प्रदेश ५ का मुख्यमन्त्री पोखरेल भन्छन् – दाङ खबर
Global Luja Dang

प्रदेश ५ का मुख्यमन्त्री पोखरेल भन्छन्

MadanBhandari College

बुटवल जेठ १४ । प्रदेश नं ५ ले प्रदेशको आर्थिक विकासका लागि अति आवश्यक रणनीतिक महत्वका आयोजनाहरु सञ्चालन गर्ने भएको छ । केन्द्रले ठुला आयोजना, प्रदेशले रणनितिक आयोजना र साना आयोजनाहरु स्थानीय तहबाट गराउने नीति अख्तियार गर्ने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा प्रस्तुत गरेको प्रदेश सरकारको आर्थिक बर्ष २०७६/०७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उक्त कुरा उल्लेख गरिएको हो ।

बजेट कार्यान्वयनको क्षमता अभिबृद्धि गरी सरकारी क्षेत्रबाट लगानी गर्न प्रस्ताव गरिएका आयोजनाहरुको बजेट अधिकतम उपयोग गर्ने नीति लिइने मुख्यमन्त्री पोखरेलले बताए । चालू आर्थिक बर्षमा योजना स्विकृत भई वहुवर्षीय आयोजनाको रुपमा ठेक्का लगाउने तयारीमा रहेका आयोजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताउँदै मुख्यमन्त्री पोखरेलले अधुरा रहेका आयोजनाहरुको विष्लेषण गरी आवश्यक ठानिएका आयोजनाहरु क्रमशः पुरा गर्दै जानेगरी बजेट विनियोजन गरिने सदनलाई जानकारी गराए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशको पहिलो आवधिक योजनाले लिएको लक्ष प्राप्त गर्ने र दिगो विकास लक्ष हासिल गर्न सहयोग पु¥याउने आयोजनाहरुलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिने बताए ।

मुख्यमन्त्री पोखरेलले सिद्धान्ततः संविधानले दिशानिर्देश गरेको समाजवाद उन्मुख आर्थिक सामाजिक व्यवस्था निर्माण गर्ने कुरालाई विनियोजन विधेयकको मुख्य सिद्धान्त मान्दै खासगरी मितव्ययी सिद्धान्त अनुरुप बजेट विनियोजन र खर्चको उत्पादकत्व बढाइनुका साथै सन्तुलित विकासको सिद्धान्तलाई आत्मसात गरिने बताए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close