Victoria College Dang

जंगली च्याउ खाँदा महिलाको मृत्यु – दाङ खबर
Global Luja Dang

जंगली च्याउ खाँदा महिलाको मृत्यु

MadanBhandari College

जाजरकोट साउन २९ । जंगली च्याउ खाँदा जाजरकोटमा एक महिलाको मृत्यु भएको छ। बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० वर्षीया मनमाया कुमाईको मृत्यु भएको हो।

सोमबार च्याउ खाएर बेहोस भएकी उनलाई उपचारका लागी जाजरकोट अस्पताल ल्याइएको थियो। अवस्था गम्भीर भएपछि थप उपचारका लागी नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहेलकुनामा मंगलबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

जंगलमा पाइने च्याउ पकाएर खाएका उनीसहित घरका तीन जना बिरामी परेका थिए। अन्य दुई जनालाई घरेलु उपचारपछि सञ्चो भएको छ। विशालु च्याउ खाँदा कुमाईको मृत्यु भएकोले चिकित्सकले जनाएका छन्।
                                                                                                                                             अन्नपूर्ण पोष्टबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close