कृषकलाई बोयरजातका बोका वितरण – दाङ खबर
Global Luja Dang

कृषकलाई बोयरजातका बोका वितरण

Birala Tyre Dang

शिवु खनाल
देउखुरी, जेठ २७ । दाङको लमही नगरपालिका ९ बगार बाबा कृषक समुह भित्र रहेका रिहार निवासी मानसिंह ओलीले २ वटा बोयर जातका बोकाहरु लमही नगरपालिकाले वितरण गर्दा आफु खुसि भएको व्यक्त गर्नुभयो । कृषकहरुलाई यसभन्दा अगाडि कुनै संस्थाले चासो नदिएको बताउदै कृषक ओलीले अहिले लमही नगरपालिकाले कृषकमैत्री काम गरेको र कृषकहरुको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।

‘लमही नगरपालिकाले अनुदानमा वितरण गरेको बोयर जातका बोकाहरु हाम्रो क्षमताले किन्न सक्ने अवस्था थिएन’ ओलिले भन्नुभयो, ‘लमही नगरपालिकाले कृषकहरुको हकहितको काम ग¥यो, अव हामी किसानहरुले धेरै लाभ लिन्छौ र नगरपालिकाले अनुदानमा उपलब्ध गराएको बोयर जातका बोकाहरुको राम्रो संग स्याहासुसार गर्छाै ।’

यस्तै लमही नगरपालिका वडा नम्बर ८ बिजुलिपुर निवासी रमाकुमारी कार्की लमही नगरपालिकाबाट एउटा समुहबाट दुईजना र पाचँवटा समुहबाट दशजना कृषकहरुलाई बोयर जातका बोकाहरु वितरण गरेको भन्दै, स्थानिय सरकारले चुनावमा गरेको प्रतिवद्धता अहिले पुरा गरेको बताउनुभयो । जनप्रतिनिधिहरुले चुनावको गरेको वाचा अहिले स्थानिय तहमा आईसके पछि पुरा गरेको भन्दै, घर्तीले कृषकको चाहाना र मर्म अनुसार कृषकमैत्री कार्यक्रम ल्याउन सफल भएको बताउदै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

लमही नगरपालिका वडा नम्बर ८ बिजुलिपुरमा १५ वटा बाख्रापालन गर्दै आउनु भएको किसान घर्तीले बाख्रापालन व्यवसायिक गर्दा बोकाहरु नहुदा खेप्दै आएको सास्ती अव हट्ने बताउनुभयो । ‘लोकल जातको बोकाले उत्पादनमा कमजोर र हल्का हुने समस्या थियो’ घर्तीले भन्नुभयो, ‘पहिला लगानि अनुसारको मेहनतको फल प्राप्त हुदैन थियो’ अव लमही नगरपालिकाले अनुदानमा वितरण गरेको बोयर जातको बोकाहरुबाट प्रशस्त मात्रमा लाभ लिन सकिने तर्क राख्नुभयो ।

आईतवार लमही नगरपालिकाको चालु आर्थिक वर्ष ०७५÷०७६ को बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमको बोयर बोका वितरण कार्यक्रम अन्र्तगत लमही नगरपालिका ८ र ९ नम्बर वडाको विभिन्न दशवटा कृषक समुहहरु लाई ४ लाख ७० हजार बराबर मुल्यको बोयर जातका बोकाहरु लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले निशुल्क अनुदानमा वितरण गर्नु भएको हो ।

लमही नगरपालिका ८ र ९ नम्बर वडाका व्यवसायिक बाख्रापालन गर्दै आएका एउटा समुहबाट दुईजना र पाचँवटा समुहबाट दशजना बाख्रापालन कृषकहरुलाई लमही नगरपालिकाले निशुल्क अनुदानमा ४ लाख ७० हजार बराबर मुल्यको बोयर जातका बोकाहरु वितरण गरेको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बताउनुभयो । लमही नगरपालिका ८ र ९ नम्बर वडा बाख्रापालनको पकेटक्षेत्र रहेको हुनाले हामीले बाख्रापालन कृषकहरुलाई अनुदानमा बोयरजातका बोकाहरु वितरण गरेको नगर प्रमुख केसीले बताउनुभयो ।

कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासे, वडा नम्बर पाचँका वडाध्यक्ष बिमबहादुर केसी, लमही नगरपालिका पशुसेवा उप–शाखा कार्यालयका प्रमुख शिवराज न्यौपाने, कृषक केदारसिंह थापा, गंगा घर्ती, पत्रकार लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी टेकबहादुर पुनले गर्नु भएको थियो ।

खोर सुधारको लागि १ लाख ४० हजार
लमही नगरपालिकाले खोर सुधारको लागि कृषकहरुलाई नगर १ लाख ४० हजार हस्तान्त्रण गरेको छ । लमही नगरपालिकाको चालु आर्थिक वर्ष ०७५÷०७६ को बाख्रा विकास कार्यक्रमको बोयर बोका पाल्न समितिले छनौट गरेका कृषकहरुलाई खोर सुधारका लागि प्रति कृषक १४ हजारका दरले एउटा समुहबाट २ जना र ५ वटा समुहबाट १० जना व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका कृषकहरुलाई १ लाख ४० हजार हस्तान्त्रण गरेको लमही नगरपालिका नगर प्रमुख कसलबहादुर केसीले बताउनुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close