Victoria College Dang

थुनुवाले अस्पतालको शौचालयमा गरे आत्महत्या – दाङ खबर

थुनुवाले अस्पतालको शौचालयमा गरे आत्महत्या

MadanBhandari College

बाँके जेठ २९– कारागारमा कैद सजाय भोगिरहेका एक व्यक्तिले आत्महत्या गरेका छन् । बाँकेको जानकी गाउँपालिका ३ का २५ वर्षीय सुनीलकुमार तिवारीले नियमित उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा पुगेको बेला शौचालयभित्र विष सेवन गरी आत्महत्या गरेको प्रहरीको दाबी छ ।

गएको वर्ष वैशाख ५ गते लागू औषध मुद्धामा थुनामा रहेका तिवारीको चार वर्षको कैद सजाय भएको पत्र सोमबार मात्रै कारागारमा पुगेको छ । १० दिन अघि मुखबाट रगत आएको भन्दै भेरी अञ्चल अस्पतालमा जाँच गराएका तिवारीलाई सोमबार नियमित जाँच गराउन लगिएको थियो । तिवारीकै पत्नीले अस्पतालको शौचालयमा पहिला आफूले विष सेवन गरेको र त्यही बाँकी रहेको विष त्यसपछि शौचालय गएका तिवारीले सेवन गरेको प्रहरीले जनाएको छ ।

उनकी पत्नीको अवस्था गम्भीर रहेको छ । शौच गर्न शौचालय पसेका तिवारीले लामो समय ढोका नखोल्दा प्रहरीले ढोका फोडेपछि उनले विष सेवन गरेको सार्वजनिक भएको हो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close