Global Luja Dang

ट्यांकरको ठक्करबाट युवतिको मृत्यु, एकजना घाइते

Birala Tyre Dang

काठमाडौं, जेठ ३। सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतिको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

ना२ख ४२२२ नम्बरको ट्यांकरले बा३७प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार काँडाघारीकी २३ वर्षीया सुनिता खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकल चालक रामशरण केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।मोटरसाइकललाई ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close