Victoria College Dang

प्रदेश ५ सरकारद्वारा नीति कार्यक्रम पेश (पूर्ण पाठ सहित) – दाङ खबर

प्रदेश ५ सरकारद्वारा नीति कार्यक्रम पेश (पूर्ण पाठ सहित)

MadanBhandari College

बुटवल जेठ ९ । प्रदेश ५ सरकारले १० वटा प्रदेश गौरवका आयोजना छनोट गरेर कार्यान्वयन गर्नेसहित कृषि र भौतिक पूर्वाधारमा जोड दिदै नीति कार्यक्रम प्रदेश सभामा पेश गरेको छ । पञ्चवर्षीय योजनामा आधारित रहेको नीति कार्यक्रमले उच्च आर्थिक वृद्धिमार्फत आर्थिक सामाजिक विकासको बाटोबाट समृद्धि हासिल गर्ने आवधिक योजनाको लक्ष्यलाई पछ्याएको छ ।

सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा नयाँ उद्यम, व्यवसाय र पूर्वाधार विकासका आधारहरु तय गर्ने गरी श्रोतको परिचालन गर्ने नीति प्रदेश सरकारले लिएको छ । प्रदेश सभाको बैठकमा सरकारका तर्फबाट मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख उमाकान्त झालाई हस्तान्तरण गरेपछि झाले नीति कार्यक्रम सभामा पेश गरेका हुन् ।

तीब्र आर्थिक विकासका लागि आवश्यक लगानी प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७६/०७७ मा लगानीकर्तालाई केन्द्रित गरी लगानी सम्मेलनको आयोजना गर्ने सरकारले योजना बनाएको छ । लगानीका लागि प्रदेश सरकारले प्रोत्साहन गर्न कानुनी, नीतिगत तथा संरचनागत व्यवस्था गर्दै प्रदेशभित्रका उद्यमीहरुको व्यवसायिक र व्यवस्थापकीय क्षमता अभिवृद्धिमा जोड दिने लक्ष्य लिएको छ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गरी कृषिजन्य उद्योग मार्फत विकासको आधार तय गर्न आधुनिक कृषि प्रणालीको अबलम्बन र कृषिजन्य उद्योगलाई प्रोत्साहित गर्न सरकारले कृषि नीति बनाउने भएको छ। बुटवल–भैरहवा, तुल्सीपुर–घोराही र कोहलपुर–नेपालगन्जलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने, खाद्यान्न, माछा, मासु, दूध, फलफूल र तरकारी उत्पादनमा आत्मनिर्भर हुँदै निर्यात गर्न सक्नेलगायतका लक्ष्य नीति कार्यक्रमले लिएको छ।


प्रदेशमै विश्वविद्यालय, सबै नगरपालिकामा फोहर संकलन केन्द्र, मुख्य शहरहरुमा विद्युतीय बस सुरू गर्ने लक्ष्य सरकारले लिएको छ। औद्योगिक उत्पादनमा अग्रणी प्रदेश बन्नेदेखि न्यूनतम २० लाख बाह्य पर्यटक भित्राउनेसम्मका ठूला लक्ष्यहरु निर्धारण गरिएको छ। प्रदेश लोकसेवा आयोग गठन गरी स्थानीय तह र प्रदेश स्तरमा अभाव भएको कर्मचारी पूर्ति गर्ने सरकारको योजना छ।

देश सञ्चारबाट

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close