चट्याङ परेर आगजनी हुँदा ३९ घर नष्ट – दाङ खबर
Global Luja Dang

चट्याङ परेर आगजनी हुँदा ३९ घर नष्ट

Birala Tyre Dang

बाँके जेठ ३०– बाँकेकाे डुडुवा गाउँपालिकामा बुधबार हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।

चट्याङपछि स्थानीय रामखेलावन यादवको घरबाट आगो सुरु भएको थियो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । उहाँले आगजनी पीडितलाई राहत वितरणको तयारी गरिएको बताउनुभयो ।

यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि बुधबार चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको बाँकेका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close