Victoria College Dang

बालविवाह गर्नेलाई स्कुलमा प्रतिबन्ध – दाङ खबर
Global Luja Dang

बालविवाह गर्नेलाई स्कुलमा प्रतिबन्ध

MadanBhandari College

साल्यान साउन २९ । सल्यान जिल्लाको एक स्कुले बालविवाह गर्नेलाई स्कुमा प्रतिबन्ध लगाएको छ । शिद्दकुमाख गाउँपालिकामा रहेको निराजन मावि ढोर चौरले विद्यालयमा पढ्ने विद्यार्थीले बालविवाह गरे विद्यालयमा पढ्न नपाउने गरि रोक लगाएको हो । बालविवाह सवन्धी थालेको अभियानले बालविवाह न्युनिकरण नभएपछि प्रतिबन्ध लगाएको विद्यालयले जनाएको छ ।

पढ्ने उमेरमा बालविवाह गरि सानै उमेरमा विभिन्न समस्या भोग्दै आएका विद्यार्थीलाई लक्षित गरि यो निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले जानकारी दिनुभयो । यो अभियानले बालविवाह न्युनिकरण हुन थालेको विद्यार्थी तथा अभिभावकले बताउने गरेका छन् ।

चार वर्षदेखि निरन्तर बालविवाह न्युनिकरणमा लागेको यस विद्यालयलाई जिल्ला अदालत सल्यानले पुरस्कृत समेत गरिसकेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close