निरिह बन्याे दक्षिण कोरिया : स्वीडेन शीर्ष स्थानमा – दाङ खबर
Global Luja Dang

निरिह बन्याे दक्षिण कोरिया : स्वीडेन शीर्ष स्थानमा

Birala Tyre Dang

एजेन्सी, असार ४-स्वीडेनले रुसमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ। सोमबार एसियाली राष्ट्र दक्षिण कोरियालाई १— ० ले हराउँदै स्वीडेनले विजयी सुरुवात गरेको हो।

नोवगोरोड़ स्टेडियममा भएको खेलमा स्वीडेनले पेनाल्टीमा गोल गर्दै कोरियालाई रोकेको हो। स्वीडेनका लागि कप्तान एन्डे्रस ग्रान्कभिस्टले ६५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

दक्षिण कोरियाका किम मिन वुले स्वीडेनका भिक्टरलाई पेनाल्टी बक्समा लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा रेफ्रीले स्वीडेनलाई पेनाल्टी दिएको हो ।  योसँगै समूह एफबाट स्वीडेनले ३ अंक जोडेको छ। समूहमा मेक्सिकोको पनि समान ३ अंक जोडेको छ । मेक्सिकोले जर्मनीलाई आइतबार १ – ० ले स्तब्ध बनाएको थियो।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close