Victoria College Dang

प्रदेश लोकसेवा आयोगको मुकाम बुटवलमै – Page 2019 – दाङ खबर

प्रदेश लोकसेवा आयोगको मुकाम बुटवलमै

MadanBhandari College

प्रकाश आचार्य बुटवल साउन २९। प्रदेश लोकसेवा आयोगको मुकाम बुटवलमै रहने भएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश लोकसेवा आयोगको मुकाम बुटवललाई तोक्नेलगायतका आठ बुँदे निर्णय गरेको हो ।

प्रदेश सरकारले व्यावसायिक तथा सीप विकास तालिमकेन्द्र बाँके र दाङ तथा रोजगार सूचनाकेन्द्र बुटवलमा कार्यरत अस्थायी कर्मचारीको सेवा अन्त्य गर्ने निर्णय गरेको छ । भने पेन्सन प्राप्त स्थानीय तहका जनप्रतिनिधिले दाहोरो सुविधा पाउने गरी स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन,२०७५ संशोधन गर्ने विधेयकलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

बैठकले सामाजिक विकास मन्त्रालयले पेस गरेको सेवाकेन्द्र तथा पुनस्र्थापनाकेन्द्र स्थापना र सञ्चालन तथा सेवा तथा पुनःस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ सम्बन्धमा तयार गरिएको अवधारणापत्रलाई पनि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । त्यसैगरी, बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पेस गरेको बजार नियमन तथा प्रतिष्पर्धा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा पत्र स्वीकृत गरेको छ ।

प्रदेश विश्वविद्यालय स्थापना र प्रदेशअन्तर्गत सञ्चालन हुने उच्च शिक्षासम्बन्धी शैक्षिक संस्थाको नियमन गर्न उच्च शिक्षा नीति सम्बन्धमा बन्ने विधेयकको बारेमा तयार पारिएको अवधारणा पत्रलाई पनि स्वीकृति प्रदान गरेको छ ।

बैठकले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको केन्द्र परिवर्तन गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय गर्नुका साथै सडक दुर्घटनामा परी मृत्यु भएका प्रदेशसभा सदस्य उत्तरकुमार वलीको परिवारलाई प्रदेशसभा सचिवालयमार्फत बिमावापतको १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

                                                                                                                                                    राजधानी दैनिकबाट

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्