Victoria College Dang

हाम्रो सहर सफा सहर भन्ने अभियानको सुरु – Page 2019 – दाङ खबर

हाम्रो सहर सफा सहर भन्ने अभियानको सुरु

MadanBhandari College

दाङ, असार १४ । स्वास्थ्य तथा सरसफाईमा महिलाहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुने दाङको घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । अजिमा गुठी समाज दाङको आयोजनामा भएको स्वास्थ्य तथा सरसफाई सचेतना अभिमुखीकरणको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

हाम्रो सहर सफा सहर भन्ने अभियानलाई सार्थकता दिनका लागि आजोजना गरिएको २ दिने अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले घोराहीलाई मुलुककै उत्कृष्ट नमुना सहर बनाउन आफूहरु लागिपरेको बताउनुभयो । नगरको सरसफाईलाई मध्यनजर गर्दै सरसफाई निर्देशीका बनाएर उपमहानगरपालिका अगाडि बढेको भन्दै उपप्रमुख न्यौपानेले उपमहानगरको अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

नेवा मिसा दबु घोराहीका अध्यक्ष भवानी राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै घोराही उपमहानगरपालिकाका सरसफाई उपसमितिका संयोजक एवं वडानम्वर–१४ का अध्यक्ष शक्तिराम डाँगीले सफाई आफैबाट सुरु हुने हुँदा व्यक्ति–व्यक्ति मिलेर नै नगर सफा हुने बताउनुभयो । सरसफाई गर्नेलाई सम्मान र फोहोर गर्नेलाई जरिवानाको व्यवस्था गरेको भन्दै डाँगीले सम्मान प्राप्त गर्ने गरी सरसफाईमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा अजिमा गुठी समाजका अध्यक्ष नारायणपसाद श्रेष्ठले हाम्रो सहर सफा सहर अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा करुणा श्रेष्ठ महर्जन, रेनु श्रेष्ठ, लेखराज श्रेष्ठलगायतले बोल्नुभएको थियो । २ दिनसम्म चलेको अभिमुखीकरणको प्रशिक्षकमा डा. वसन्त पुन, वास फोरमका संयोजक गोविन्द खड्का र रेनु श्रेष्ठ रहनुभएको थियो । सहजीकरण कृष्णा श्रेष्ठले गर्नुभएको थियो ।

पहिलो चरणमा सरसफाई सचेतना प्रदान गरेको भन्दै अजिमा गुठी समाजका अध्यक्ष नारायणपसाद श्रेष्ठले हरेक महिना सरसफाई अभियान सञ्चालन गरेर हाम्रो सहर, सफा सहर भन्ने नारालाई सार्थकता दिने बताउनुभयो ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्