Victoria College Dang

मेयर आफै खटे वसपार्क सरसफाईमा – Page 2019 – दाङ खबर

मेयर आफै खटे वसपार्क सरसफाईमा

MadanBhandari College

तुलसीपुर साउन २९ । तुलसीपुर उपमहानगरपालिका वसपार्क जाने मुख्य सडकमा मंगलवार विहान मेयरदेखि विभिन्न क्षेत्रका व्यक्तिहरु सरसफाईमा सक्रिय भएका थिए । नयाँ वसपार्क निर्माणको अन्तिम चरणमा रहेको तर पुरानो ठाउँमा सरसफाई नभएको गुनासो आएपछि नगरप्रमुख पाण्डे सहित विभिन्न क्षेत्रका व्यक्तिहरु आफै खटेर सरसफाईमा लागेका थिए । वसपार्क आसपासमा रहेका विभिन्न गुटखा, सुर्तिजन्य वस्तुका खोलहरुका साथै वन्द अवस्थामा रहेको नाला समेत सरसफाई गरिएको थियो ।

कार्यक्रममा सरसफाई पश्चात वोल्दै नगरप्रमुख पाण्डेले एउटाले फोहोर र अर्काले सफा गर्ने प्रवृत्तिको अन्त्य गर्नु आवश्यक भएको वताए । सचेत मानिसले समेत जथाभावि फोहोर गर्ने गरेको वताउँदै सरसफाईका लागि जरिवाना नै लागु गर्न उपमहानगरपालिका वाध्य भएको उनको भनाई थियो । “डस्टविन खाली छ तर वाटोमा फोहोर छ यस्तो पनि हुन्छ ?” उनले भने । उपमहानगरपालिकाले सरसफाई गरेर मात्रै वजार सफा हुन नसक्ने वताउँदै उनले जनता नै सचेत भएर लाग्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा सरसफाई समिति संयोजक नवराज लामिछानेले सरसफाई अभियानमा जनताको साथ आवश्यक रहने कुरामा जोड दिए । सरसफाई अभियानमा तुलसीपुर उद्योग वाणिज्य संघ,तुलसीपुर नगर जेसिज, रोटरी क्लव, रोट्रयाक्ट क्लव, लायन्स क्लव, भुतपूर्व प्रहरी संगठन लगायतको सहभागिता रहेको थियो ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्