Victoria College Dang

कथा : रहिम चाचा – दाङ खबर
Global Luja Dang

कथा : रहिम चाचा

MadanBhandari College

बाँके साउन २५ । नेपालगंज सबैभन्दा रंगिन र जीवित सहर लाग्थ्यो । बाक्लो बजार, जता हेर्यो त्यतै झिलिमिली, जलेबी र विरयानीको मगमग सुगन्धले मनै लोभ्याउने । रिक्साको ताँती, तृङ तृङ आवाज, टाँगाको टक टक र छन्छन् गर्ने घोडाका पाइलाले मनमा बेग्लै ऊर्जा दिन्थ्यो । त्यसमाथि आजान र आरतीको मधुर आवजले स्वर्गकै आभास दिन्थ्यो । नेपालगंज मन्दिर र मस्जिदको संगम स्थल , एउटा कुनामा मन्दिर र अर्को कुनामा मस्जिद । अल्लाह र देवताको खुब जोडी जमेको थियोे । तालको बीचमा जुँगे महादेव, बीच बजारमा अल्लाह तालाको दरबारले एकअर्कालाई वर्षौदेखि इसारा गर्दै बसेका थिए । महादेव बिहानको चार बजे जाग्थे भने अल्लाह बेलुकी चारमा । सहरको गल्ली गल्लीमा राम राम र असलम वालेकुम आदानप्रदान हुन्थ्यो ।

त्रिभुवन चोकदेखि पूर्व , भेरी अञ्चल अस्पताल नपुग्दै लामो निलो रङ्गको घर थियो । कुनामा अलि अध्याँरो जिन्स रेडिमेड पसल अगाडि सुकिला कुर्ता पाइजामा ती व्यक्ति खुट्टे मेसिन चलाउँथे । गुट्खाको लाल रङले सेता दाँतसँग प्रीत गाँसेजस्तो देखिन्थ्यो । मेसिनको आवजसँगै मोहम्मद रफी र किसोर कुमारका गीतमा ती मान्छे रमाइरहेका हुन्थे । केटाकेटीले सधैं उनको मेसिन घेरेका हुन्थे । कोही पाइन्ट चुज बनाउने आउँथे त कोही छोटो । उनको मुहारको चमकबाट उनी आफ्नो काममा सन्तुष्ट छन् जस्तो देखिन्थ्यो । सबैसँग हाँसीहाँसी बोल्ने सायद उनी विरलै रिसाउँथे होला १ उनको हाउभाउ पनि त्यस्तै थियोे ।

त्यहाँ आउने जो कोहीको मुखमा रहिम चाचा सुनिन्थो । मेसिन चलाउने ती हँसमुख व्यक्तिको नाम रहिम हो भन्ने थाहा भयो । रहिम चाचा पनि मन्द मुस्कानमा हाँ बेटा भन १ के सेवा गराँैं भन्थे । म बस्ने कोठाको झ्यालबाट उनको मेसिन, ग्राहकको भीड स्पष्ट देखिन्थ्यो । सधैं उही स्वभाव, मिजासिलो बोली र रफीका रसिला गाना १ कहिल्यै रुखो आवाज सुनिएन ।

निलो जिन्सको पाइन्ट लामो थियोे । त्यसलाई छोटो पार्न चाचाको मेसिन अगाडि गएँ । चाचाले मन्द मुस्कान दिँदै बोल बेटा के सेवा गरौँ भनेर स्वागत गरे । उनको हाउभाउले पटक्कै उनको र मेरो पहिलो भेट भन्दैनथ्यो । मैले पनि चाचालाई पाइन्ट चार इन्च सानो बनाइदिन आग्रह गरेँ । सेतो चकले निलो पाइन्टमा रेखा कोरेर झोलामा राखे १ चाचा म कति बेला आऊँ रु भने १ चाचाले साँझ आउन अनुरोध गरे ।

दिनभन्दा साँझमा नेपालगञ्ज गर्जिन्छ । दिउँसोको तातो हावामा लखतरान नेपालगञ्जलाई बेलुकाको चिसो हावाले ऊर्जा दिन्थ्यो । सहरका गल्ली गल्लीमा मानिसको घुइँचो हुन्थ्यो । सागसब्जी किन्ने बेच्नेबीच घम्साघम्सी रहरलाग्दो हुन्थ्यो ।

