खुर्पा प्रहारबाट तीनजना गम्भीर – दाङ खबर
Global Luja Dang

खुर्पा प्रहारबाट तीनजना गम्भीर

Birala Tyre Dang

सिन्धुली जेठ २७- सिन्धुलीकाे दुधौली नगरपालिका- १३ ठाकुरदमारमा एक व्यक्तिले अन्धाधुन्दा धारिलो हतियार (खुर्पा) प्रहारबाट तीनजना सख्त घाइते भएका छन्। ठाकुरदमारका ४५ वर्षीय तिलकबहादुर खत्रीले सोमबार बिहान खुर्पाले हिर्काउँदा उनकी श्रीमतीसहित तीनजना सख्त घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहका अनुसार खत्रीकी श्रीमती ४० वर्षीया कृतिकुमारी खत्री, उनका भदाभाइ १९ वर्षीय सुरेश खड्का र उनकी देउरानी वर्ष २२ की सपना खत्री सख्त घाइते भएका हुन्।

घाइते कृतिकुमारी खत्रीको पेट, हात र टाउकोमा गम्भीर चोट लागेको छ। सुरेश र सपनाको पनि शरीरका विभिन्न भागमा खुर्पाले काटेको र उनीहरुको उपचारका लागि विराटनगरतर्फ लगिएको प्रहरीले जनायो।खुर्पा प्रहार गर्ने खत्रीको मानसिक सन्तुलन ठिक नभएको प्रहरीले जनाएको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close