Victoria College Dang

मोटरसाइकको ठक्करबाट पैदल यात्रीको मृत्यु – दाङ खबर
Global Luja Dang

मोटरसाइकको ठक्करबाट पैदल यात्रीको मृत्यु

MadanBhandari College

चितवन साउन २८। चितवनको भरतपुर महानगरपालिका–३ लायन्सचोकमा गएराति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय युवक छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ ।

चौबिसकोठीबाट पुल्चोकतर्फ जाँदै गरेको प्रदेश ३–०३ ००१ प ९२२ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका युवकलाई गएराति साढे १० बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close