रिक्साका ताँती १ तृङतृङ आवाज, टकटक र हाहाहा‘ होहोहो ‘ चलचल चलचल, नेपालगञ्जलाई सामान्य लाग्थ्यो । ‘बजारमा हजार हुन्छन्’ को खास अर्थ नेपालगञ्जले दिन्थ्यो ।

दिनभरको दौडधुपले थकित थिएँ । त्रिभुवन चोक पुगेपछि चाचाको याद आयो । फेरि पाइन्ट पनि लिनु थियोे । परैबाट चाचाको हँसिलो मुहारले स्वागतको आभास गराउँथ्यो । मलाई देख्नेबित्तिकै चाचाले बोलो बेटा के सेवा गरौँ भने । मैले भनेँ, चाचा पाइन्ट छोटो गर्न दिएको थिएँ । अच्छा १ कुन रङ्गको छ भनेर चाचाले सोधे, मैले निलो रङ्गको जिन्स भनेँ । बोराबाट निकाल्दै यो हो बेटा भने । मैले हो भनेँ १
त्यस दिन चाचा अलि फुर्सदमा थिए । मानिसको चाप पनि कम थियोे । मेसिन पनि शान्त थियोे । छेउको रेडियो भने ब्यस्त थियो । ‘मेरी सपनों कि रानी तुम कब आओगी’ हिन्दी गीत बज्दै थियोे । मैले जिस्कँदै सोधे चाचा लभ पर्यो कि के हो रु

चाचाले हाँस्दै भने, कहाँ पर्नु बेटा यो बुढेसकालमा । चिया पिउँछौ भनेर चाचाले सोधे रु मैले हुन्छ भनेँ । यसै बहानामा गफ गर्ने मौका मिल्यो । चाचा कता बस्नुहुन्छ रु मैले प्रश्न गरेँ । चाचाले माइलो औँलाले ऊ त्यो परको भनेर टिनको छानो भएको घर देखाए । आलिसान, ठूलाठूला महलबिच चाचाको झुपडी थियो । धेरै केही बोलिन, मानिसको घुँइचो लाग्न सुरु भयो । म कोठातिर लागेँ ।

कुरैकुरामा चाचालाई पैसा दिन बिर्सेछु । कोठा नपुग्दै फर्किएँ, मेसिन चल्दै थियो । चाचा अघि गफैगफमा पैसा दिनै भुलेछु, कति हो मैले सोधे । चाचाले हाँस्दै २० रुपैयाँ हो बेटा, कहिलेकाहीँ भुलचुक हुन्छ नि भने । अलि मन शान्त भयो तर कताकता मलाई नरमाइलो लागेको थियोे । केही नबोली फर्किएँ १

मनमा कुरा खेलाउँदा खेलाउँदै त्रिभुवन चोक पुगेको पत्तो पाइनछु । टाङावालाको हाहा आवाजले म झस्किएँ । टाङा मेरो हातलाई घचेट्दै गएछ । हल्का दुख्यो, घोडाको काठीले हात कोतरेको रहेछ । केही भनिन १ मेरो अगाडि राजा त्रिभुवन माइलो आँैलो ठड्याएर बीच सडकमा उभिएर बसेका थिए ।

सडक किनारको चिया पसलमा चिया मगाएँ । चियाको पिउँदै राजा त्रिभुवनको सालिक हेरेँ । अलि पर मेसिन चलाउँदै गरेका रहिम चाचालाई हेरेँ । सँगैको पानवालाई हेरेँ । सबै आफ्नो काममा व्यस्त थिए । म र राजा त्रिभुवन फुर्सदमा थियौँ । मेरो पनि केही काम थिएन, राजा त्रिभुवनको पनि केही काम थिएन । दुवै स्ट्याचु १

सयौंको भिडमा राजा त्रिभुवनको सालिक एक्लै बीच सडकमा उभिएको थियो । सेता दौरासुरुवाल धुलोले मैलो भइसकेको थियो । गल्लीका कुकुरहरू बेलाबेला खुट्टो तेस्र्याएर मुत्र विसर्जन गर्थे । कुकुरलाई के राजा के पर्जा १ राजाको त्यो हविगत देख्दा अचम्म लाग्थ्यो । जिउँदो छँदा बन्दुकको नाल अगाडिपछाडि, बीचमा चिल्लो कार, सडक सुनसान हुन्थ्यो । मरिसकेपछि आफ्नाले पनि बिरलै सम्झेर सायदै सफा गरे होलान् १

