निर्वाचन प्रणाली सुधार नभए लोकतन्त्र बलियो हुन्न-आयुक्त शाह – दाङ खबर
Global Luja Dang

निर्वाचन प्रणाली सुधार नभए लोकतन्त्र बलियो हुन्न-आयुक्त शाह

MadanBhandari College

नवीन अभिलाषी,
दाङ, असार ४ । देशमा निर्वाचन प्रणालीमा सुधार नआए देशको शासकिय संरचना र व्यवस्थामा परिवर्तनको आशा गर्न नसकिने सरोकारवालाले बताएका छन् । राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी तथा निर्वाचनसँग सरोकारवाला व्यक्तिका लागि जिल्ला निर्वाचन कार्यालय दाङले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले देशको निर्वाचन प्रणालीलाई सुधार गर्न सुझाव दिए ।

कार्यक्रममा निर्वाचन आयुक्त सुधिरकुमार शाहले निर्वाचन आयोगलाई शसक्त र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । निर्वाचनसँग सम्बन्धित धेरै आचारसंहिताहरु कार्यान्वयनमा दलहरुको उदासिनता रहेको भन्दै कानुन कार्यान्वयनका लागि राजनीतिक दलहरुले ध्यान दिन आवश्यक रहेको उहाँको भनाई छ । केहि समस्याहरु निर्वाचन सम्बन्धी कानुनले गर्दा भएको भन्दै उहाँले उम्मेदवारी दर्ता गदाए सम्पत्ती विवरण बुझाउनु नपर्ने भएकाले पछि त्यो विषयमा काम गर्न समस्या भइरहेको उहाँको भनाई छ । उहाँले उम्मेदवारहरुले निर्वाचन खर्च नबुझाउने गरेको बताउनुभयो ।

निर्वाचन आयुक्त शाहले एक वर्षको अवधीमा ८ वटा निर्वाचन सम्पन्न गर्नु भनेको सानो कुरा नभएको भन्दै सामान्यतया एउटा निर्वाचन गर्नका लागि कम्तीमा एक वर्षदेखिको तयारी आवश्यक पर्ने बताउनुभयो । उहाँले विश्वका देशहरु भन्दा नेपालको निर्वाचन प्रणाली कमजोर रहेको पनि बताउनुभयो । त्यसको पछाडि नेपाली सामाजिक मनोविज्ञान रहेको उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा जिल्ला न्यायाशीस हेमन्त रावलले निर्वाचन प्रणालीको विकास र सुधारका लागि ध्यान दिनुपर्ने बताउनु भयो । निर्वाचन प्रणालीमा सुधार नभए देशको साशकिय स्वरुपमा सुधार नहुने र जनताले कल्पना गरे जस्तो लोकतन्त्रको प्रत्याभुति गर्न नसकिने उहाँको भनाई छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पछिल्लो समय भएका निर्वाचन जिल्लामा सफल रुपमा सम्पन्न भएको भन्दै सबै सरोकारवाला निकायहरुले निर्वाचनलाई अझै मर्यादित बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, मानवअधिकारकर्मी केशवकुमार शर्मा, शुष्मा गिरी, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यलगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा निर्वाचन आचारसंहिताको सिद्धान्त र नेपालमा यसको प्रयोगको बारेमा निर्वाचन आयोगका उपसचिव कृष्णराज खनालले प्रस्तुती राख्नुभएको थियो भने निर्वाचन तथा राजनीतिक दल सम्बन्धी विवाद निरुपण, राजनीतिक दल व्यवस्थापनलगायतको विषयमा पनि अन्तत्र्रिmया गरिएको थियो । जिल्ला निर्वाचन कार्यालयमा प्रमुख कमलमणी देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्लाका राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, पत्रकारहरुको सहभागीता रहेको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close