Victoria College Dang

करेन्ट लागेर ३ वर्षे बालकको मृत्यु – Page 2019 – दाङ खबर

करेन्ट लागेर ३ वर्षे बालकको मृत्यु

MadanBhandari College

काभ्रे साउन २३ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा आज बिहान करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृत्यु भएको छ ।

रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाइते भएको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बबताउनुभयो ।

‘घर नजिकै भएको तरकारी फार्ममा पानी तान्ने बेलामा बच्चा खेल्दै गर्दा नाङ्गो तारमा छोएर करेण्ट लागेर मृत्यु भएको हो ।’ भट्टराईले भन्नुभयो , ‘घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।’

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्