अलि पर चाचाको सेतो टोपी टल्किरहेको थियो । राजाको मुकुटभन्दा त्यस सफेद टोपीमा चमक थियो । भलै हीरा, मोती, पन्ना थिएनन् चाचाको शिरमा तर चमक भने हीरालाई ढाक्ने थियो । चाचा सधैंभरि युवायुवतीले घेरिएका हुन्थे । मानौं चाचा राजा र ती वरिपरिका रैती । जसरी एउटा राजासँग रैती नतमस्तक हुन्छन् त्यस्तै नतमस्तक ती ठिटाठिटी देखिन्थे । भनेको सबैले मान्थे १ हुदैन, हुन्न सुनिदैन थियो ।

राजाको जस्तो चाचाको हुकुम चल्थ्यो । उनका अगाडि मै हुँ भन्ने अल्लारे पनि हजुर चाचा भन्थे । भोलि डाके पनि हजुर भन्थे, बेलुका आउनु भन्दा पनि हुन्छ भन्थे । यति पैसा दिनुभन्दा नाइँनास्ति कहिल्यै सुनिँदैन थियो । चाचा आफ्नो संसारका राजा थिए । उनको राज सबैलाई प्रिय थियो । उनका अगाडि हिन्दु, मुसलमान, इसाई, बौद्ध सबै बराबर थिए ।

चाचाको राजलाई मनन गर्दै डेरातिर गएँ । राजा त्रिभुवन र रहिम चाचाको बसाइँ नजिक थियो । त्यस्तै सय मिटर दुरी थियो । मेरो कोठाको झ्यालबाट चाचा, उनको मसिन र गीत गुन्जने रेडियो स्पष्ट देखिन्थ्यो भने कौसीबाट त्रिभुवनको सालिक । खै किन हो किन बिहानैदेखि राजा त्रिभुवन र चाचा मेरो मानसपटलमा नाचिरहेका थिए ।

खाना पकाउँदै थिएँ, ढकढक आवाज आयो । ढोका खोल्दा घरबेटी काकी थिइन् । बाबु आज भाडा बुझाउने दिन हो, बिर्सनुभएको हो कि भनेर सम्झाउन आएकी भनिन् । एकछिन झसङ्ग भएँ १ ए हो त, एटीएमबाट पैसा झिक्न भुलेछु भोली दिन्छु है आन्टी भनेँ । हुन त नहुने हो तर भोलि नबिर्सनु भन्दै माथिल्लो तला गइन् । मन चिसो भयो १

सधैं झैँ माथिल्लो तलामा साहुसाहुनीको रडाको सुरु भयो । त्यो दिन अलि चर्को थियो । कोसँग पल्केकी छस् ए राँड रु आँखा धेरै नचाउँदै हिँड्छेस्, मैले बुभ्mदिन भन्ने सोचेकी छस् रु भन्दै साहुले साहुनीलाई कुट्न सुरु गर्यो । माथिबाट मार्यो राँडाका छोराले, बचाउ बचाउ भन्दै साहुनी चिच्याइन् । मनले मानेन छुट्टयाउन गएँ । साहु उल्टै झपार्न आयो । लोग्नेस्वास्नीको झगडा हो भन्दै बीचमा नआउन चेतावनी दियो । म त्यसै फर्कें । एकछिनपछि शान्त भयो । मिलेछन् क्यार १ जोसमा होस गुमाएर गएको भए आपत आइलाग्ने रहेछ ।

सधैं अजान र आरती सुनिने नेपालगञ्ज मौन थियो त्यो बिहान १ मेरो अलार्म तिनै पवित्र धुन थिए । अजान र आरतीको धुनमा सधैं म बिउँझेको हुन्थँे । त्यस बिहान अलि ढिलो उठेको थिएँ । मन झसङ्ग भयो, किन यस्तो भो भनेर कौसीमा गएँ । आकास पूरै कालो मुस्लोले ढाकेको थियोे । ठाउँठाउँमा टायर बलेका थिए । चोक चोकमा युवाहरू लाठी र भाला लिएर गस्तीमा थिए । एम्बुलेन्स, दमकल सहरका गल्ली गल्लीमा कुद्दै थिए । हेलिकप्टर फन्को मारेको मार्यै थियोे । पुरै सहर सुनसान थियो , नेपालगञ्जको यस्तो रूप कहिल्यै देखेको थिइन । मन चिसो भयो, अकस्मात आँखा रसाए ।

