार शरद रेग्मीलाई युवा पत्रकारिता सम्मानबाट सम्मान गरिएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close