राष्ट्रिय जनमोर्चाको संगठन सुदृढिकरण अभियान जारी – दाङ खबर
Global Luja Dang

राष्ट्रिय जनमोर्चाको संगठन सुदृढिकरण अभियान जारी

Birala Tyre Dang

तुलसीपुर, साउन ३१ । राष्ट्रिय जनमोर्चाले संगठन सुदृढिकरण तथा सदस्यता वितरण कार्यक्रमलाई जारी राखेको छ । अभियानका क्रममा जनताका अभिब्यक्तिहरुलाई समेत सुन्दै सदस्यता वितरण र सुदृढीकरण कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला अध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

त्यसअबसरमा संघीयता नेताहरुले जनताको लागि होइन आफ्नो र पराइको स्वार्थ पुर्तीको लागि ल्याएको, सरकारलाई कर तिर्न नसक्ने लगाएका कुराहरु राखेका थिए । राष्ट्रिय जनमोर्चा दाङको घरदैलो तथा सदस्यता अभियान को क्रममा जनताहरुले अहिलेको सरकार प्रति असन्तुसष्ट जनाए ।

पार्टीका जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्व भएको अभियानमा जिल्ला कोषाध्यक्ष श्यामलाल पोख्रेल, सहसचिव ऋषिराम पौडेल, नगर सचिब दुर्गा भण्डारी, सदस्य नारायण भण्डारी, नुमलाल शर्मा, निमलाल शर्मा, सन्तोष भण्डारी लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close