अभिव्यक्ति स्वतन्त्रताको उपहास गर्न लागेको भन्दै सरकारको निन्दा – दाङ खबर
Global Luja Dang

अभिव्यक्ति स्वतन्त्रताको उपहास गर्न लागेको भन्दै सरकारको निन्दा

MadanBhandari College

सुशील बस्नेत,
दाङ, असार १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकारले अवलम्वन गर्न थालेको कतिपय नीतिहरु र प्रदर्शन गर्न थालेको स्वतन्त्रता विरोधी आचरणको मानव अधिकार तथा शान्ति समाजले निन्दा गरेको छ ।

शान्ति समाजले आइतबार विज्ञप्ति जारी गरी शान्तिपूर्वक भेला हुन पाउने स्वतन्त्रता र सद्भावपूर्ण विचार अभिव्यक्तिको स्वतन्त्रतालगायतका संवैधानिक अधिकारका बिरुद्ध पछिल्लो समय गरेका केही सरकारी निर्णयहरु आपत्तिजनक भएको उल्लेख गरेको छ । २०७५ साउन १ गतेदेखि लागू हुने गरी सरकारले तोकिएको प्रदर्शन स्थल बाहेक अन्यत्र धर्ना र प्रदर्शन गर्न बन्देज गरी शान्तिपूर्वक भेला हुन पाउने नागरिकको मौलिक हकप्रति अनुदार बन्दै गएकोप्रति शान्ति समाज गम्भीर चासो व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक स्थलहरुलाई निशेधित क्षेत्र घोषणा गरेर नागरिक अधिकार कुण्ठित पार्ने सरकारको निर्णय निन्दनीय छ ।’

समाजका केन्द्रिय सभापति गंगाधर अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सदैव लोकतान्त्रिक मुल्य, कानुनी शासन र नागरिक स्वतन्त्रताप्रति गम्भीर र प्रतिवद्ध बन्न सरकारलाई शान्ति समाज आग्रह गर्दछ ।’ यसै सिलसिलामा स्वास्थ्य क्षेत्र सुधारलगायतका माग राखी पटक–पटक अनसन बस्दै आउनुभएका सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसी १५ औँ पटक अनसनका क्रममा जुम्ला पुग्दा गत असार १६ गते दिउँसो बाटोबाटै प्रहरीले पक्राउ गरेको घटनाप्रति मानव अधिकार तथा शान्ति समाज निन्दा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘एक सत्याग्रहीलाई निर्मम तवरले नियन्त्रण गरिनुलाई शान्ति समाजले क्रुरता ठानेको छ । न्यायको पक्षमा आवाज उठाउने सत्याग्रहीप्रति शान्ति समाजले सद्भाव र ऐक्यवद्धता व्यक्त गर्दै डाक्टर शीघ्र रिहाइको माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारका पछिल्ला निर्णय एवं नीतिहरु निरंकुशतातर्फ उन्मुख एवं हिंसा र विष्फोटन गर्नेहरुप्रति नरम, अहिंसा र सत्याग्रहीप्रति क्रुर हुँदै गएको अवस्थाप्रति शान्ति समाज घोर निन्दा गर्दछ ।’

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close