Victoria College Dang

वडानम्वर ७ को कार्यालय भवनको शिलान्याश – Page 2018 – दाङ खबर

वडानम्वर ७ को कार्यालय भवनको शिलान्याश

MadanBhandari College

घोराही, बैशाख २८ । घोराही उपमहानगरपालिका वडानम्वर–७ को वडा कार्यालय भवनको शुक्रबार शिलान्याश गरिएको छ । वडाध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले भवनको शिलान्याश गर्नुभएको हो ।
भवनको शिलान्याश गर्दै मेयर चौधरीले वडा कार्यालयको भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताउनुभयो । उपमहानगरपालिकाको भ्याट बाहेक ५७ लाख रुपैयाँको लागतमा भवन निर्माण हुन थालेको छ । भवन निर्माणको जिम्मा जयमा स्वर्गद्वारी निर्माण सेवाले लिएको छ ।

तीन वटा कोठा, एउटा हल, शौचालय तथा पर्खाल सहितको भवनको निर्माण कार्य आगामी असोजसम्म सम्पन्न हुने निर्माणका कम्पनीका बसन्त कुँवरले जानकारी दिनुभयो । भवनको अभावमा अहिले वडा कार्यालय सौडियारमै ले चार वटा कोठा भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्