Global Luja Dang

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

Birala Tyre Dang

दिवाकर पोख्रेल,
दाङ, जेठ ४ । दाङको राजपुर गाउँपालिका वडानम्वर ३ वसन्तापुरका भगवानदिन यादव लैङ्गिक हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रममा सहभागी हुनुभयो । उहाँ एक्लै कार्यक्रममा सहभागी हुनुभएन आफ्नै श्रीमती किशोरी यादवलाई पनि सँगै लिएर आउनुभयो । उहाँलेजस्तै प्रतापुरकी लक्ष्मी यादवले आफ्ना श्रीमान्लाई लिएर कार्यक्रममा सहभागी हुनुभयो ।

उहाँहरुजस्तै ३० यादव समुदायका दम्पत्ती कार्यक्रममा सहभागी भए । लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रममा महिलालाई मात्र सहभागी बनाउँदा प्रभावकारी नभएको निष्कर्ष निकाल्दै दम्पत्तीलाई सचेतनाको कार्यक्रमको आयोजना गरिएको हो । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमअन्तर्गत दाङको राजपुर गाउँपालिका खरदरियामा आयोजना गरिएको कार्यक्रममा सहभागी दम्पत्तीले यस्ता कार्यक्रमले श्रीमान् श्रीमती बीच बुझाइमा एकरुपता ल्याउन सहजता ल्याउने बताए ।

‘एक्ला एक्लै सिकेको कुरा भन्दा हामी दम्पत्तीले एकै ठाउँमा एउटै कुरा सिक्दा धेरै प्रभावकारी हुने रहेछ’, भगवानदिनले भन्नुभयो । घरमा श्रीमान श्रीमतीले सहकार्य गरेर काम गर्दा सहज हुने परिवारिक कलह नहुने भन्दै सहभागी किशोरी यादवले परिवारमा हिंसा नभए समाजमा हिंसा नहुने तर्क गर्नुभयो । पाँचनम्वर प्रदेश सरकारले प्रदेशका १२ जिल्लाका ३५ वटा स्थानीय तहमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु गरेको छ ।

आर्थिक सुचक कम भएका विपन्न समुदायलाई लक्षित गरी लागु गरिएको कार्यक्रमबाट जनताले प्रत्यक्ष फाइदा लिन सक्ने कार्यक्रमका दाङका सहजकर्ता श्रीधर राजभण्डारीले जानकारी दिए । दाङ जिल्लामा राजपुर, बंगलाचुली र बबई गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएको छ । कार्यक्रमको राजपुरमा पहिलो पटक सुरुवात भएको हो । अन्य गाउँपालिकामा पनि सहभागी छनौट प्रकृया पुरा गरि सकेकोले कार्यक्रमहरु तिव्र गतिमा संचालन हुने राजभण्डारीले बताए ।

शिक्षा, स्वास्थ्य, स्वरोजगार ,कृषि र सामाजिक संरक्षणको क्षेत्रमा काम गर्ने उक्त कार्यक्रमको लागि एउटा गाउँपालिकामा ४५ लाख ९० हजार बजेट विनियोजन गरिएको छ । कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित गाउँपालिका प्रमुखको संयोजकत्वमा कार्यक्रम सिफारिस तथा कार्यान्वयन समिति गठन भएको छ ।
जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले हिंसा मुक्त समाज निर्माण गर्न महिलाको महिला पुरुष दुवैको ठूलो भूमिका हुने भएकाले दम्पत्तीलाई तालिम दिन थालिएको बताए । जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले हिंसामुक्त समाज निर्माण गर्न महिलाको महिला पुरुष दुवैको ठ्रूलो भूमिका हुनेभएकोले दम्पत्तीलाई तालिम दिन थालिएको बताए ।

राजपुर गाउँपालिका प्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष धनपती यादवले महिलाको घरयासी कामको मुल्याङकन आवश्यक रहेको बताए । मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सिफारिस तथा कार्यान्यवन समितिका सदस्य सीता यादवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रशिक्षक सुशीला पौडेल र शुष्मा गिरी रहेका छन् । उद्घाटन शत्र कार्यक्रमको सहजीकरण भिम ओलीले गरेका थिए ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close