Victoria College Dang

मुसामा मानविय मुटु – दाङ खबर
Global Luja Dang

मुसामा मानविय मुटु

MadanBhandari College

एजेन्सी साउन २५ । मानविय कोषहरुलाई जनावरमा प्रत्यारोपण गरेर मानविय अगंहरु बिकास गर्ने क्रम चिकित्सा पद्धति र बिज्ञानको खोजले संभव बनाएको छ ।

सरल भाषामा भन्दा मानविय मुटु, मृगौला, फोक्सो लगायतका अगंहरु अब छिटै मुसामा बिकास गरिने छ । भर्खरै जापानका स्टीम सेल बैज्ञानिक हिरोमिट्सु नाकाउचीलाई स्टीम सेल पद्धतिबाट मानविय अगं बिकास गर्नका लागि सरकारी अनुदान दिइने भएको छ ।

नाकाउची टोक्यो विश्वबिधालय र स्ट्यानफोर्ड विश्वविधालयमा स्टीम सेल मार्फत जनावरमा मानविय अगं बिकास गर्दै सरोगेसी प्रविधि मार्फत मानविय प्रत्यारोपण गर्ने अध्ययनमा क्रियाशील छन् ।

नाकाउचीको उदेश्य भनेंकै जनावरमा माविय अगंहरु बिकास गरेर मानविय चिकित्सा बिज्ञानमा योगदान गर्नु हो । यस अघि नै नाकाउचीले सन् २०१० मा मुसाहरुको कलेजो छुचुन्द्राहरुको शरीरमा बिकास गराएर मुसाहरुमा प्रत्यारोपण सफलताका साथ गरेका हुन् ।

मानविय अगं प्रत्यारोपण र बिकासका कानुनहरु जापान भन्दा अमेरिकामा सहज भएकाले उनी स्ट्यानफोर्ड गएका उनको भनाई छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close