Victoria College Dang

मावि हापुर रतनपुरमा भोलिदेखि महायज्ञ – दाङ खबर

मावि हापुर रतनपुरमा भोलिदेखि महायज्ञ

MadanBhandari College

दाङ, चैत १३ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा रहेको मावि रतनपुरमा भोली विहीवारदेखी महायज्ञ सञ्चालन हुने भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि यही चैत १४ देखी २० गतेसम्म आयोजना गरिएको “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” को विहीवार उद्घाटन गरिने भएको छ ।

महायज्ञको विहीवार एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिने आयोजक मूल समितिका संयोजक दिपक न्यौपानेले जानकारी दिनुभयो । महायज्ञको उद्घाटनपूर्व शोलक कलश यात्रा गरिने उनले बताए । महायज्ञको उद्घाटन राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले गर्ने कार्यक्रम रहेको छ । दिउसो १२ बजे महायज्ञको उद्घाटन गरिने आयोजक मूल समितिले जानकारी दिएको छ ।

महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजक मूल समितिले जानकारी दिएको छ । मञ्च निर्माण लगायत महायज्ञकालागी सम्पूर्ण भौतिक निर्माण पुरा भएको प्रचारप्रसार उपसमितिका काशिराम केसीले जानकारी दिनुभयो । यसका साथै मुख्य गेट, स्वागत गेटहरु पनि निर्माण गरिसकिएको उहाँले बताउनुभयो । साथै कलशयात्रको लागि पनि तयारी पुरा भएको आयोजक मुल समितिले जानकारी दिएको छ । महायज्ञको मुख्य वाचकमा बालव्यास पण्डीत नारायण न्यौपाने रहनुहुने विद्यालयका प्रधानाध्यापक विरबहादुर रावतले जानकारी दिनुभयो ।

दैनिक विविध कार्यक्रम हुने
महायज्ञमा दैनिक विभिन्न कार्यक्रमहरु सञ्चालन हुने भएका छन् । दैनिक विहान साढे ६ बजेदेखी साढे ७ बजेसम्म नित्य पूजा, साढे ७ बजेदेखी विहान ११ बजेसम्म पाठपारायण, साढे ११ बजेदेखी संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा दाता सम्मान कार्यक्रम र बेलुका साढे ४ बजेदेखी आरती, पुष्पाञ्जली तथा प्रसाद वितरण कार्यक्रम हुने छ ।

यस्तै दैनिक १ हजार १ सय ११ शालिग्राम पूजा, धनधान्याञ्चल, संगीतमय श्रीमदेभागवत कथा प्रवचन, कलशयात्रा, तुलादान, चौरासीपूजा, सामुहिक व्रतबन्ध, ग्रहशान्ति, लाखबत्ति बाल्ने र राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजनकृतन कार्यक्रमहरु हुने आयोजक मूल समितिका महासचिव दिपक दाहालले जानकारी दिनुभयो ।

दान अनुसारको सम्मान गरिने
महायज्ञमा दान गर्ने दाताहरुलाई दान अनुसारको सम्मा गर्ने आयोजक मूल समितिले जानकारी दिएको छ । जस अनुसार ९ सय ९९ रुपैयासम्म दानपेटिकामा राख्ने, १ हजार दान गर्नेको रसित काटिने, ५ हजार सम्म दान गर्नेलाई प्रमाणपत्रले, १० हजारसम्मलाई फ्रेमसहित प्रमाणपत्रले, १० देखी २५ हजारसम्म दान गर्ने दातालाई स्वर्ण फ्रेमसहित प्रमाणपत्रले, २५ हजारदेखी ५० हजारसम्म दान गर्ने दातालाई स्वर्ण फ्रेमसहित दम्पतीलाई सम्मान गरिने छ ।

यस्तै ५० हजारदेखी १ लाखसम्म दान गर्ने दातालाई दम्पतिसहित परिवारलाई सम्मान गरिने, १ लाख १ हजारदेखी २ लाख ५१ हजारसम्म दान गर्ने दातालाई सम्मान सहित बाजागाजासहित यज्ञ परिसर परिक्रमा गराई विदालयको आजिवन सदस्य बनाईने, २ लाख ५१ हजारदेखी ५ लाख १ हजारसम्म दान गर्ने दातालाई शिलालेखमा तिनपुस्ते नाम लेखी एक कोठाको नामाकरण गरिने, १० लाखदेखी २५ लाखसम्म दान गर्ने दातालाई बाजागाजासहित भव्य सम्मान गरि ताम्रपत्रमा तीनपुस्ते लेखी दाताले ईच्छाएको एक कोठाको नामाकरण गरिने आयेजक मूल समितिले जानकारी दिएको छ ।

यसैगरि २५ लाख ५ हजारदेखी ५० लाखसम्म दान गर्ने दातालाई बाजागाजासहित सम्मान सहित ताम्रपत्रमा तीनपुस्तेको नाम लेखी, अर्धकट्टी शालिक निर्माण गर्ने र ५० लाखभन्दा बढि दान गर्ने दाताहरुलाई आयोजक मूल समितिको निर्णय अनुसार विशेष सम्मान गरिने कार्यक्रम रहेको छ । यसका साथै भूमीदान, जिन्सीदान, तुलादान गर्ने दाताहरुलाई मुल्यांकनका आधारमा सम्मान गरिने र दान गर्ने संघसंस्था, निकाय, समूहरुलाई पनि दान अनुसारको सम्मान गरिको महायज्ञका महासचिव दिपक दाहालले जानकारी दिनुभयो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close