Victoria College Dang

सुनको भाउ फेरि बढ्यो: तोलाको ७१ हजार – दाङ खबर
Global Luja Dang

सुनको भाउ फेरि बढ्यो: तोलाको ७१ हजार

MadanBhandari College

काठमाण्डौ साउन २८ । सुनको भाउ आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ । मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन् । पोहोर यो बेलामा दैनिक ५० किलोभन्दा धेरै माग हुने गरेको सुन अहिले दैनिक ५ किलो पनि माग हुन छाडेको उनीहरुको भनाइ छ ।

अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटबढ भैरहेका कारण नेपालमा पनि भाउ बढिरहेको संयोजक शाक्यले बताउनुभयो ।

             उज्यालो अनलाइन

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close