Victoria College Dang

सुनको भाउ घट्योे – दाङ खबर
Global Luja Dang

सुनको भाउ घट्योे

MadanBhandari College

काठमाण्डौ साउन २९ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुन तोलाको ७१ हजार रुपैयाँ पुगेकोमा आज बुधबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ७० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अमेरिकाले चिनियाँ सामानमा आउँदो महिनादेखि बढाउने भनेको कर कार्यान्वयनमा ढिलाइ गर्ने भएपछि अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको भाउ केही घटेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन बुधबार प्रति औँस १५ सय डलर छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपछि नेपालमा पनि केही कम भएको हो । यस्तै, चाँदी बुधबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close