विश्वकप क्रिकेट – दाङ खबर
Global Luja Dang

विश्वकप क्रिकेट

MadanBhandari College

एजेन्सी/विश्वकप क्रिकेटमा वेष्ट इन्डिजसँग अन्तिम खेलमा पराजित भएसँगै अफगानिस्तानले जारी विश्वकपमा जितविहीन हुँदै विश्वकप टुंग्याएको छ ।

बिहीबार राति भएको खेलमा अफगानिस्तान वेष्ट इन्डिजसँग २३ रनले पराजित हुन पुग्यो । वेष्ट इन्डिजले अन्तिम खेलमा जित हात पार्दै विश्वकपमा दुई खेल जित्दा एक खेल पनि नजितेको अफगानिस्तान भने अंकविहीन हुदै घर फर्किन पुग्यो ।

३१२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २८८ रन बनाएको हो । अफगानिस्तानका लागि इक्रम अलिखिलले ८६ रन बनाउँदा, रहमत शाहले ६२ र अस्घर अफगानले ४० रनको योगदान दिए ।

बलिङतर्फ कार्लोस ब्राथवइटले चार विकेट लिदा केमार रोयचले तीन विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धातिर ५० ओभरमा ६ विकेटको क्षतिमा ३११ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि तीन जना खेलाडीले अर्धशतक बनाए ।

वेष्ट इन्डिजका लागि साई होपले ७७ रन बनाए । त्यस्तै, इभिन लेविस र निकोलस पुरनले समान ५८–५८ रन बनाउँदा कप्तान ज्यासन होल्डरले ४५ र सिमरन हिटम्यारले ३९ रन बनाएका थिए ।

खराब सुरुवात गरेको वेष्ट इन्डिजले पहिलो विकेट २१ रन हुदा क्रिस गेललाई गुमाएको थियो । त्यसपछि सम्हालिएर खेल्दै वेष्ट इन्डिजले ठूलो स्कोर बनाएको हो । बलिङतर्फ दवालत जाड्रानले दुई विकेट लिए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close