Victoria College Dang

सद्धार्थ टोलको प्रथम सधारण सभा सम्पन – दाङ खबर
Global Luja Dang

सद्धार्थ टोलको प्रथम सधारण सभा सम्पन

MadanBhandari College

दाङ साउन २८ । घोराही उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको सिद्धार्थ टोल विकास संस्थाको प्रथम साधारणसभा सम्पन भएको छ । टोल विकास संस्थाका अध्यक्ष शिवपुर्ण आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिका ११ का अध्यक्ष कुलबहादुर लामिछानेको प्रमुख आतिथ्यता कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वडा अध्यक्ष लामिछानेले टोल बिकास संस्थाले बिकास निमार्णको कार्य मात्र नभई सचेतना मुलक काम पनि गर्नुपर्ने बताउनुभयो । बाल बिबाह, बहु बिबाह, बलात्कार जस्ता सामाजिक बिकृति अन्त्य कामहरुलाई रोक्न टोल बिकास संस्थाको भुमिका रहेने उल्लेख गर्नुभयो ।

संस्थाले मासिक बैठकबाट प्रतिब्यक्ति एक सय रुपैयाँ उठाउदै बचत र लगानी गर्दै आएको छ भने सरफाई, बृक्षारोपण जस्ता कार्य पनि गर्दै आएको जनाएको छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष द्रोपता केसीले गत आर्थिक वर्ष २०७५÷७६ को आर्थिक प्रतिबेदन र सचिब अरुण लामिछाने प्रगति प्रतिबेदन प्रस्तुत गर्नभएको थियो ।।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close