Victoria College Dang

बुबाको स्मृतिमा गाउँपालिका अध्यक्षद्वारा एक लाखको अक्षयकोष घोषणा – Page 2019 – दाङ खबर

बुबाको स्मृतिमा गाउँपालिका अध्यक्षद्वारा एक लाखको अक्षयकोष घोषणा

MadanBhandari College

शंकर केसी
सल्यान, बैशाख १२ । सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष सेनले स्वर्गीय बुबा बेलबहादुर सेनको स्मृतिमा वडानम्वर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयको ५५ औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष सेनले गाउँपालिकाभित्रका गरिव, टुहुरा, जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष खडा गरेको बताउनुभयो । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष समेत रहनुभएका सेनले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ७ सम्म अध्ययन गर्नुभएको थियो । उहाँ विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिलाल पुनले विद्यालयमा अक्षयकोष खडा गरेर गाउँपालिका अध्यक्षले उदाहरणीय काम गरेको बताउनुभयो । कार्यक्रममा नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारी, कपुरकोट ३ का वडाध्यक्ष मिनबहादुर सेन, खेलकुद विकास समिति कपुरकोटका अध्यक्ष द्रोण केसी, शिक्षक महासंघका केन्द्रीय प्रतिनिधि वामदेव अधिकारी, मावि संखमुलका प्रधानाध्यापक शिव रेग्मी, शिक्षक संघ कर्णालीका उपाध्यक्ष रुद्र चन्दलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्