Victoria College Dang

‘रेफ्रिको निर्णय अन्तिम’ : यूएनविसीलाई आयोजकले बुझाउला लखन कप ? – Page 2019 – दाङ खबर

‘रेफ्रिको निर्णय अन्तिम’ : यूएनविसीलाई आयोजकले बुझाउला लखन कप ?

MadanBhandari College

दीपक जीएम
दाङ, फागुन २३ ।
विवादका कारण स्थगित भएको भनिएको लखन थापा कप फुटवल प्रतियोगिता सम्पन्न भइसकेको दाङ जिल्ला फुटवल संघले बताएको छ । प्रतियोगिताको अन्तिम चरणमा पुगेको बडहरा क्लवका खेलाडीहरुले खेल बहिस्कार गरेर मैदान छोडीसकेपछि मुख्य रेफ्रि अमृत केसीले यूएनविसी एकेडेमीलाई विजयी घोषणा गरिसकेकाले लखन थापा कप फुटवल प्रतियोगिता समाप्त भइसकेको संघले बताएको छ ।

बिहीबार विज्ञप्ती जारी गर्दै दाङ जिल्ला फुटवल संघका अध्यक्ष सुशील श्रेष्ठले मित्रताको भावना कायम राखि रेफ्रिको निर्णय र दिएको खिलित प्रतिवेदन अनुसार नै निर्णय लिएर फुटवल खेलको मर्यादालाई कायम राखि निर्णय लिन आयोजक नेपाल मगर संघ समन्वय समिति दाङलाई आग्रह गर्नुभएको छ ।

रेफ्रिको निर्णय विपरित खेल सञ्चालन गरेमा आउँदा दिनमा नराम्रो नजिर बसी अन्य प्रतियोगिता सञ्चालनमा समेत बाधा अड्चन आउने कुरालाई ममन गर्न फुटबल संघले आयोजकलाई आग्रह गरेको छ । कुनै पनि खेलमा रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुने विज्ञप्तीमा भनिएको छ । फिफाको नियम अनुसार लखन थापा कप यूएनविसी एकेडेमीले प्राप्त गर्नेछ ।

‘खेलमा हार जीत नियमित प्रक्रिया भएको हुँदा प्रतियोगितालाई सफल बनाउनु नै सबैको दायित्व समेत भएकाले रेफ्रिको निर्णय विपरित खेल सञ्चालन गरेमा आउँदा दिनमा नराम्रो नजिर बसी अन्य प्रक्रियोगिता सञ्चालनमा समेत बाधा अड्चन आउने कुरालाई मनन गर्दै सबैले आफ्नो क्षेत्रबाट संयमता अपनाई फुटवल खेलको माध्यमबाट मित्रताको भावना कायम राखी रेफ्रिको निणृय र दिएको लिखित प्रतिबेदन अनुसार नै निर्णय लिई फुटवल खेलको मर्यादालाई कायम राखी निर्णय लिनु हुन आयोजक एवंसबैमा हार्दिक अनुरोध गर्दछौँ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बडहरा युवा क्लव र यूएनविसी ऐकेडेमी विच फागनु १७ गते भएको अन्तिम खेलमा रेफ्रिले लिएको पेनाल्टी र रेडकार्डमा विवाद भई बडहरा युवा क्लव टिमले खेल बहिस्कार गरी खेल मैदान छोडी गएको खेलका मुख्य रेफ्री अमृत केसी, असिस्टेन्ट रेफ्री खुमबहादुर वली र देव नारायण दाहाल, फोर्थ अफिसियल शिवहरी शर्मा र म्याच कमिशनर नरेन्द्र पुनले बुझाएको प्रतिबेदनमा उल्लेख छ । सोही प्रतिवेदन र खेल अनुगमनको आधार फुटवल संघले विज्ञप्ती जारी गरेर आयोजकलाई रेफ्रिको निर्णय अनुसार निर्णय लिन सुझाव दिएको हो ।

प्रतिवेदनमा फिफाको नियम अनुसार मुख्य रेफ्रि अमृत केसीले वाक ओभरद्धारा यूएनविसी एकेडेमी विजयी घोषणा गर्दै सिठ्ठी बजाई फाईनल खेल समाप्त गरेको उल्लेख छ । प्रतिबेदनमा मुख्य रेफ्री अमृत केसी, असिस्टेन्ट रेफ्री खुमबहादुर वली र देव नारायण दाहाल, फोर्थ अफिसियल शिवहरी शर्मा र म्याच कमिशनर नरेन्द्र पुनले हस्ताक्षर गर्नुभएको छ ।

तर आयोजकले फागुन २५ गते पुनः फाईनल खेल खेलाउने तयारी गरेको छ । खेल सुरु भएको ४१ मिनेटसम्म कुनै गोल नभई विवाद भएर रोकिएकाले फाईनल खेल पुनः सुरु गर्ने आयोजक नेपाल मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष खालु पुनले बताउनुभयो । फिफाको नियम भन्दा पनि आयोजकको निर्णय प्रधान विषय भएको गणतन्त्र दैनिकलाई जानकारी गराउनुभयो ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्