Victoria College Dang

दूध बेचेर छोरालाई इन्जिनियर – दाङ खबर
Global Luja Dang

दूध बेचेर छोरालाई इन्जिनियर

MadanBhandari College

गोकर्ण पौडेल
दाङ, साउन १५ । नरबहादुर ढकालको दैनिकी गाई भैसीको स्याहार सुसारमै बित्छ । ढकालले २०६९ सालदेखि तुलसीपुर उपमहानगरपालिका वडानम्बर १८ हेमन्तापुरमा भद्रकाली कृषि तथा पशु फमर्मा होलिस्टे जातका १० वटा गाई र ५ वटा भैसी पाल्नुभएको छ ।

उहाँले गाई भैसीको दुध, मल बिक्रि गरेर मासिक एक लाख ३५ हजार बढी आम्दानी गर्दै आउनु भएको छ । गाई भैसीलाई मासिक रुपमा दाना, पराल, घासँका लागि पचास हजार खर्च हुने गरेको छ । ढकालले आम्दानी गरेको पँैसाले छोरालाई पोखरामा इन्जिनियरिङ पढाइरहनुभएको छ ।

‘सुरुका दिनमा यहाँबाटै सम्पूर्ण खर्च पठाउनुपथ्र्यो अचेल भने छोराले समेत उता जागिर गर्ने भएपछि सामान्य खर्च मात्र पठाउने गरेको छु’, ढकालले भन्नुभयो । १५ वर्ष पोखरामा चाउचाउ उद्योगमा काम गरेका ढकाल अहिले घरमै दुई जनालाई रोजगारी दिनुभएको छ । दैनिक ७२ लिटर दुध बिक्रि गर्दै आएका ढकालले भन्नुभयो, ‘यो व्यवसाय भने त्यति सहज छैन । बिरामी पशुलाई उपचारमा होस वा बिमामा झण्झट धेरै छ ।’

राज्य पक्षबाट हालसम्म कुनै किसिमको अनुदान प्राप्त गर्नु सक्नुभएको छैन । तर, प्रयास भने गरिरहेको ढकालले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाले व्यवसायीक किसानलाइ स्मार्ट किसान कार्ड वितरण गरी सहयोग गर्ने भने पछि उहाँले सबै तारतम्य मिलाउनुभयो । तर, स्मार्ट किसान कार्डका लागि उपमहानगरपालिका आफ्नो फार्मको अनुगमनमै नआएको ढकालले बताउनुभयो ।

हेमन्तपुरको चौखोलाको किनारामा रहेको दुई बिगाहा जग्गामा गाईभैंसीलाई खुवाउने डालेघाँस रोपिएको छ । उहाँको को यो व्यवसायमा उहाँकी श्रीमती कृष्णकुमारी केसीले पनि सघाउँदै आउनुभएको छ । दुध मात्र होइन, उहाँले फार्ममा उत्पादन भएको मल पनि बिक्रि गर्दै आउनुभएको छ । एक टेक्टर मल तीन हजार रुपैयामा बिक्रि गर्दै आउनुभएको छ । उहाँले सबै गाईभैसीको बिमा समेत गर्नुभएको छ । मोटरसाइकलमै ग्यालेनमा राखेर दुध बेच्न बिहानै ५ बजे नरबहादुरको दौडाहा सुरु हुन्छ । उहाँलाई बिरामी पर्दा उपचार गर्ने र घरखर्च चलाउनका लागि मासिक आम्दानीले पुगेको छ ।

सरकारले प्राविधिक सहयोग गरे युवाहरुलाई स्वदेशमै रोजगार प्राप्तहुने उहाँको भनाई छ । उहाँ जिफन्ट कास्कीको अध्यक्ष र केन्द्रीय सदस्य समेत भएर नेतृत्व सम्हालीसक्नुभएको छ भने हालबिजौरी उद्योग वाणिज्य संघको उपाध्यक्ष समेत हुनुहुन्छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close