Victoria College Dang

पहिरोले पुष्पलाल लोकमार्ग अवरुद्ध – Page 2018 – दाङ खबर

पहिरोले पुष्पलाल लोकमार्ग अवरुद्ध

MadanBhandari College

दीपकसंगम थापा,
रुकुम साउन १८ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने रुकुम पश्चिमको मुसिकोटदेखि चौरजहारीसम्मको यातायात सेवा अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै सडकखण्डको विभिन्न ठाउँमा झरेको पहिरोका कारण दुई हप्तादेखि यातायात सेवा अवरुद्ध भएको छ । सडक खण्डमा झरेको पहिरोले मुसिकोट–चौरजहारी तथा चौरजहारी–मुसिकोटका लागि चल्ने नियमित यातायात सेवा ठप्प भएको छ । प्रत्येक दिन साना तथा ठूला सवारी साधनहरु चल्ने गरेको यस सडकखण्डमा यातायात सेवा नै अवरुद्ध हुँदा यात्रुहरुलाई ठूलो समस्या भएको छ ।

वर्षाले सडक अवरुद्ध हुँदा काम विशेषले सदरमुकाम आउने र फर्किने गरेका धेरैजसो यात्रुहरु पैदल हिंड्न बाध्य बनेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत चौरजहारी नगरपालिकाको वडानम्वर–८ को ढुङ्गेखानी र गोइरीज्यूला तथा सानोभेरी गाउँपालिकाको अधिकांश सडकखण्डको भूभागमा पहिरो झर्दा यातायात सेवा अवरुद्ध भएको हो । वर्षा रोकिएको अवस्थामा भने मुसिकोटबाट चाइनाबगरसम्मका लागि केही साना जीपहरु फाट्टफुट्ट चल्ने गरेका छन् ।

मुसिकोटदेखि चौरजहारीसम्मको ४६ किलोमिटर दूरी रहेको उक्त सडकखण्डको धेरैजसो भूभागमा पहिरो झर्दा तीब्र गतिमा निर्माण भइरहेको मध्यपहाडी लोकमार्ग सडकखण्डको काम समेत प्रभावित बनेको छ । वर्षाका कारण प्रभावित बनेको यस मध्यपहाडी लोकमार्गको काम आगामी दुई वर्षभित्रै सम्पन्न गर्ने बताइएको छ ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्