Victoria College Dang

दाङमा महिला स्वरोजगार बन्दै – दाङ खबर
Global Luja Dang

दाङमा महिला स्वरोजगार बन्दै

MadanBhandari College

टोपेन्द्र रोका मगर
दाङ,साउन २५ । घोराहीको व्यस्त बजारको भित्री गल्ली । एउटा कोठामा पाँच वटा कपडा सिउने मेसिन छ । त्यसै कोठामा चार जनाको एउटा महिला समुह छ । सबै आ–आफ्नो काममा व्यस्थ देखिन्छन् । एक जना अगाडि बसेर कपडा नाप्दै काट्दै गर्नुहुन्छ भने अन्य कपडा सिउने, आइरन गर्ने काममा त्यहाँ हिड्ने जोकोहिले देख्न सक्छ ।

यो दृष्य घोराहीमा सात वर्ष अघि दुई जना महिला दिदीबहिनीले सञ्चालनमा ल्याएको नानी बाबु एण्ड जेन्स गार्मेन्टको हो । जुन गार्मेन्ट बाट अहिले दुइजनासँगै अन्य दिदीबहिनीले पनि राम्रो आम्दानी गर्ने गरेका छन् ।

सुरुमा २५/३० हजारको लागानीबाट सुरु गरिएको यो गार्मेन्ट अहिले करिब एक लाखको बढीको बनेको छ । ‘सुरुमा त यहि खोल्न पनि मुस्किल थियो । पैसा थिइन । दुई वटा मेसिन उधारोमा लिएर सुरु गरिएको हो ।’ गार्मेन्ट सञ्चालिका प्यारी कुमारी पुनले भन्नुभयो–पछि कमाउदै तिर्दै गरेको हो । सुरुमा त कस्तो गाह्रो थियो । कपडा सिलाउने मान्छेनै नआउने उहाँले भन्नुभयो– ‘तर धैर्यता, आँट र निरन्तर कार्यले प्रतिफल दिदो रहेछ ।’ व्यवसाय सुरु गरेको एक वर्ष पछि राम्रै आम्दानी गर्न थालेको उहाँले बताउनुभयो ।

तिज, दशैको समयमा मासिक १५/२० हजार आम्दानी हुने गार्मेन्ट सञ्चालिका पुनले बताउनुभयो । अन्य सयमा पनि आठ दश हजार त हुन्छनै उहाँले भन्नुभयो– ‘तिज, दशैको समयमा कामको बदी चाप हुने र आम्दानी पनि हुने गर्छ । यो समयमा त अन्य दिदिबहिनीले पनि रोजगार पाउने गर्नुभएको छ ।’

पछिल्लो समय महिला दिदीबहिनी स्वरोजगार बन्न थाल्नुभएको छ । सरकारले पनि वडापालिकासम्म महिला दिदीबहिनीका लागि भनेर बिभिन्न कार्यक्रम दिने गरेको छ ।

महिला दिदीबहिनी सरहरमा मात्र होइन गाउँमा पनि स्वरोजगार बन्न थाल्नुभएको छ । दाङ शान्तिनगर एककी भूमा गिरी पनि कपडा सिउने छोटो समयको वेसिक तालिम लिएर अहिले स्वरोजगार बन्नुभएको छ । उहाँले पनि एउटा मेसिन राखेर आफ्नो खर्च आफैले कामाउने गरेको बताउनुहुन्छ । कम समयमा तालिम लिएर सामान्य रुपमा आफु रोजगार बन्न सकिने रहेछ गरीले भन्नुभयो–‘सामान्य रोजगार बन्नका लागि पनि केहिन केहित हातमा सिप हुनुपर्ने रहेछ ।’

आफ्नो खर्चसँगै सामान्य घर खर्चको लागिपनि आफ्नो कमाईले पु¥याउने गरेको पुन बताउनुहुन्छ । धेरै पढ्न सकिएन उहाँले भन्नुभयो–‘स्वरोजगार हुनका लागि नपढे पनि हातमा सिप हुनु पर्ने रहेछ ।’ गार्मेन्ट सञ्चालिका पुनले दिदीबहिनीहरु त्यसै बस्नुभन्दा केहिन केहि सिप सिक्नका लागि आग्रह समेत गर्नुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close