विधुतीय कारोवार ऐन संशोधनको माग गर्दै पत्रकारहरु आन्दोलित – दाङ खबर
Global Luja Dang

विधुतीय कारोवार ऐन संशोधनको माग गर्दै पत्रकारहरु आन्दोलित

MadanBhandari College

दाङ, बैशाख ५ । दाङसहित देशभरका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई साइवर क्राइमको मुद्दा लगाएर कारबाही अगाडि बढाएको बिरोधमा पत्रकारहरुले आज बिहान साढे ९ वजेदेखि साढे १० वजेसम्म देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

यसैबीच नेपाल पत्रकार महासंघ दाङको आयोजनामा दाङका पत्रकारहरुले जिल्ला प्रशासनमा धर्ना दिएका छन् । धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जिएमले समाचार लेखेकै भरमा पत्रकार समात्नु गैर न्यायिक भएको बताउनुभयो । राज्यले कानुनको छडी देखाएर पत्रकारमाथि दमन गर्न खोजेको उल्लेख गर्दै पक्राउ गरेका पत्रकारलाई अविलम्ब रिहा गर्न जिएमले माग गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रता विरोधी भएको बताउनुभयो । गौतमले विधुतीय कारोवार ऐनको दफा ४७ र ४८ तत्काल खारेज गर्न माग समेत गर्नुभयो । धर्ना कार्यक्रम पत्रकार महासंघ दाङका कार्यवाहक अध्यक्ष लिला शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पत्रकार गिरीलाई साइवर अपराधको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान विभाग सीईबीले पक्राउ गरेको हो । गिरीलाई साइवर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ । तर, पत्रकार महासंघलगायतले यसलाई प्रेस स्वतन्त्रताविरुद्ध भएको भन्दै गल्ती सच्याउन माग गरेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close