हतारहतार रेडियो अन गरेँ, स्वाँस्वाँ आवाज मात्र बज्यो । झन् आत्तिए । टेलिभिजन अन गरेँ टुँटँु टुँटँु बाहेक केही देखिएन । कोठाको झ्याल खोले चाचा पनि थिएनन् । माथि घरबेटी पनि थिएनन् । एक्कासि डरको मात्रा झन् बढ्यो । कोठामा ताल्चा लगाएर सडकतिर हिँडे । त्रिभुवन चोक नपुग्दै कालो रुमालले मुख छोपेको युवक मेरो अगाडि आयो , हिन्दु हो कि मुस्लिम भनेर सोध्यो । मैले किन भनेँ, बस् हिन्दु या मुस्लिम रु त्यसले सोध्यो १ पछाडिबाट एक हुल मानिस लाठी बोकेर चोकतिर दौडिदै थिएँ । म अक्क न बक्क भए । त्यो हुल देख्नेबित्तिकै मास्कधारी युवा भाग्यो । म पनि गल्ली गल्ली टाप कसेँ १

दायाँबायाँ कतै नहेरी कुद्दै थिएँ । ठ्याक्कै चाचाको घरअगाडि पुगेको पत्तै पाइन १ केही सोचविचार नगरी चाचाको घरभित्र पसें । चाचा नमाज पढ्दै थिए । केही बोलिन, छेवैको मुडा तानेर बसें । नमाज पढेपछि चाचालाई सोधेँ, चाचा बर्वाद भयो, सहर त बस्न नसकिने भयो ।
हो बेटा , हिजोराति देखि यस्तै छ , भारतले दस गजा मिचेको थियो । हाम्रो केटाहरूले उताका मान्छेलाई पिटेछन् । रातारात रुपडियाबाट सयौंको संख्यामा भारतीय भिजलान्तेले हुलदङ्गा मच्चाए हिन्दु मुस्लिमको नाममा १ बेटा बिसकोरिएन टोलमा राति मारामार थियो ।

नाकारण, छोटु हलवाई र फिरोजबीच मारपिट भयो, दुवै अस्पताल छन् । त्यसपछि सहरका गल्ली गल्लीमा टायर बले, घर जले, पूरा बर्बाद भयो । यो सब पडोसीको चाल हो बेटा १ फुट अनि लुट । चाल बहुत खतरा छ पापीहरूको १

चाचाका कुराले झन् हतास भएँ । चाचा अब के गर्ने रु मैले प्रश्न गरेँ । चाचा गम्भीर मुद्रामा थिए । यो बुढेसकालमा के नै गर्न सक्थे र १ अचानक दमाहाको आवाज सुनियो । विशाल आवाज निस्केको थियो । पूरा सहर गुञ्जायमान भएको थियो । चाचाले दराजबाट कुरान निकाले । बाहिर धेरै मानिस भेला भएका थिए । चाचा हातमा कुरान बोकेर त्यस दमाहा बादकको पछि लागे । म पनि उनकै पछाडि हिँडेँ । गल्ली गल्लीबाट मानिस निस्किए । सबैको अनुहारमा आक्रोस देखिन्थ्यो । दमाहको आवाजले विशाल रूप लिँदै थियोे । मानिसको हुल झनै विशाल भइसकेको थियोे ।

परको गल्लीबाट मास्कधारी समूह भाग्दै भाग्दै त्रिभुवन चोकमा पुग्नै आँटेको थियोे । पछिल्तिर युवाको समूहले लखेट्दै लखेट्दै घेरा हाल्यो । सहरका कुनाकाप्चाबाट नेपाली युवाले लेखेटेका रहेछन् १ दमाहको राग रोकियो, चाचा अगाडि बडे । एकछिन सबै शान्त भए । राजा त्रिभुवनको सालिक अगाडि चाचाले कौन हो तुम लोग रु भने । पछाडिबाट एक युवा आवाज आयो– मारो साला हरामजादालाई, यिनै डाँकाले हुलदंगा मच्चाएका हुन्, अर्को आवाज हो हो सुनियो । छेवैमा बसेका गुरुप्रसादले यिनै फटाहाले मस्जिदको ढोका फुटाएका हुन् भने । चाचाले सोधे–बताओ क्यँु किया ऐसा रु कसैले केही बोलेनन् ।

बैसाखी टेक्दै छोटु हलवाई र फिरोज चाचाका छेवैमा बसे । थकित देखिन्थे, ई लोग है हमारा समाज में तबाही मचाने वाले १ तुम लोग इन गद्दारो के बातमे लडे १ दुवैले शिर निहुराए ।

भाइ भाइ लडाते हो १ तुम लोगको जरुर सजा मिलेगा, चाचाले भने । म मौन थिएँ । चाचालाई एकहोरो हेरेँ । त्यत्रो सहरमा एकसेएक धनी थिए, नेता थिए तर चाचाको अगाडि सबै फिक्का थिए । राजनीतिक दलको भेलामा दुई हात उफ्रेर भाषण गर्ने गेरु यादव चुपचाप दर्शक भएको थियो । सायद नेतालाई डर थियो । छिमेकी रिसाउँछन् कि भनेर १ त्यसैले चुप लागेका होलान् १

शान्त माहोल क्षणभरमै आक्रोसित भयो, चाचा हराए । यताउता खोज्छु चाचालाई कतै देखिन । हुलदंगा मच्चियो । भिजलान्तेलाई पिट्न थालियो । अचानक शान्त भन्ने आवाज सुनियो, दुस्मनलाई दुस्मनकै घरमा सजाय दिनुपर्छ चाचाले भने । भीडले केही आवाज निकालेन । भिजलान्तेलाई युवाहरूले घेरा हाले, देवीप्रसादले जुत्ताको माला लगाइदिए । अस्लमले मुहारभरि कालो मोसो पोतिदिए । अघिल्तिर चाचा पछिपछि जनता बीचमा भिजिलान्ते । सबैजना सीमानातिर लागे । सबैको एक उद्देश्य थियो छिमेकीलाई सुनाउन ‘हामी फुटेका छैनौं बरु जुटेका छौँ ।

प्रशासनले बीच बाटोमै रोक्ने चेष्टा गर्ये । जनमानसले स्वीकार गरेन । एकछिन झडप होलाजस्तो भयो । दमाहा बज्यो, त्यसको धुनले तनावग्रस्त माहोल मथ्थर पा¥यो । प्रहरी पनि अलमल्ल परे, दमाह बज्न रोकियो । चाचा, दमाहा बादक र एस।एस।पी वार्ताका लागि प्रहरी कक्षतिर गए, बाहिर जनसागर भित्रको उत्तरको पर्खाइमा थियो । एकछिनको भलाकुसारीपछि तीनैजना बाहिर आए । चाचाले चलौँ भने, प्रहरी पनि चाचाकै पछाडि लागे । म अचम्म परेँ, एकछिनअघिसम्म अगाडि जान मिल्दैन भन्दै गर्जने प्रहरी चाचाको पछाडि हिँड्यो ।

च्यात्तिएका, फाटेका लुगामात्र होइन फाटिएको मन पनि सिलाए । उध्रेको जनमानसलाई सिलाएर एक बनाए । सबैले मुखामुख गरे, चाचा अघिल्तिर लागे । छिमेकी खबरदार ‘। छिमेकी खबरदार नारा लाग्न सुरु भयो । भिजिलान्तेहरु बीचमा थिए । कालोमोसोले भरिएको अनुहार झन् कालो भएको थियो ।

हुलकै बीचबाट जब भाइहरु एक हुन्छन् नि शत्रुको हालत यस्तै हुन्छ भन्ने आवाज गुञ्जियो । राष्ट्रिय एकता जिन्दावाद भन्दै नारा लगाए, जनसागरले उनलाई पछ्यायो, जिन्दावाद‘।।जिन्दावाद । दशगजामा जनसागर रोकियो १ भिजिलान्तेलाई उसकै भूमिमा घँुडा टेक्न लगाइयो । एकाएक नेपाल आमाको जय जय ‘ भन्ने नारा लाग्यो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close